• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
23 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार

मेडिकल कलेजमा मृत्यु भएका वृद्धको रिपोर्ट पोजेटिभ

प्रतीक दैनिक by प्रतीक दैनिक
May 25, 2020
in समाचार, स्थानीय
0 0
0
0
SHARES
6
VIEWS
Share on Facebook

राधेश्याम पटेल, वीरगंज, १२ जेठ/
    बारा, कलैया उपमहानगरपालिका वडा नं ७ निवासी ७० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भई अन्त्यष्टि समेत भएको ८ दिनपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ।
    गत जेठ ६ गते नारायणी अस्पतालको पिसिआर मेशिनबाट मृतक वृद्धको स्वाब नमूनाको रिपोर्ट शङ्कास्पद देखिएपछि गत जेठ ८ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो। सोमवार बिहान मृतक वृद्धको कोरोना रिपोर्ट पोजेटिभ आएको नारायणी कोभिड अस्पतालकी ल्याब प्रमुख डा नीरा पाठकले जानकारी गराइन् ।
    “नेशनल मेडिकल कलेजमा मृत्यु भई आफन्तले शव बुझी कलैया लगेर दाहसंस्कारसमेत भइसकेको वृद्धको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। उनको उपचारमा खटेका स्वास्थ्यकर्मी, परिवारजन तथा अन्य गाउँलेहरू जोखिममा छन्,” डा पाठकले बताइन् ।
    वृद्धको श्वासप्रश्वासमा समस्या देखिएपछि गत जेठ २ गते दिउँसो १ः३० बजे कलैयाबाट एम्बुलेन्समा ल्याइ मेडिकल कलेजको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा जेठ ४ गते राति १२ बजे निधन भएको थियो ।
    वृद्धमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना भएकै दिन जेठ २ गते साँझ उनको स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि नारायणी अस्पतलामा पठाइएको थियो । नारायणीको ल्याबमा केमिकल अभावको कारण देखाउँदै जेठ ५ गतेसम्म स्वाब नमूनाको परीक्षण हुन सकेन। जेठ ६ गते परीक्षण हुँदा रिपोर्ट शङ्कास्पद देखिएपछि अन्तिम परीक्षणका लागि जेठ ८ गते स्वाब नमूना काठमाडौं पठाइएकोमा आज सोको रिपोर्ट पोजेटिभ आएको नारायणी कोभिड अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।
    स्वास्थ्य मन्त्रालयले स्वाब नमूना दिइसकेपछि यदि कुनै बिरामीको उपचारको क्रममा मृत्यु भएमा मृतकको अन्त्येष्टिको लागि छुट्टै मापदण्ड र निर्देेशिका जारी गरेको छ। रिपोर्ट नआउन्जेलसम्म परिवारजनले शव बुभ्mन सक्दैनन्। तर नेशनल मेडिकल कलेजले सो निर्देशिकालाई बेवास्ता गरेको थियो । मृत्यु भएको दिन अपराह्न ४ बजे परिवारजनलाई शव बुझायो। सोही दिन परिवारजनले मृतकको अन्त्येष्टि गरेका थिए। अन्त्येष्टि कार्यक्रममा गाउँका धेरै व्यक्ति सहभागी भएको बताइन्छ।
    यस विषयमा बारा प्रहरीका प्रवक्ता प्रनाउ गौतम मिश्रले जानकारी पाएलगत्तै सो सम्बधमा बुझ्ने तथा अनुसन्धान शुरू गरेको बताए।
    नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले ल्याबको रिपोर्ट आउन विलम्ब भएकोले समस्या निम्तिएको बताए। उनले भने, “मृत्यु भएको ८ दिन र नमूना दिएको १० दिनपछि रिपोर्ट आउँछ, हाम्रो मात्र गल्ती छ र, सरकारी ल्याबको पनि दोष छ, अब प्रशासनले जसरी निर्देशन दिन्छ, त्यसरी नै अगाडि बढछौं।”
    कलेजले मृत्यु भएको पाँच दिनपछि आइसियुमा फ्युमिगेशन भइरहेको भन्दै तीन दिनका लागि बन्द गरिएको सूचना निकालेको थियो। सूचना निकालेपछि त्यहाँ शङ्कास्पद घटना भएको हुन सक्ने आशङ्का उब्जेको थियो। सङ्क्रमित वृद्धको उपचारमा खटेकी मुख्य चिकित्सक र उनको सम्पर्कमा रहेका अन्य स्वास्थ्यकर्मीहरूलाई समेत कलेजले कलेजकै होम क्वारेन्टाइनमा राखेको छ ।

Previous Post

अतिक्रमित जग्गामा बाली मासेर वृक्षरोपण गर्ने वनको तयारी

Next Post

पर्साका तरकारी किसानहरू मर्कामा

Next Post
पर्साका तरकारी किसानहरू मर्कामा

पर्साका तरकारी किसानहरू मर्कामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.