• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

यातायात व्यवसायीको साँचो बुझाउने चेतावनी

प्रतीक दैनिक by प्रतीक दैनिक
September 9, 2020
in स्थानीय
0 0
0
यातायात व्यवसायीको साँचो बुझाउने चेतावनी
0
SHARES
0
VIEWS
Share on Facebook


प्रस, परवानीपुर, २४ भदौ/
    वीरगंजका बस तथा सुमो व्यवसायीहरू कोरोना महामारीका कारण पछिल्लो ६ महीनामा बर्बाद भएका छन्। यातायात व्यवसायीहरूले ६ महीनादेखि गाडी नचल्दा सवारीसाधन बिग्रिन थालेको, बैंकको ऋण तिर्न नसकेको, कर्मचारीको तलब तथा बस काउन्टरको भाडाको चिन्ताले पिरोलेको बताएका छन्।
    वीरगंजबाट छोटो र लामो दूरीमा चल्ने सबै सवारीसाधनका धनी, कर्मचारीहरू अब भोकमरीले मर्ने उनीहरूको भनाइ छ। पर्सा नारायणी यातायात प्रालिका अध्यक्ष जगतसाह कानूका अनुसार विगत ६ महीनामा यहाँका व्यवसायीहरूलाई ७५ करोड रुपैयाँभन्दा बढीको घाटा लागिसकेको र यातायात व्यवसायसँग जोडिएका हजारौं परिवार प्रभावित भएका छन्।
    “वीरगंजबाट करीब ६ सय बस र सुमो चल्ने गर्छन्, एक दिनमा एउटा गाडीको औसत ७ हजार आम्दानीको हिसाब निकाल्ने हो भने एक दिनको ४२ लाख आम्दानी हुन आउँछ,” उनले भने, “त्यसैगरी, मासिक १२ करोड ६० लाख मासिक नोक्सान भएको छ भने ६ महीनामा करीब रु ७५ करोड ६० लाख घाटा लागेको छ।”
    वीरगंजबाट छोटो दूरीमा वीरगंज–पथलैया, वीरगंज– कलैया, वीरगंज–पोखरियालगायतका ठाउँमा ३ सयवटा मिनीबस चल्छन् भने वीरगंज–काठमाडौं दैनिक ८५ वटा सुमो चल्ने गरेको छ। त्यसैगरी, वीरगंजबाट दैनिक हेटौंडा, रौतहट, जनकपुर, मोरङ, मेची, भरतपुर, बुटवल, भैरहवा, नेपालगंज, सुर्खेत, धनगढीलगायत क्षेत्रमा १५० वटा बस चल्ने गरेका थिए।
    त्यसैगरी, वीरगंजबाट काठमाडौं दैनिक डेढ सयभन्दा बढी रात्रिबस चल्ने गरेका थिए। नेपाल सरकारले कोरोना महामारीको कारण देशव्यापी लगाएको लकडाउन र पर्सा–बारामा पनि कोरोना समुदायस्तरमा फैलिएपछि करीब दुई महीना पुग्न लागेको निषेधाज्ञाले यातायात व्यवसाय पूर्णरूपमा ध्वस्त भएको व्यवसायीहरूको भनाइ छ।
    वीरगंजको बसपार्कमा अहिले करीब ४ सय बस र सुमो पार्क गरी लामो समयदेखि राख्दा ती गाडीहरूको मेशिन तथा बडीमा खिया लाग्न थालेको व्यवसायीहरूले बताएका छन्।
    “बैंकबाट सधैं ऋणको किस्ता र ब्याजको लागि फोनमार्फत् ताकेता भइरहेको छ, यता गाडीको टायर खराब भइसक्यो,” पर्सा नारायणी यातायात प्रालिका अध्यक्ष कानूले भने, “अब गाडी खोलिएन भने धेरैजना यो व्यवसायबाट कङ्गाल भएर विस्थापित हुने अवस्था आउँछ।” उनले अहिले पनि गाडी खोले गाडीको सर्भिसिङ गर्नुपर्ने, मोबिल फेर्नुपर्ने, क्राउन आयल, आयलसिल, हब ग्रीज गराउनुपर्ने जस्ता काम गर्नुपर्ने हुँदा एउटा गाडीमा कम्तीमा न्यूनतम ५० हजार रुपैयाँ खर्च लाग्ने बताए।
    व्यवसायीहरूले अब पनि सरकारले यातायात व्यवसायीको पीडा सुनेन भने यातायात महासङ्घ र यातायात व्यवस्था कार्यालयमा साँचो बुझाएर आन्दोलनमा उत्रिने वीरगंजका व्यवसायीहरूले चेतावनी दिएका छन्।

Previous Post

विपी जयन्तीको उपलक्ष्यमा विविध कार्यक्रम

Next Post

वीरगंजमा कोभिड अस्पताल बन्द हुन थाले

Next Post
वीरगंजमा कोभिड अस्पताल बन्द हुन थाले

वीरगंजमा कोभिड अस्पताल बन्द हुन थाले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.