• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

वीरगंज पठाइयो रेमडेसिविर, फैविपिराविर र कोभिहल्ट आयातमा सरकार मौन

प्रतीक दैनिक by प्रतीक दैनिक
August 24, 2020
in प्रमुख समाचार
0 0
0
वीरगंज पठाइयो रेमडेसिविर, फैविपिराविर र कोभिहल्ट आयातमा सरकार मौन
0
SHARES
1
VIEWS
Share on Facebook

राधेश्याम पटेल, वीरगंज, ८ भदौ/
    रेमडेसिविर औषधिको नेपालमा वैधानिक आयात हुन थालेपछि कोरोना सङ्क्रमितहरूको उपचारमा सहज हुने चिकित्सकहरूले जनाएका छन्।
    एन्टिरेट्रो भाइरल ड्रगको रूपमा रहेको रेमडेसिविर युरोप र भारतमा उपयोगी मानिएकाले सरकारले औषधि व्यवस्था विभागमा दर्ता गरी आयात नगरे तस्करीको माध्यमबाट उक्त औषधि मगाएर सङ्क्रमितहरूको ज्यान बचाउने पीडित परिवार र चिकित्सकले चेतावनी दिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि व्यवस्था विभागमा सो औषधि दर्ता गरी आयात शुरू गरिसकेको छ।
    नेपालका तीनवटा व्यावसायिक घरानाले उक्त औषधि आयात गर्न थालेपछि नेपाल सरकारले कोरोना सङ्क्रमितको लागि सातवटै प्रदेशमा इन्जेक्शनको रूपमा रहेको रेमडेसिविर औषधि पठाउन शुरू गरेको छ।
    प्रदेश २ को पर्सामा साउन ६ गते मन्त्रालयले सय भाइल रेमडेसिविर पठाएको छ। पर्सामा कोरोना सङ्क्रमण समुदायमा फैलिएकोले जिल्ला प्रशासन कार्यालय, पर्साको सिफारिशमा आवश्यक परेका सङ्क्रमितलाई निजकै स्वीकृतिमा उक्त इन्जेक्शन लगाउन निर्देशन आएको कोभिड विशेष अस्पताल वीरगंज हेल्थकेयरका सञ्चालक डा अबुल हैस अन्सारीले बताए।
    उनले भने, “सय भाइल रेमडेसिविर अहिले वीरगंज हेल्थकेयरमैं राखिएको छ, नारायणी अस्पताल, गण्डक हस्पिटल तथा वीरगंज हेल्थकेयरमा भर्ती सङ्क्रमितलाई मात्र सशर्त औषधि उपलब्ध गराउन भनिएको छ। एकजना सङ्क्रमितलाई एक डोजमा न्यूनतम ५ भाइल इन्जेक्शन लगाउन सकिने उनले बताए। सङ्क्रमितले स्वीकृति दिएपछि प्रतिभाइल सरकारी दरमा रु ७ हजार ६ सयमा उपलब्ध गराइन्छ।”
रेमडेसिविरको कालोबजारी रोकिने
    डा अन्सारीले एकजना सङ्क्रमितले ५ भाइल रेमडेसिविर लगायो भने रु ३८ हजार जति पर्ने बताए। केही दिनदेखि वीरगंजका आठजना ड्रग माफियाले भारतबाट उक्त औषधि अवैधरूपमा मगाएर मनोमानी दरमा बेच्दै आएको गुनासो बढेको थियो।
    वीरगंजका पुराना औषधि आयातकर्ता माफियाहरूले नै भारतबाट भारु ५ हजारमा खरीद गरी रक्सौलको ग्रामीण नाकाबाट मगाएर वीरगंजमा प्रतिभाइल २० हजारदेखि ४० हजार रुपैयाँसम्ममा बेच्दै आएको एकजना चिकित्सकले बताए। तस्करीको बाटोबाट भित्रिएको रेमडेसिविर तस्करले वीरगंजमा रु ४० हजारमा र काठमाडौंमा रु ६० हजारसम्ममा बेच्ने गरेको उनले बताए। वैधानिकरूपमा औषधि भित्रिएपछि कालोबजारी रोकिने उनले बताए।
रेमडेसिविरको सट्टा फैविपिराविर र कोभिहल्ट आयात गरौं
    कोरोना सङ्क्रमितको उपचारमा उपयोगी मानिएको रेमडेसिविरपछि सस्तो दरमा उपलब्ध हुने फैविपिराविर र कोभिहल्ट ट्याबलेट आयात गर्न माग बढ्दै गएको छ। यी औषधि पनि एन्टिरेट्रो भाइरल ड्रगको रूपमा मानिएको छ।
    नारायणी अस्पताल विकास समितिका पूर्वअध्यक्ष विनोद गुप्ताका अनुसार यी औषधिले पनि निमोनिया सङ्क्रमण फैलावटलाई घटाउने भएकोले नेपालजस्तो विकासशील देशमा यी औषधिको आयातमा ढिलाइ गर्न नहुने बताए। उनले भने, “रेमडेसिविर जस्तै यी औषधिले पनि निमोनिया बढाउने चेन क्रमलाई तोड्छ। रेमडेसिविर धनाढ्य परिवारले उपभोग गर्न सक्छन् भने गरीबको लागि यी औषधि आयात गरियो भने कोरोना महामारीसँग लड्न मदत मिल्नेछ।”
    उनले यस विषयमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानसँग पनि छलफल भएको र उनले पनि यी औषधि आयातले कोरोना सङ्क्रमितको उपचारमा सहजता हुने बताए। नारायणी अस्पतालका चिकित्सक डा नीरजकुमार सिंहले औषधि व्यवस्था विभागमा यी औषधि आयात गरी सहज वातावरण बनाउन आग्रह गरे। फैविपिराविर औषधि भारतका विभिन्न कम्पनीले उत्पादन गर्ने गरेका छन्, यसको एउटा ट्याबलेटको नेपाली मूल्य रु ७३ पर्छ भने भारतको लुपिन फर्मास्युटिकल्सले भर्खरै आविष्कार गरेको कोभिहल्ट एउटा ट्याबलेटको रु ८ मात्र पर्छ। अहिले यी औषधि भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमितलाई चलाइँदैछ।

Previous Post

५३ जना सङ्क्रमित थपिए

Next Post

२०७७ भदौ ०९ गते मंगलवारको प्रतीक दैनिक

Next Post

२०७७ भदौ ०९ गते मंगलवारको प्रतीक दैनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.