• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

वीरगंजमा कोभिड अस्पताल बन्द हुन थाले

प्रतीक दैनिक by प्रतीक दैनिक
September 9, 2020
in प्रमुख समाचार
0 0
0
वीरगंजमा कोभिड अस्पताल बन्द हुन थाले
0
SHARES
1
VIEWS
Share on Facebook

राधेश्याम पटेल, वीरगंज, २४ भदौ/
    मुलुककै प्रमुख आर्थिक नगरी वीरगंज यतिबेला कोरोना सङ्क्रमणलाई लगाम लगाउन सक्षम देखिएको छ।
    पछिल्लो समयमा पर्साको वीरगंज र अन्य पालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएकोले कोभिड अस्पताल बन्द हुने अवस्था आएको छ। नारायणी अस्पताल वीरगंजको मातहतमा सञ्चालित वीरगंज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा मङ्गलवार सङ्क्रमितको सङ्ख्या शून्य भएपछि विसङ्क्रमितको काम शुरू गरी तीन दिनभित्रै जनरल अस्पताल बनाउने तयारीमा जुटेको अस्पतालका सञ्चालक डा. अबुलहैस अन्सारीले बताए।
    “विगत एक सातादेखि कुनै पनि नयाँ सङ्क्रमित आएका छैनन्, उपचाररत सङ्क्रमितमध्ये केहीको मृत्यु भएको छ भने करीब ३ सयजना निको भएर घर फर्केका छन्,” उनले भने, “आगामी दिनमा सङ्क्रमित बढ्यो भने फेरि कोभिड अस्पताल बनाइन्छ, अवस्था नियन्त्रणमैं रहे जनरल अस्पतालसँगै १५ शय्याको कोभिड सेक्शन पनि सञ्चालनमा रहन्छ।” १५ शय्याको कोभिड युनिटमा कोभिडका शङ्कास्पद बिरामीलाई उपचार गरी बिरामीलाई फिल्टर गर्ने अस्पताल प्रशासनको लक्ष्य छ।
    पर्साको अवस्थाको बारेमा नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले पर्सामा कोरोना सङ्क्रमण न्यून बन्दै गएपछि बजार, उद्योग, व्यापार तथा सवारीसाधन पनि उचित मापदण्ड बनाएर खोल्नुपर्ने धारणा राख्छन्। पर्सामा ५औं चरणको निषेधाज्ञा चलिरहेको छ, जसले गर्दा बैंक तथा वित्तीय संस्थाले पूर्णरूपमा सेवा दिन सकेका छैनन्, दैनिक ज्यालादारीको काम पनि रोकिएको छ, कोभिडको डरत्रासबीच भोकमरीको डरले गर्दा पनि कतिपय घरपरिवार प्रभावित भइरहेकाले शङ्कास्पद बिरामीलाई सहज उपचार गरी बाँकी जनजीवन सहज बनाउनुपर्ने उनको विश्लेषण छ।
    वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले लामो समयसम्म निषेधाज्ञा लगाइयो भने चौतर्फीरूपमा यसको असर पर्ने बताए। उनका अनुसार ग्रीन जोन बन्दै गरेको पर्सालाई स्थानीय राजनीतिक दलका अगुवा, उद्योगी–व्यवसायी तथा सामाजिक अगुवा तथा सरोकारवालाहरूको सुझावमा प्रशासनले जनजीवनलाई सुरक्षित राख्दै उद्योग, व्यापार तथा सरकारी कार्यालय सञ्चालन सहज पार्न रणनीति बनाएर जानुपर्छ।
असोज १ गतेपछि अवस्था सामान्य बन्छ
    वीरगंजका उद्योगी–व्यवसायीदेखि सर्वसाधारणले वीरगंजमा निषेधाज्ञा हटाइ अवस्था सामान्य पार्नुपर्ने सुझाव दिइराख्दा पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले आगामी असोज १ गतेपछि मात्र पर्साको अवस्था सामान्य बन्न सक्ने बताएका छन्।
    “सङ्क्रमित घट्दै गएको छ, तर जिल्लामा अहिले पनि करीब ५ सय सक्रिय सङ्क्रमित छन्, भदौ २५ गतेपछि पुनः एक साता निषेधाज्ञा थपिन सक्छ,” उनले भने, “असोज १ गतेपछि बजार, बैंक तथा सवारीसाधन सञ्चालन सहज पार्ने हाम्रो रणनीति छ, तर पनि आगामी दिनको अवस्थाले त्यो तय गर्नेछ।”
    जिल्ला प्रशासन कार्यालय पर्साको तथ्याङ्क अनुसार पर्सामा हालसम्म ४२ जनाको मृत्यु भइसकेको छ भने २ हजार ४ सय १४ जना सङ्क्रमित भएका छन्। जसमा १ हजार ८ सय ७१ पुरुष तथा ५ सय ४३ महिला रहेका छन्। अब नारायणी अस्पतालको गण्डक अस्थायी कोभिड अस्पतालमा १५ महिलासहित ६१ जना सङ्क्रमित उपचाररत छन्, जसमध्ये ७ जना आइसियूमा छन्। तर १२० शय्याको वीरगंज हेल्थकेयर र २० शय्याको नारायणी अस्पतालको कोभिड वार्ड खाली भइसकेको छ। पर्सामा हालसम्म ७ सय पुरुष र २२६ महिला गरी कुल ९२६ जना होम आइसोलेशनमा छन्। उनीहरूको स्वास्थ्य अवस्था ठीक रहेको प्रशासनले जनाएको छ।
    त्यसैगरी, ६८८ क्षमताको सामुदायिक अर्थात् सेमिआइसोलेशन (धर्मशाला, होटल, स्कूल क्वारेन्टाइन)मा १९६ पुरुष र २९ महिला गरी कुल २२५ जना रहेका छन्।
कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ प्रभावकारी भएको प्रशासनको ठहर
    पर्सामा पछिल्लो समयमा पिसिआर परीक्षणको दायरा घटेको र सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिड्ढो काम निस्प्रभावी भएपछि सङ्क्रमित सङ्ख्या घट्दै गएर पर्सा ग्रीन जोनतर्फ अघि बढेको स्थानीय प्रशासनले स्पष्ट पारेको छ।
    पर्साका प्रजिअ तामाङले विगतभन्दा परीक्षण, कन्ट्याक ट्रेसिङ र सङ्क्रमितको व्यवस्थापन प्रभावकारी भएको कारण पर्सामा कोरोना महामारी नियन्त्रणमा आउन थालेको र यसमा जनताको सहयोग तथा समर्थन रहेकोले धन्यवाद दिए। उनले पहिले जथाभावी स्वस्थ मानिसको पनि परीक्षण गरेर व्यवस्थापन गर्न नसक्दा सडकमा मानिस मर्न थालेका थिए, त्यस्तो अवस्था अब नआउने र सङ्क्रमितको निकट सम्पर्कमा आएका व्यक्ति, शङ्कास्पद बिरामी र बजारमा बढी घूमघाम गर्ने, दैनिक ज्याला मजदूरी गर्ने, रिक्सा तथा टाँगा चालक, सैलुनका सञ्चालक, तरकारी तथा बजारका पसलेलाई छड्के पिसिआर परीक्षण गरी कोरोना सङ्क्रमणको बारेमा आवश्यक बन्दोबस्तीमा लागेको बताए।
    यसरी अघि बढ्दा डरत्रास पनि नबढ्ने र सङ्क्रमितलाई सही समयमा सही उपचार दिलाएर जीवनरक्षा गर्ने प्रशासनको रणनीति रहेको पनि प्रजिअ तामाङले बताए।

Previous Post

यातायात व्यवसायीको साँचो बुझाउने चेतावनी

Next Post

२०७७ भदौ २५ गते बिहीवारको प्रतीक दैनिक

Next Post

२०७७ भदौ २५ गते बिहीवारको प्रतीक दैनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.