• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home सम्पादकीय

यसै बेला रगतको अभाव

प्रतीक दैनिक by प्रतीक दैनिक
September 2, 2020
in सम्पादकीय
0 0
0
0
SHARES
1
VIEWS
Share on Facebook

    समस्या एकपछि अर्को थपिंदै जानु दुःखदायी हो। तर समस्या एउटा मात्र विपरीत परिस्थिति होइन, यो विभिन्न थरीका विपरीतावस्थाको समूह हो। त्यसैले समस्याहरूबाट नआत्तिने व्यक्तिलाई पुरुषार्थी भनिन्छ। अहिले कोरोना समुदायस्तरमा फैलिएको छ। सबैको स्वास्थ्य, खासगरी कोभिड–१९ सङ्क्रमण परीक्षण भएको छैन। यस्तोमा रगत लिनु र दिनु पनि जोखिमपूर्ण हुन सक्छ। तर हामीसँग अर्को उपाय छैन। अहिले गर्मीको मौसम भएकोले रगतको बढी माग हुन्छ, यो बढेको माग कोरोनाका कारण होइन, अपितु मौसमको आग्रह हो। यसो त अमेरिकातिर कोरोनाको उपचार पनि रक्तदानबाट भइरहेको छ। तर त्यो रगत सबैको रगत होइन। कोरोना सङ्क्रमण लागेर निको भएका व्यक्तिले दिएको रगतबाट प्लाज्मा छुट्याई कोरोना सङ्क्रमितको रगतमा सो प्लाज्मा पठाएर उपचार भइरहेको छ। यो वा अहिले सरकारले आयात अनुमति दिएको रेमडेसिविर पनि कोरोनाको रामबाण उपचार होइन, यो त रोगलाई नियन्त्रण  गरेर सङ्क्रमितको प्राकृतिक रोग प्रतिरोधक क्ष्Fमता बढाउने साधन मात्र हो। नेपालमा प्लाज्मा थेरापी भर्खरै शुरू भएको छ। केही सङ्क्रमितमा यसको सफल परीक्षण पनि भएको छ।
    कोरोना जटिल बनेर आएको छ, यसलाई अज्ञानताले अझ बढी जटिल बनाइदिएको छ। साँपको टाउकोमा प्रहार गरेर कसैले उसलाई जित्न सक्दैन। साँपलाई मार्न उसको ढाडमा प्रहार गर्नुपर्छ। यस्तै कोरोनाको उपचारको विषयमा भइरहेको छ। यस रोगको परीक्षण र उपचारसँगै मानिसको दैनिक गतिविधिलाई सुसञ्चालित हुने वातावरण निर्माण गर्नुपर्ने हो। तर हामी नियन्त्रण, अझ नियन्त्रण र झन् नियन्त्रणमा मात्र लागेका छौं। नियन्त्रण रोगलाई होइन, मानिसलाई गर्न लागिपरेका छौं। जसको कुनै अर्थ देखिएको छैन। किनकि नियन्त्रण ठाउँमा नभएर कुठाउँमा भइरहेको छ। साँपको कम्मर भाँच्नुको साटो टाउकोमा प्रहार गर्न खोजिंदै छ, जुन कदापि सम्भव छैन। मानिसलाई नियन्त्रण गर्न खोज्नु भनेको आक्रोश उत्पत्तिको मार्गप्रशस्त गर्नु हो। किनकि मानिसका विभिन्न आवश्यकता हुन्छन्।  मानिसको समस्या कोरोना मात्र होइन, उसलाई सर्वप्रथम आजीविका चाहिन्छ। आजीविकापछि मात्र उपचार। भेंडो चालको सरकारी नियन्त्रणले मानिसमा रक्तदान गर्ने उत्साहमा पनि कमी आएको छ। रगत अभावले कोकोहोलो मच्चिएको छ। रक्तदानलाई आफ्नो वार्षिक कार्यक्रममा समावेश गर्ने गरेका धेरै संस्थाले त्यसैले रक्तदान कार्यक्रमको आयोजना गर्न पाएनन्।
    अहिले रक्तदानका लागि संस्थागत प्रयास नभइरहेको अवस्थामा व्यक्तिविशेषको मात्र उत्साह र प्रेरणाले यदाकदा रक्तदान कार्यक्रम भइरहेको छ। कोरोनाबाट जोगिन अनावश्यक नियन्त्रण होइन, सतर्कता र जागरूकता चाहिन्छ। त्यो भनेको कोरोना सङ्क्रमण हुने अवस्थाबाट सकेसम्म जोगिएर मानवीय गतिविधिलाई निरन्तरता दिनु हो। हिजोसम्म औषधि, तरकारी खरीद गर्न गएका, क्लिनिकमा आफ्नो स्वास्थ्य अवस्था जाँच गराएर फर्किरहेका मानिसलाई समेत स्थानीयले वस्तुस्थिति जानकारी गराउँदा–गराउँदै पनि रापिलो घाममा ढाड सेक्ने गरी प्रहार गरेर राज्य वा राज्यको निकायले कुन उत्तरदायित्व निर्वाह गर्न खोजेको हो बुझिनसक्नु भएको छ। नागरिकलाई घरमा थुनेर मार्नुको साटो  सङ्क्रमणसँग जोगिने र त्यसलाई जित्ने वातावरण बनाउन पो सघाउनुपर्छ।

Previous Post

२०७७ भदौ ०९ गते मंगलवारको प्रतीक दैनिक

Next Post

कोरोना कहरः कहाँ चुक्यौं, कहाँ चुक्दैछौं

Next Post
कोरोना कहरः कहाँ चुक्यौं, कहाँ चुक्दैछौं

कोरोना कहरः कहाँ चुक्यौं, कहाँ चुक्दैछौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.