प्रस, वीरगंज, ८ जेठ/
नेपाल उत्पीडित जातीय मुक्ति समाजको अध्यक्षमा मनोहर विश्वकर्मा पौडेल निर्वाचित भएका छन् । काठमाडौंमा बिहीवार सम्पन्न सातौं राष्ट्रिय सम्मेलनबाट मनोहन पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
मुक्ति समाजको सातौं राष्ट्रिय सम्मेलन यही जेठ ५–७ गतेसम्म तय गरिएकोमा आज बिहान मनोहरको नेतृत्वमा १५१ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको नेकपा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक तथा अध्यक्षमण्डलका अध्यक्ष भानुभक्त ढकालले बताए ।
सम्मेलनले उपाध्यक्ष निर्मल देउला र मैना अछामी, महासचिव अनुभूति बम नेपाली, उपमहासचिव सोम पोर्तेल र चार सचिवहरूमा टेक घतानी, कमला बराल किश्वकर्मा, तेजकुमार बिके र मानदेव हजरा सर्वसम्मत चयन भएको संयोजक ढकालले बताए ।


