प्रस, वीरगंज, १४ जेठ/
ठोरी गाउँपालिका–३ हनुमाननगरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बुधवार ३५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।
निर्मल–ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य फूलमाया दर्जीले विद्यार्थीहरूलाई पोशाक वितरण गरेकी थिइन् ।
उनले सामुदायिक विद्यालयहरूको खस्कँदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै, यस्ता कार्यक्रमहरूले विद्यालयप्रति समुदायको विश्वास पुनस्र्थापित गर्न महŒवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । प्रधानाध्यापक राजेन्द्र कार्कीले विद्यालयप्रति निरन्तर साथ, सहयोग र सक्रिय सहभागिताका लागि सबैमा आभार प्रकट गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदबहादुर चापागाईं, मुना अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

