• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

रेल आउने भयो तर सञ्चालन अनिश्चित

प्रतीक दैनिक by प्रतीक दैनिक
September 11, 2020
in स्थानीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, जनकपुरधाम, २६ भदौ/
    नेपाल ल्याउने क्रममा भारत बिहारको हाजीपुरमा रोकेर राखिएका दुई रेल भदौ महीनाभित्रै नेपाल ल्याइने रेलवे कम्पनीले जनाएको छ।
    जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि ल्याइँदै गरेको रेल कोभिड–१९ का कारण बितेको ६ महीनादेखि बीचबाटोमैं अड्किएको हो। ८४ करोड ६५ लाख रुपैयाँको लागतमा भारतको कोंकन रेलवे कर्पोरेशनसँग जिटुजीमा नेपालले खरीद गरेको दुईवटा रेल भदौ महीनाभित्रै स्वदेश भित्रिने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन्।
    महाप्रबन्धक भट्टराईले यही महीनाभित्र रेल आउने भनिरहँदा रेल कहिलेदेखि सञ्चालनमा आउने भन्नेबारे अझै यकीन छैन। जनकपुरदेखि बर्दिवाससम्म भारतको सहयोगमा निर्माण भइरहेको रेलवे ट्र्याकमा पहिलो चरणमा जनकपुर–जयनगरसम्म ३४ किलोमिटर रेल सञ्चालन गर्ने तयारी छ। दोस्रो चरणमा जनकपुर–कुर्थादेखि विजलपुरसम्म ४६ किलोमिटरमा सञ्चालन गरिनुपर्ने हो। तर त्यस क्षेत्रमा भने अहिले पनि रेलवे ट्र्याक निर्माण गर्ने कार्य भइरहेको छ। त्यस्तै, विजलपुरादेखि बर्दिवाससम्म १७ किलोमिटर रेलवे लिकका लागि सर्भे भई जग्गा अधिग्रहण प्रक्रिया थालिएकोमा विवादको कारण काम हुन नसकेको जनकपुरस्थित रेलवे विभागका इन्जिनीयर विनोद ओझाले बताएका छन्। उनले जग्गाको मूल्याङ्कन सम्बन्धमा विवाद रहेको र कोरोनाको कारण सो विवाद मिलाउने कार्य हुन नसकेको जानकारी दिए।
    रेल ल्याउने काम लगभग अन्तिम चरणमा पुगे पनि अहिलेसम्म रेल सञ्चालनसम्बन्धी कानून नै बनेको छैन। ६ महीना पहिले रेलवे कानून संसद्मा दर्ता भएपनि छलफलमा नआएको धनुषाबाट निर्वाचित सङ्घीय संसद् सदस्यहरूको भनाइ छ। अध्यादेशमार्फत् रेल सञ्चालनको कानून ल्याउने तयारीमा सरकार रहेको उनीहरूले खुलासा गरेका छन्।  
    नेपाल रेल विभागले रेल चालकसहित २६ जना प्राविधिक कर्मचारी भर्नाका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो। तर सो पदमा एउटा पनि निवेदन परेन। अब रेल सञ्चालनका लागि चालकसहित तत्काल भारतीय प्राविधिक कर्मचारी राखिने र प्रशासनिक कर्मचारी नेपाली राखिने विभागको तयारी छ। तर भारतीय कर्मचारी राख्ने विषयमा नेपाल र भारतबीच सम्झौता अझै भएको छैन।

Previous Post

एउटा सुखद समाचार

Next Post

एसपी र डीएसपीसहित १७ जना सङ्क्रमित

Next Post

एसपी र डीएसपीसहित १७ जना सङ्क्रमित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.