• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

वीरगंजको मृत्युदर नेपालकै उच्च डरत्रासको कारण मृत्यु भएको चिकित्सकको भनाइ

प्रतीक दैनिक by प्रतीक दैनिक
August 12, 2020
in गृहपृष्ठ, प्रमुख समाचार, समाचार
0 0
0
0
SHARES
2
VIEWS
Share on Facebook

राधेश्याम पटेल, परवानीपुर, २८ साउन/
वीरगंज अहिले कोरोना सङ्क्रमणको दलदलमा फसेको छ । साउनयता समुदायस्तरमा फैलिएको कोरोना महामारीबाट दैनिक मृत्यु हुने क्रम जारी छ ।
मृत्यु हुनुको कारणमा कोरोना सङ्क्रमण र अन्य रोग पनि देखिएको छ । वीरगंजको मृत्युदर चिन्ताको विषय बनेको छ । नेपालमा बुधवार दिउँसो १ बजेसम्म ८७ जनाको मृत्यु भएको छ भने २३ हजार ९ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । मुलुकको समग्र मृत्युदर ०.३६ प्रतिशत मात्र छ । मृतक ८७ जनामध्ये प्रदेश २ मा मात्र ३३ जनाको मृत्यु भएको छ । प्रदेश २ मा अहिलेसम्म ६ हजार ६८ जनामा कोरोना पुष्टि भएको छ । सो अनुसार प्रदेश २ को मृत्युदर ०.५४ प्रतिशत छ । यसैगरी, पर्साको तथ्याङ्क निकाल्ने हो भने पर्साको मृत्युदर सबैभन्दा बढी अर्थात् १.७२ प्रतिशत हाराहारीमा छ ।

गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंह वीरगंज हालको समयमा नेपालकै उच्च जोखिमपूर्ण शहरको रूपमा रहेको बताउँछन् । “वीरगंजमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि मृत्युदर उच्च भएको हो, यो आउँदो दिनमा अझ बढ्ने देखिन्छ,” उनले भने, “समयमा महामारी नियन्त्रण र बाँकी स्रोतसाधन परिचालनको विषयमा केन्द्र र प्रदेश सरकार गम्भीर भएन भने समस्या बढ्दै जान्छ ।”

केन्द्र र प्रदेश सरकारको मुख ताक्नुभन्दा पनि पर्साका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अधिकारकर्मी, सामाजिक संस्था, उद्योगी–व्यवसायी तथा अस्पतालका सञ्चालकहरूले मिलेर काम गर्नुपर्ने बेला आएको डा सिंह बताउँछन् । अझै पनि एकीकृतरूपमा सेवा प्रवाह गर्न सकेनौं भने कोभिड र ननकोभिड दुवै बिरामीको मृत्युदर वृद्धि हुन सक्ने र मृत्युदर ५–६ प्रतिशतसम्म बढ्न सक्ने उनको विश्लेषण छ ।

वीरगंजमा साउनयता २८ दिनमा कोरोना सङ्क्रमित १८ जनाको मृत्यु भइसकेको छ । जबकि साउनअघि एकजना बेवारिसे लाशमा मात्र कोरोना सङ्क्रमण देखिएको थियो । २८ दिनमा पौने २ प्रतिशतले मृत्युदर बढ्नुले खतराको घण्टी बजिरहेको भन्दै सचेत हुनु र आन्तरिक व्यवस्थापनमा जुट्न विलम्ब गर्न नहुने उनले बताए ।

डरत्रासले गर्दा अधिकांशको मृत्यु भएको –डा गोइत

वीरगंजमा अचानक मृत्युदर वृद्धि भएको सम्बन्धमा मानसिक रोग विशेषज्ञ डा भरत गोइतको फरक तर्क छ । उनले यहाँ भएका सबै कोरोना सङ्क्रमितको छाती वा फोक्सोमा हुने निमोनियाको कारण मृत्यु नभई डरत्रासको कारणले पनि मृत्यु भएको दाबी गरेका छन् । “धेरैजनाको हाइपरटेन्सनले गर्दा मृत्यु हुन गएको हो, अहिले वीरगंजवासीमा कोरोना लाग्ला कि भन्ने डर छ,” उनले थपे, “यसरी आपैंmमा स्ट्रेस, डिप्रेशन छ, त्यसमा पनि कतिपय मधुमेह, उच्च रक्तचाप, मुटुरोगी पनि छन्, कतै सङ्क्रमित भइयो भने मर्ने डर छ, अर्कोतिर कमजोर इच्छाशक्ति भएकाहरूमा वीरगंजका अस्पतालमा अब कुनै पनि बिरामीको उपचार नै हुँदैन भन्ने चिन्ता बढेको छ, यसरी मनोबल -हास भएकै कारणले पनि बिरामीहरू सहजै मृत्युको मुखमा पुगिरहेका छन् ।”

कोरोनाको कारण विश्वमा मृत्युदर ३.६६ प्रतिशत रहेको र दक्षिण एशियाली देशहरूको मृत्युदर ३ प्रतिशतभन्दा मुनि रहेको भन्दै डा गोइतले डरत्रासको कारण मानिस नमरून् भन्ने उद्देश्यले जनचेतना फैलाउनुका साथै सहज, भरपर्दो तथा विश्वासिलो उपचार सेवा उपलब्ध गराउने वातावरण बनाउनेतर्फ सबै पक्षको ध्यान जानुपर्ने बताए ।

Previous Post

स्वच्छ पानी पिउनबाट वञ्चित

Next Post

सभापति तिवारी पक्राउ

Next Post

सभापति तिवारी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.