सातौं एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत कुश्ती च्याम्पियनशिपमा पर्साका निखिल पटेल छनोट भएका छन् ।
इरानको उर्मिया शहरमा अक्टोबर ८ देखि ११ तारिखसम्म आयोजना हुने सातौं एशियाली जुर्खानी कुश्ती पहलवानी च्याम्पियनशिपमा पर्सा, वीरगंज–१७ अलौंका निखिल पटेल सहभागी भएका हुन् ।
८६ किलोग्राम तौल समूहका पहलवान निखिल पटेलले नेपालबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
उनले नेपाली खेलकूद क्षेत्रमा जुर्खानी कुश्ती खेलको प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च राख्न प्रयास गर्ने बताएका छन् ।
उक्त प्रतियोगिता एशियाभरिका जुर्खानी पहलवानी खेलाडीहरूको साझा मञ्च हो, जहाँ शारीरिक बल, अनुशासन र सांस्कृतिक सम्पदाको समन्वय प्रस्तुत गरिन्छ ।
नेपालबाट पटेलको सहभागिता यस खेलप्रति बढ्दो चासो र सहभागिताको सङ्केत भएको मानिएको छ ।
नेपाल जुर्खानी फेडेरेशन तथा राष्ट्रिय खेलकूद परिषद्को सहकार्यमा पटेलको सहभागिता सुनिश्चित गरिएको हो ।


