• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
23 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार अंतरराष्ट्रीय

युद्धविरामको म्याद थप गर्न मलेशियाको आग्रह

प्रतीक दैनिक by प्रतीक दैनिक
May 26, 2025
in अंतरराष्ट्रीय, गृहपृष्ठ
0 0
0
युद्धविरामको म्याद थप गर्न मलेशियाको आग्रह
0
SHARES
3
VIEWS
Share on Facebook

क्वालालम्पुर, ११ जेठ/एएफपी

म्यान्मामा भूकम्पपछिको युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठेको भए तापनि मे महीनाको अन्त्यमा समाप्त हुनेगरी युद्धविरामको समयावधि थप र विस्तार गर्न मलेशियाले आइतवार आह्वान गरेको छ ।

गत मार्च अन्त्यमा गएको विनाशकारी भूकम्पमा परी करीब ३,८०० जनाको मृत्यु र दशौं हजार घरबारविहीन भएपछि सत्तारूढ सैन्य जुन्टाले शुरूमा बहुपक्षीय गृहयुद्धमा युद्धविरामको घोषणा गरेको थियो ।

युद्धविराम यस अघि पनि लम्ब्याइएको थियो, यद्यपि द्वन्द्व अनुगमनकर्ताहरूले जुन्टाको नियमित हवाई आक्रमणसहित लडाइँ जारी रहेको बताएका छन् ।

“आइतवार क्षेत्रीय विदेशमन्त्रीहरूको बैठकमा मलेशियाका विदेशमन्त्री मोहम्मद हसनले ‘हाल प्रभावित क्षेत्रभन्दा बाहिर युद्धविरामको विस्तार गर्ने प्रस्ताव गर्नुभएको छ’–एक विज्ञप्तिमा भनिएको छ ।

“हामी म्यान्माका सरोकारवालाहरूलाई शत्रुता अन्त्य गर्न, युद्धविराम बढाउन, पुनरुत्थानको लागि लामो र कठिन मार्गलाई सहज बनाउन र म्यान्माका जनताको पीडा कम गर्न आह्वान गर्दछौं”–मोहम्मदले आफ्नो प्रारम्भिक भनाइमा उल्लेख गरे ।

मलेशियाले हाल १० सदस्यीय दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को आलोपालो अध्यक्षता सम्हाल्दै आएको छ ।

सन् २०२१ को फेब्रुअरीमा म्यान्माले नागरिक नेतृ आङ सान सुकीलाई सत्ताच्युत गरेपछि म्यान्माको द्वन्द्व अन्त्यका लागि यस समूहले अहिलेसम्म निष्फल कूटनीतिक प्रयास गर्दै आएको छ ।

आसियानले सन् २०२१ को अप्रिलमा जुन्तालगायत सबै समूहका नेताहरूबीच सहमति भएको पाँच बुँदे शान्ति योजना कार्यान्वयन गर्न सङ्घर्ष गरिरहेको छ ।

शान्ति सम्झौतामा प्रगति हुन नसकेको भन्दै जुन्टाका अधिकारीहरूलाई आसियान शिखर सम्मेलनमा सहभागी हुनबाट रोक लगाइएको छ ।

मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले गत अप्रिलमा बैंककमा म्यान्माका जुन्टा नेता मिन आङ ह्लाइङलाई भेटेर युद्धविरामको सम्मान गर्न आग्रह गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घ र स्वतन्त्र द्वन्द्व अनुगमनकर्ताहरूले युद्धविरामका बावजूद जुन्टाले हवाई आक्रमणको अभियान जारी राखेको बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार मे महीनाको मध्यतिर जुन्ताले सागाइङ क्षेत्रमा भूकम्पको केन्द्र विन्दु नजीकै रहेको एक विद्यालयमा गरेको हवाई आक्रमणमा २० बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो ।थुप्रै कू विरोधी र जातीय सशस्त्र समूहहरूले शत्रुता रोक्न प्रतिज्ञा गरेका छन् ।

तर पूर्वी म्यान्माका केही बासिन्दाले भने छिमेकी मुलुक थाइल्यान्डतर्फको आकर्षक व्यापारिक मार्गमा रहेको जुन्ताको कब्जामा रहेका शहरलाई कूविरोधी फौजले घेरा हालेपछि आफूहरू विस्थापित भएको बताएका छन् ।

म्यान्माको जुन्टा प्रशासनले यस वर्षको अन्त्यतिर निर्वाचन गर्ने घोषणा गरेको छ । तर म्यान्माको विपक्षी राष्ट्रिय सहमतिको सरकारले जनता र राजनीतिक दललाई सैन्य सरकारले आयोजना गर्ने कुनै पनि निर्वाचन बहिष्कार गर्न आग्रह गरेको छ ।

अनवरले जुन्टा प्रमुखसँग अप्रिलमा भएको भेटपछि आसियानले चिन्ता व्यक्त गरेको र निष्पक्ष र स्वतन्त्र निर्वाचन सुनिश्चित गर्न बिस्तारै सहमति निर्माण गर्न चाहेको बताएका थिए । रासस

Previous Post

यस वर्षको विपद्बाट २० लाख नागरिक प्रभावित हुने अनुमान

Next Post

दशौं लाख नागरिक असदको गुप्तचर र सुरक्षा निकायको खोजी सूचीमा

Next Post

दशौं लाख नागरिक असदको गुप्तचर र सुरक्षा निकायको खोजी सूचीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.