• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

लकडाउनमा बिजुली महसूलमा जरिवाना असुलेकोमा धर्ना र प्रदर्शन

प्रतीक दैनिक by प्रतीक दैनिक
September 29, 2020
in प्रमुख समाचार
0 0
0
लकडाउनमा बिजुली महसूलमा जरिवाना असुलेकोमा धर्ना र प्रदर्शन
0
SHARES
2
VIEWS
Share on Facebook

राधेश्याम पटेल, वीरगंज, १३ असोज/
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजअगाडि मङ्गलवार बिहान धर्ना र प्रदर्शन भएको छ।
जनता समाजवादी पार्टी नगर कमिटीको आयोजनामा बिहान १० देखि ११ बजेसम्म धर्ना तथा प्रदर्शन भएको हो। सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारी, वीरगंज–१३ का अध्यक्ष तुफान अन्सारी, सुन्दर कुर्मी, तबरेज अहमद, सरोज यादवलगायत ५० जनाभन्दा बढी नेता, कार्यकर्ताहरू वितरण केन्द्र वीरगंजको मूलगेट अगाडि धर्नामा बसेका थिए। लकडाउनको अवधिमा जरिवाना लिन पाइँदैन, अनावश्यक लोडसेडिङ अन्त्य गर भन्दै नेता, कार्यकर्ताहरूले नाराबाजी समेत लगाएका थिए। धर्ना कार्यक्रममा सांसद प्रदीप यादवले लकडाउनमा भोकमरीले मरिरहेको जनतासँग राज्यले हरेक महीनामा २५ प्रतिशत जरिवाना असुल्ने कार्य सर्वाेच्च अदालतको आदेशविपरीत भएको भन्दै लकडाउन अवधिभरिको अवधिलाई शून्य मानिएकोले लकडाउनको बेला असुलेको जरिवाना फिर्ता गर्न माग गरे। उनले कार्यकारी निर्देशक कुलमान घिसिड्ढो अवकासपछि वीरगंज क्षेत्रमा विद्युत् सेवामा अवरोध तथा पटकपटक ट्रिपिङ बढ्दै गएकाले आगामी दिनमा सुधार नभए वितरण केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिए।
जिपी फाउन्डेशनद्वारा वितरण केन्द्र प्रमुखलाई ज्ञापन


यसैबीच, गिरिजाप्रसाद कोइराला फाउन्डेशन पर्साले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। वितरण केन्द्रको अव्यावहारिक महसूल असुल्ने गतिविधि तथा पटकपटक विद्युत् जाने समस्या तत्कालै समाधान नभए कडा आन्दोलन गर्ने चेतावनीसहित ज्ञापनपत्र बुझाइएको हो। फाउन्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दीनको नेतृत्वको टोलीले वितरण केन्द्र प्रमुख शम्भु कुशियत रायलाई ज्ञापनपत्र बुझाएको हो। कोरोना महामारीका कारण नेपाललगायत विश्व नै आक्रान्त बनेको अवस्थामा सेवा प्रभावकारी नदिने, मिटर रिडिङ गर्न नआएको र बिलमा थपेर रकम लिने परिपाटी अन्त्य गर्न ज्ञापनपत्रमा चेतावनी दिइएको छ।

शुल्क मिनहा हुन्छ –वितरण केन्द्र
यस विषयमा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख शम्भु कुशियत रायले असोज १५ गतेभित्र साउन र भदौको महसूल बुझाए जरिवाना बिलमा देखाए तापनि असोजको महिनामा उक्त रकम मिनहा गरिने बताएका छन्।
वीरगंज, सिमरालगायत देशभरिका तीनवटा शाखाको बिलिङ काउन्टरमा यस्तो समस्या देखिएकोले त्यसलाई सुधार गर्ने प्रयास भइरहेको बताए। भदौ ३१ गतेदेखि वीरगंजमा निषेधाज्ञा खुकुलो बन्दै गएपछि बिलिङ काउन्टर शुरू भएको र असोज ७ गतेसम्म महसूल तिर्ने ग्राहकले नियम अनुसार छुट पनि पाएको उनले बताए।
असोज ८ देखि १५ गतेको बीचमा महसूल तिर्ने ग्राहकले जरिवाना बेहोर्नुनपर्ने र आगामी महीनामा गत भदौमा साउनको र असोजमा भदौको जरिवाना तिरेको भए सो शुल्क कम्प्युटरले आफैं मिनहा गर्ने प्रस्ट पारे।

Previous Post

भारतीयलाई बसपार्कबाट पिसिआर रिपोर्ट जारी

Next Post

२०७७ असोज १४ गते बुधवारको प्रतीक दैनिक

Next Post

२०७७ असोज १४ गते बुधवारको प्रतीक दैनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.