प्रस, रौतहट, ९ साउन/
मौलापुर नगरपालिका–७ निवासी नगरपालिकाका प्रवक्ता एवं वडासदस्य चन्द्रदेव बेदियारको निधनमा मौलापुर नगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले शोक विज्ञप्ति जारी गर्दै वडासदस्य बेदियारले सामाजिक समावेशीकरणमा सक्रिय योगदान पुर्याउँदै आएको र उनको निधनले एक समर्पित जनप्रतिनिधि गुमाउनुपरेको उल्लेख छ ।
नगरप्रमुख रीनाकुमारी साहले स्व बेदियारले दलित, गरीब, निमुखा तथा आवाजविहीन समुदायको हकहितका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।

