• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार शिक्षा नेपाल

समय जोगाउन इन्टरनेट र मोबाइल प्रयोग गरौं

प्रतीक दैनिक by प्रतीक दैनिक
September 13, 2020
in शिक्षा नेपाल
0 0
0
समय जोगाउन इन्टरनेट र मोबाइल प्रयोग गरौं
0
SHARES
2
VIEWS
Share on Facebook

– अनन्तकुमार लाल दास
    के हामीले समयको कमी हुने गरेको कुरामा कहिल्यै विचार गरेका छौं ? किन हामी काम गर्न पर्याप्त समय अभाव भएको महसूस गरिरहेका छौं ? समयमा काम पूरा नहुँदा हामीलाई किन रिस उठ्छ वा तनावको अनुभूति हुन्छ ? समयको कमीले गर्दा हामी सधैं हतारमा हुन्छौं। यस रनभुल्लमा हाम्रो रक्तचाप बढ्छ। अरू मानिससँग हाम्रो सम्बन्ध खराब हुन जान्छ। हाम्रो मानसिक सन्तुलन कायम रहँदैन र कैंयनपटक दुर्घटना पनि बेहोर्नुपर्ने हुन्छ। आज समयको कमी हाम्रो जीवनको अप्रिय र अनिवार्य हिस्सा बनेको छ।
    हाम्रा पूर्वजलाई समय व्यवस्थापनको आवश्यकता महसूस भएन तर हामीलाई किन भइरहेको छ भन्नेबारे के कहिल्यै हामीले सोचेका छौं ? के हाम्रा पुर्खासँग एक दिनमा ४८ घण्टा हुन्थ्यो र हामीलाई मात्र २४ घण्टा प्राप्त छ ? हामी सबैलाई थाहा यस्तो होइन। हरेक पुस्तालाई एक दिनमा मात्र २४ घण्टा नै प्राप्त हुन्छ तर बीसौं शताब्दीको प्रारम्भदेखि नै हाम्रो जीवनमा समय अभाव हुन थाल्यो। यो समस्या दिनानुदिन बढ्दै गयो। आश्चर्यको कुरो के छ भने बीसौं शताब्दीको प्रारम्भदेखि नै मानिसले समय जोगाउने उपकरणको निर्माण गर्न थाल्यो तर पनि समय जोगाउन सकेन।


    बीसौं शताब्दी पूर्व न कार थियो, न मोटरसाइकल, न स्कूटर। हाम्रा पुर्खालाई कुनै ठाउँमा पुग्ने हतारो पनि हुँदैनथ्यो। पहिले मिक्सर, फूडप्रोसेसर वा माइक्रोवेभ थिएन, गृहिणीहरू सिलौटोमा मसला पिंध्ने, चुल्होमा खाना पकाउने गर्थे, उनीहरूलाई हतार थिएन। पहिले बिजुली थिएन, न कसैलाई रातभरि जागेर काम गर्ने आवश्यकता नै थियो। वास्तवमा भन्ने हो भने त्यस बेला जीवन सरल र सहज थियो किनभने मानिसको जीवन घडीको हिसाबले चल्दैनथ्यो। औद्योगिक युगको प्रारम्भपछि फैक्टरी, अफिस र जागीरको जुन दौड शुरू भयो, त्यसले मानिसलाई घडीको दास बनायो।
    पहिले जीवन सरल थियो र अहिले जटिल बनेको छ। यही हाम्रो समस्याको मूल कारण हो। पहिले जीवनको गति मन्द थियो, आज तीव्र भएको छ। अब हाम्रो जीवनमा ‘इन्टरनेट’ प्रवेश गरेको छ। यसले हामीलाई विश्वसँग जोडेको छ। अब हाम्रो जीवनमा टेलिभिजन आएको छ, जसको बटन थिच्नासाथ हामी संसारको खबर थाहा पाउँछौं। अब हामीसँग कार र हवाईजहाज छ, जसबाट हामी विश्वको कुनै कुनामा छोटो समयमा नै पुग्न सक्छौं। अब हामीसँग फोर–जी मोबाइल छ, जसबाट हामी दुनियाँको कुनै पनि कुनामा रहेका मानिससँग कुरा गर्न सक्छौं र उसलाई हेर्न पनि सक्छौं। आधुनिक आविष्कारहरूले हाम्रो जीवनको गति बढाइदिएको छ। यसरी आधुनिक आविष्कार नै हाम्रो जीवनमा समयको कमीको ठूलो कारण बन्न पुगेको देखिन्छ। यसको सहायताले हाम्रो सम्बन्ध विश्वसँग कायम भएको छ, तर हामी स्वयंसँग भने टाढा हुँदै गएका छौं।
    प्रस्तुत आलेखमा इन्टरनेट र मोबाइलबारे छलफल गर्ने प्रयास गरिएको छ। कसरी यो वरदान हुँदाहुँदै हाम्रो लागि अभिशाप बन्दै गएको छ। यहाँ बुझ्नुपर्ने कुरो के हो भने हरेक राम्रो कुरोजस्तै इन्टरनेटको पनि दुरुपयोग हुन थालेको छ। आज विद्यार्थीहरू घण्टौं अनलाइन गेम खेलिरहेको वा कम्प्युटरमा अनावश्यक सर्फिङ गरिरहेका भेटिन्छन्। यसमा दोष इन्टरनेटको होइन। इन्टरनेटमा हरेक किसिमको जानकारी उपलब्ध छ र त्यसको सदुपयोग वा दुरुपयोग हाम्रै हातमा छ। तर विनाकारण पन्ध्र मिनेटभन्दा बढी इन्टरनेटको उपयोग गर्दा सजग हुनु आवश्यक हुन्छ।
    यदि समयलाई जोगाउन चाहनुहुन्छ भने यस खतराबाट सावधान हुनुपर्छ। यसमा सर्फिङ सबैभन्दा ठूलो खतरा हो। के हुन्छ भने तपाईं इन्टरनेटमा कुनै काम गर्न जानुहुन्छ, त्यस बेला कुनै आकर्षक साइट हेर्नुभयो, कुनै विज्ञापन हेर्नुभयो भने क्लिक गरेर अर्को दुनियाँमा प्रवेश गर्नुहुन्छ। समय बर्बादीको एउटा अर्को कारण सही तरीका र सही शब्दको चयन नगर्नु पनि हो। फलस्वरूप थुप्रै परिणाम स्क्रीनमा देखा पर्छ र यसरी सही जानकारी पाउन धेरै समय खर्च हुन्छ। यदि जानकारी हासिल गर्ने सही तरीका थाहा छ भने सर्च इन्जनमा सही कीवर्ड प्रयोग गर्नुहोस्, जसबाट आँखा झिम्म नहुँदै सही जानकारी प्राप्त गर्न सकिन्छ। यस कारण समय बचतका लागि इन्टरनेटमा बढी समय खर्चिनुहुँदैन।
    यदि तपाईं इन्टरनेटमा बढी काम गर्नुहुन्छ भने ‘ब्रोडबैन्ड’ कनेक्शन लिएर काम गर्नु उपयुक्त हुन्छ जसको गति तेज हुन्छ। सामान्य नेटवर्क कनेक्शन धेरै ‘स्लो’ हुन्छ, जसमा तपाईंको धेरै समय खर्च हुन्छ। यसबाहेक आफ्नो कम्प्युटरको ‘रैम’ पनि बढाउनुपर्छ, जसले गर्दा कम्प्युटरको गति तीव्र हुन्छ र ‘डाउनलोडिङ स्पीड’ तीव्र हुन्छ। कम्प्युटरको गतिले कति समय नष्ट भइरहेको छ, त्यसको आभास तपाईंलाई हुँदैन। तसर्थ यदि तपाईं कम्प्युटरको उपयोग एक घण्टाभन्दा बढी गर्नुहुन्छ भने आफ्नो कम्प्युटरको गतिमाथि ध्यान दिनु आवश्यक हुन जान्छ।
    एउटा अनुसन्धानले के देखाएको छ भने एक सातामा एउटा युवकले लगभग ३५ घण्टा समय इन्टरनेटमा व्यतीत गर्छ अर्थात् ५ घण्टा प्रतिदिन। समयको सबैभन्दा बढी सदुपयोग वा दुरुपयोग ‘फेसबूक’मा हुन्छ, जसमा प्रायः धेरै युवा सातामा २० घण्टा समय खर्चिन्छन्। यसपछि युट्यूब, पोर्न साइट, सर्च इन्जन, ह्वाट्स एप र ई–मेलमा सबैभन्दा बढी समय खर्च गर्छन्। यसरी इन्टरनेटको जति उपयोग गरिन्छ, त्यति बढी समय अनुपयोगी काममा व्यतीत हुन्छ। इमेल चेक गर्नका लागि इन्टरनेटमा गएर समय खेर फाल्ने जोखिम लिनुहुँदैन, यो काम आउटलूक एक्सप्रेस वा माइक्रोसफ्ट आउटलूकबाट पनि गर्न सकिन्छ।
    केको लागि इन्टरनेट प्रयोग गर्ने भन्ने कुरा पहिले तय गर्नुपर्छ र त्यस साइटबाट आवश्यक जानकारी लिएर इन्टरनेट बन्द गरिदिनुपर्छ। इन्टरनेटको दुरुपयोगबाट बच्ने एउटा अर्को उपाय हो, यस्तो बेला यसको उपयोग गर्नुपर्छ, जसलगत्तै कुनै जरुरी काम गर्नुछ। खासगरी राति इन्टरनेटको सबैभन्दा बढी दुरुपयोग हुन्छ, किनभने त्यो खाली समय हुन्छ। छिटो सुत्ने र बिहान छिटो उठ्ने बानी लगायो भने इन्टरनेटबाट हुने समयको बर्बादी सजिलै रोक्न सकिन्छ।
    मोबाइलबारे छलफल गर्नुपूर्व ‘यो एउटा खतरनाक ग्याजेट हो’ भन्न चाहन्छु। यो यस्तो यन्त्र हो, जसबाट धेरै प्रकारको काम लिन सकिन्छ। मोबाइलबाट कुरा गर्न सकिन्छ, गीत सुन्न सकिन्छ, फिल्म हेर्न सकिन्छ, खेल खेल्न सकिन्छ, चैटिङ गर्न सकिन्छ, फेसबूकमा जान सकिन्छ, नेटबाट सर्फिङ गर्न सकिन्छ, इन्टरनेट बैंकिङ गर्न सकिन्छ, फोटो लिन सकिन्छ, भिडियो बनाउन सकिन्छ आदि। एउटा सानो यन्त्र मोबाइलको माध्यमले संसार नै हाम्रो हत्केलामा समाविष्ट भएको छ।
    यहींनिर विचार गर्नुपर्ने कुरो के हो भने मोबाइल नहुँदाको बेला हाम्रो जीवन कसरी व्यतीत भइरहेको थियो र आज मोबाइल युगमा कसरी बितिरहेको छ ? मोबाइल युगमा हाम्रो बहुमूल्य समय कसरी निरर्थक काममा खर्च भइरहेको छ ? आज अलिकति समय खाली भयो कि मोबाइल चालू हुन्छ। कक्षा कोठामैं विद्यार्थीहरू एकअर्कालाई मैसेज पठाइरहन्छन्। मोबाइल फोनले स्वास्थ्यमा असर पु–याउँछ भन्ने कुरा पनि उनीहरूलाई थाहा हुँदैन। आजका युवा मोबाइल फोनमा यति व्यस्त हुन्छन् कि आफ्नो लक्ष्यबारे सोच्ने फुर्सद पनि हुँदैन।
    अधिकांश मोबाइल फोनबाट यति घातक इलेक्ट्रो–मैग्नेटिक रेडिएशन निष्कासित हुन्छ, जसबाट धेरै प्रकारका खतरा उत्पन्न हुन्छन्। अत्यधिक रेडिएशनको कारण ब्रेन ट्युमर, नपुंसकता, क्यान्सर, गर्भपतन, डिएनए विकृतिजस्ता कैंयन खतरनाक बिमारी हुन सक्छन्। यस कारण मोबाइलको जति कम उपयोग हुन्छ, स्वास्थ्यको लागि राम्रो हुन्छ। तर मोबाइलको लत तीव्रगतिले बढिरहेको छ। यो हाम्रोलागि कोरोना महामारीभन्दा ठूलो रोग हो किनभने यसले हामीलाई महत्वहीन काममा अल्झाएर हाम्रो अमूल्य समय खेर फाल्न लगाउँछ। जुन बेला कसैसँग कुरा गर्र्ने इच्छा जागृत हुन्छ, मोबाइलको घण्टी बजाइदिन्छ। कुनै महत्वपूर्ण  काम गरिराख्दा मोबाइलको घण्टी बज्न थाल्छ जसले गर्दा ध्यान भङ्ग  हुन्छ। मोबाइलले गर्दा राति शान्तिले सुत्न पाइँदैन। मध्यरात्रिमा कुनै  मैसेजले वा फोनले हाम्रो निद्रामा खलल पु–याउँछ। अर्कोतिर इन्टरनेटले पनि हाम्रो समय बर्बाद गर्छ, यद्यपि यसले निद्रामा खलल पु–याउँदै। ईमेल चेक गर्नु हाम्रो इच्छामा निर्भर छ, तर मोबाइलमा यस्तो हुँदैन।
    मोबाइलमा समय खेर जाने भएकोले केही मानिस दुईवटा मोबाइल नम्बर राख्छन्। एउटा सबैको लागि र अर्को केही खासको लागि। उनीहरूले आफ्नो सार्वजनिक नम्बर बेलुका अनावश्यक कुरोबाट जोगिनको लागि बन्द गरिदिन्छन् र कुनै महत्वपूर्ण काम नछुटोस् भन्नका लागि दुई–तीन घण्टा पछि मोबाइल खोलेर मिस्डकल चेक गर्छन्। धेरैले मोबाइललाई साइलेन्स मोडमा पनि राख्छन् र आफ्नो सुविधा अनुसार कुरा गर्छन्। कुनै बैठकको बेला एकाग्रता भङ्ग नहोस् भनेर फोन बन्द गरिन्छ। मोबाइल आधुनिक युगको सबैभन्दा ठूलो देन हो, जसको डोरी समयको घाँटीमा दिनानुदिन कसिंंदै गएको छ। यदि यसको उपचार गरिएन भने यसले हाम्रो समय नाश गरिछाड्छ। बुद्धिमानी इन्टरनेट र मोबाइलको न्यूनतम उपयोगमा छ र त्यसबाट बचेको समयको अधिकतम सदुपयोग गर्नुपर्छ। एच. जेक्सन ब्राउनका अनुसार “हामीसँग पर्याप्त  समय छैन कसरी भन्न सक्छौं ? हामीसँग पनि एक दिनमा त्यत्तिकै समय  हुन्छ, जति हेलन केलर, लुई पाश्चर, माइकल एन्जेलो, मदर टेरेसा,  लियोनार्दो द विंची, अल्बर्ट आइन्स्टाइन र न्यूटनसँग थियो।”

Previous Post

घुमिफिरी रुम्जाटार

Next Post

संसद् नै लोकतन्त्रको प्राणवायु

Next Post
संसद् नै लोकतन्त्रको प्राणवायु

संसद् नै लोकतन्त्रको प्राणवायु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.