शिक्षा पत्रकार तथा यस दैनिकका नियमित स्तम्भकार अनन्तकुमार लाल दासको सोमवार बिहान निधन भएको छ । सोमवार विहान काठमाडौंमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उपचारको क्रममा काठमाडौं गएका उनको आज उपचारकै क्रममा निधन भएको हो । पछिल्ला केही वर्षदेखि दास मिर्गौलाको समस्याले पीडित थिए । चिकित्सकीय सल्लाहमा उनको नियमित लायलासिस भइरहेको थियो ।
माउन्ट एडमन्ड माविका पूर्व प्रधानाध्यापक दास हाल नेशनल इन्फोटेकमा अध्यापन गराउँदै आएका थिए । वीरगंजका विभिन्न विद्यालयहरू र कलेजमा संलग्न दासकी पत्नी र एक छोरी छन् ।
प्रतीक दैनिकमा उनको यात्रा आजबाट सकिएको छ । कार्यरत रहँदा शिक्षा विषयमा साताव्यापी उनको आलेख सोमवार प्रकाशन हुँदै आएको थियो र सो आलेखलाई शिक्षासँग आबद्ध विद्यार्थी, अभिभावक र शिक्षकहरूले खुबै रुचिका साथ अध्ययन गर्दथे ।
शिक्षा पत्रकार दासलाई प्रतीक दैनिकको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली र परिवारमा हार्दिक समवेदना!


