• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

रोगको कारण ठोरीमा धान उब्जनी ४० प्रतिशत घटयो

प्रतीक दैनिक by प्रतीक दैनिक
September 29, 2020
in स्थानीय
0 0
0
रोगको कारण ठोरीमा धान उब्जनी ४० प्रतिशत घटयो
0
SHARES
0
VIEWS
Share on Facebook


माधव तिमल्सिना, ठोरी, १३ असोज/
    ठोरीवासीलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ। केही दिनअघिको झरीका कारण धान भित्र्याउन नसकेका किसानहरूलाई यतिबेला झरी रोकिएसँगै धान भित्र्याउने चटारो छ।
    ठोरी गाउँपालिकाका केही ठाउँमा कात्तिकको अन्त्यतिर पाक्ने धानखेती गरिएको भएपनि अधिकांश किसानले असोजमा पाक्ने धानखेती गरेका छन्।
    यस वर्ष ठोरीमा धानको उत्पादन घटेको कृषकहरू बताउँछन्। धानको बाला लाग्ने समयमा बोट नै सुक्ने रोगका कारण यस वर्ष धान उत्पादन घटेको किसानहरूको गुनासो छ। धानबालीमा शुरूमा रातेजस्तो रोग देखिएको र पछि बाला पसाउने बेलामा बाला नै सुक्ने रोग लागेको सरस्वती मावि ठोरीका प्रधानाध्यापक एवं कृषक केशवप्रसाद रेग्मीले बताए। अघिल्ला वर्षहरूमा छिटपुट देखिने यो रोगका कारण २० प्रतिशत धानको बाला सुकेको रेग्मीले बताए।
    सिंचाइ सुविधा भएका वडा नं ४ का मालीबस्ती, विजयबस्तीलगायतका ठाउँमा किसानले समयमा धान रोप्न पाएका कारण बाला सुक्ने रोगले कम असर गरेको छ। तर आकाशे पानीको भरमा खेती गर्ने किसानले समयमा धान रोप्न नपाउँदा एकातिर धानमा बाला लागेको छैन भने अर्काेतिर बाला लागेको धानको बोट सुकेको छ। झन्डै १५ कट्ठामा धानखेती गरेका वडा नं ४ का किसान रत्नबहादुर श्रेष्ठले आफूले लगाएको ४० प्रतिशत धानमा बाला नलागेको बताए। उनले बाला लागेको धानको बोट पनि सुकेकाले लगानी र मेहनत खेर गएको गुनासो गरे। आफूले उब्जाएको धानले ३ महीना पनि धान्न नसक्ने भएपछि २० हजार रुपैयाँको धान किन्न शिकारीबास जाने तरखरमा रहेको बताए।
    अर्का किसान कान्छा तामाङले धानमा रोगको प्रकोपको कारण यस वर्ष खान पनि धौधौ हुने बताए। उनले गत वर्ष एक बिघा खेतमा लगाएको धान घरमा राखेर ४० मुरी बेचेको स्मरण गर्दै भने, “आकाशे पानीको भरमा ढिला गरी धान रोपेकोले यस वर्ष ४० प्रतिशत उब्जनी घटेको छ।”
    गत वर्ष भारतीय बजारबाट विषादी, मलखादलगायत ल्याउने गरेका किसानहरू यस वर्ष कोरोनाको कारण सहजरूपमा मलखाद, विषादी नपाएपछि धानबालीमा प्रकोप बढेको किसानहरूको भनाइ छ। यसबारे स्थानीय सरकारले कुनै चासो नदेखाएको बताउँदै किसानहरूले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।
    सरकारले एक वडा–एक कृषि प्राविधिकको व्यवस्था गरेको भएपनि हालसम्म प्रत्येक वडामा कृषि प्राविधिक नरहेका कारण कृषिमा निर्भर जनता आवश्यक सरसल्लाह नपाउँदा चिन्तित छन्। ठोरी गापाको कृषि शाखाले यस वर्ष ठोरीमा ३०–४० प्रतिशत धान उब्जनी घटेको अनुमान गरेको छ।
    सोमवार ठोरीका धान खेतहरूको अवलोकन गर्न गएका गापाका कृषि शाखा प्रमुख कृष्ण कार्कीले अधिकांश धानबालीमा रोगको प्रकोप देखिएको बताए। उनले बालामा गबारो जातको कीरा देखिएको र सोही कीराका कारण धानबाली सुकेको बताउँदै रोग पहिचानको लागि केही नमूना सङ्कलन गरी पठाउने बताए। ठोरीका अधिकांश खेतीयोग्य जमीनमा धानखेती हुने गरेको छ।

Previous Post

सुनचाँदी महासङ्घः शिव र रामजीद्वारा समानान्तर समिति गठन

Next Post

भारतीयलाई बसपार्कबाट पिसिआर रिपोर्ट जारी

Next Post

भारतीयलाई बसपार्कबाट पिसिआर रिपोर्ट जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.