• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
21 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

वीरगंजका होटल, धर्मशाला आइसोलेशन बन्दै

प्रतीक दैनिक by प्रतीक दैनिक
August 13, 2020
in गृहपृष्ठ, प्रमुख समाचार, समाचार
0 0
0
वीरगंजका होटल, धर्मशाला आइसोलेशन बन्दै
0
SHARES
2
VIEWS
Share on Facebook

राधेश्याम पटेल, वीरगंज, २९ साउन/
पर्साको वीरगंज र ग्रामीण भेगका पालिकाहरूमा कोरोना महामारी समुदायस्तरमा फैलिएपछि कोभिड अस्पतालमा ठाउँ नभएर सङ्क्रमितहरू घरमैं अलपत्र बस्नुपरेको छ । त्यसैले वीरगंजमा सामुदायिक आइसोलशनको अवधारणा ल्याइएको छ । जस अन्तर्गत वीरगंजका होटल तथा धर्मशालालाई आइसोलेशन केन्द्र बनाएर सेवा दिइएको छ ।

वीरगंज बसपार्कमा रहेको रानीपोखरी होटलमा ५० शøयाको सेमिआइसोलेशन बनाएको तीन दिनमैं ३४ जना बसेका छन् । लक्षण भएका वा नभएका जोकोही होटलमा बस्न पाउँछन् । त्यसका लागि होटल सञ्चालकहरूले नेपाल सरकारसँग तोकिएको शुल्क लिने गरेका छन् ।

रानीपोखरी होटलमा डा अजय द्विवेदीको नेतृत्वमा एकजना स्टाफ नर्ससहित तीनजना स्वास्थ्यकर्मी खटाइएको होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तले जानकारी गराए । उनले सामाजिक कार्यकर्ता दिलीपराज कार्कीको नेतृत्वमा खानाको व्यवस्थापन मिलाएको बताए । यदि कसैको स्वास्थ्य अवस्था बिग्रियो भने तत्काल कोभिड अस्पताल सिफ्ट गरिने तयारी मिलाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साको समन्वय र नारायणी अस्पतालका चिकित्सकको निगरानीमा होटलमा सामुदायिक आइसोलेशन कक्ष सञ्चालनमा ल्याइएको हो । यसैगरी, विजयज्योति होटलमा जगदम्बा इन्टरप्राइजेजका १८ जना सङ्क्रमित छन् । कुमु प्यालेसमा पर्सागढी नगरपालिकाले सेमिआइसोलेसन बनाएर त्यहाँका २१ जना सङ्क्रमितलाई आइसोलेट गरेको छ । राणीसती धर्मशालामा जिल्ला प्रहरी कार्यालय पर्साका ४१ जना थुनुवा, कलवार धर्मशालामा पर्सा प्रहरीका सुरक्षाकर्मी ५२ जना, सिद्धार्थ माविमा नेपाली सेनाका ३२ जना सङ्क्रमित सामुदायिक आइसोलेशनमा राखिएका छन् । पछिल्लो चरणमा वीरगंजको एकमात्र चारतारे होटल लर्ड दियालोलाई पनि आइसोलेशनमा परिणत गरिएको छ । लर्ड दियालोका सन्चालक एवं नेका पर्साका नेता अनिल रूँगटाले तत्काल १६ शय्याको आइसोलेशन बनाएको बताए । उनले व्यापारीहरूबाट माग भएकाले तत्काल होटलका १६ वटा कक्षलाई आइसोलेशन बनाएको र प्रतिदिन रु ८ हजार मूअकसहित शुल्क तोकिएको जानकारी गराएका छन् । लर्ड दियालोले सो शुल्कमा दैनिक दुई समय खाजा, खाना र बिरामीका लागि चिकित्सकीय सेवा उपलब्ध गराउनेछ । वीरगंजका कन्ट्री इन, टाउन हल पार्टी प्यालेस, हिमाल भान्साघर लकडाउन शुरू भएदेखि नै चिकित्सक, स्वास्थ्यकर्मीहरूको लागि क्वारेन्टाइनमा रूपान्तरण भएर सेवा प्रवाह गर्दै आएको छ । वीरगंजका विभिन्न होटल, धर्मशाला तथा सेमिआइसोलेशनमा गरी २०५ पुरुष, २१ महिला गरी कुल २२६ जना बसेका छन् । जसमध्ये सबैभन्दा बढी वीरगंज कारागारमा मात्रै कैदीबन्दी, कर्मचारी गरी ३८ जना छन् । वीरगंज महानगरपालिकाभित्र ३७४ जना, पर्सागढीमा ५ र पोखरियामा ३, बहुदरमाई नगरपालिकामा २९, छिपहरमाईमा २ र धोबिनीमा १ गरी कुल ४१४ जना होम आइसोलेशनमा छन् ।

सञ्चालित कोभिड अस्पतालमध्ये गण्डकमा ५७ जना र वीरगंज हेल्थकेयरमा सयजना गरी कुल १५७ जना र नारायणीको आकस्मिक कक्षमा तीनजना छन् । कोभिड अस्पताल गण्डकमा १० जना र वीरगंज हेल्थकेयरमा २४ जना गरी ३४ जना आइसियूमा छन्, जसमध्ये पाँचजनाको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन् ।

Previous Post

वीरगंजमा सङ्क्रमणदर १५ प्रतिशत

Next Post

२०७७ साउन ३० गते शुक्रवारको प्रतीक दैनिक

Next Post

२०७७ साउन ३० गते शुक्रवारको प्रतीक दैनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.