• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
21 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

माछा बेचेर वार्षिक डेढ करोड आम्दानी

प्रतीक दैनिक by प्रतीक दैनिक
May 26, 2025
in गृहपृष्ठ, राष्ट्रिय
0 0
0
माछा बेचेर वार्षिक डेढ करोड आम्दानी
0
SHARES
0
VIEWS
Share on Facebook

भरतपुर (चितवन), ११ जेठ/रासस

चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्ष अघि माछापालन शुरू गरे । साथीभाइले माछापालन गरेको देखेर उनले पाँच कट्ठा जमीनमा पोखरी खनेर माछापालन शुरू गरेका हुन् ।

सुरुआती कठिनाइका बावजुद अर्यालले माछापालनलाई व्यावसायिकरूपमा विस्तार गरे । पछि राम्रो हुँदै गएपछि उनले २०७३ सालमा चार बिघा जमीन थपेर छ प्रजातिका माछापालन गर्न थाले । अहिले चार बिघा जमीनको जलाशयमा माछा छन् । उनले वार्षिक रु एक करोड ५० लाखको माछा बिक्री गर्छन् । खर्च कटाएर रु ७० लाख बढी नाफा हुने गरेको अर्यालले बताए ।

“वार्षिक रु ६० लाख जति दानामा खर्च हुन्छ, विद्युत्लगायतका अन्य क्षेत्रमा खर्च हुन्छ,” उनले भने, “वार्षिक रु ७० लाख त कम्तीमा बचत हुन्छ ।” उनको फर्ममा वार्षिक दुई सय टनभन्दा बढी माछा उत्पादन हुन्छ । यतिखेर १० टन माछा बजार लैजाने तयारी छ ।

अर्यालले माछापालनमा आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन र बिक्रीमा ध्यान दिएका छन् । उनले उत्पादन गरेका माछा चितवनसहित काठमाडौं, पोखरा, बुटवललगायतका शहरमा बिक्रीका लागि लैजाने गरिन्छ । माछापालनले अर्यालको जीवनस्तरमा महत्त्वपूर्ण सुधार ल्याएको छ । उनले आफ्नो आम्दानीबाट थप जमीन किनेर घर बनाएका छन् भने गाडी किन्ने योजनामा छन् ।

माछापालन व्यवसायबाट नै अर्यालले तीनजना छोराछोरीलाई चितवनको प्रतिष्ठित बोर्डिङ स्कूलमा पढाइरहेका छन् । उनले आफ्नो फर्ममा छजनालाई रोजगार दिएका छन् । आगामी दिनमा माछापालन व्यवसायलाई एग्रो टुरिजममा विस्तार गर्ने योजना रहेको उनी बताउँछन् । “पोल्ट्री क्षेत्रमा हात हालेको छु । त्यसबाट राम्रो आम्दानी हुन सकेन,” अर्यालले भने, “यतिबेला कागतीखेतीमा पनि लगानी गरेको छु, यसलाई एग्रो टुरिजममा लैजाने योजना छ ।”

पति–पत्नी नै माछापालनमा खट्छन् । उनले माछापालनमा रुचि राख्ने अन्य कृषकलाई प्रशिक्षण र सल्लाह प्रदान गर्दै आएका छन् । ४५ वर्षीय अर्याल माछापालनमा त्यतिकै लागेका होइनन् । पैसा कमाउन सन् २००५ मा मलेशिया पुगेका उनी त्यहाँ २४ महीना बसे । त्यतिखेर नेपालमैं केही गर्ने सोचका साथ राम्रै पैसा कमाएर स्वदेश फर्किएका अर्याल यहाँ भने जस्तो नभएपछि सन् २००८ मा फेरि युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई गए ।

दुई वर्ष दुबई बसेर फर्किएका अर्याल परम्परागत खेतीपातीमैं लागेका थिए । पछि भरतपुरको बजार क्षेत्रमा माछापालन गरेको देखे । यसबाट फाइदा हुने थाहा पाएपछि माछापालन गर्न थालेका हुन् । माछापालन गर्दा सुरुआती दिनमा धेरै दुःख पाएको उनको अनुभव छ ।

“एक कट्ठामा माछा कति राख्ने, कसरी राख्ने केही ज्ञान थिएन, अन्धाधुन्ध नै माछापालन गर्न थालियो,” उनले भने, “शुरूमा व्यापारीले ठगे । दुई/तीन वर्ष घाटा नै भयो ।” पछि माछापालनबारे बुझ्दै गएपछि सहज भएको उनको भनाइ छ । सुरुआती दिनमा अर्यालले बङ्गलादेशबाट माछाका भुरा ल्याएर माछापालन गर्न थालेका थिए । त्यतिखेर भारतीय बाटो हुँदै लुकाइछिपाइ गरेर भुरा ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए । अहिले भने चितवनमैं सरकारीस्तरबाट माछाका भुरा उत्पादन हुँदा माछापालन गर्न सहज भएको उनले बताए । अर्याल पछिल्लो अधिकांश किसानका लागि प्रेणाका स्रोत बनिरहेका छन् ।

माछापोखरीमा अर्यालले रु दुई करोड लगानी गरेका छन् । सातवटा पोखरीमा माछा छन् । शुरूमा पोखरी खन्दा नै रु एक करोड खर्च लागेको उनले बताए । जग्गा भाडामा लिएर माछापालन गरेका अर्यालको २८ कट्ठा जमीन आफ्नै हो । अहिले चितवनमा १५ सयभन्दा बढी किसान माछापालनमा लागेका छन् । नेपालमा माछापालनमा राम्रो सम्भावना रहेको उनको भनाइ छ ।

“विदेश जानुभन्दा, यहाँ नै उत्पादनमूलक काम गरेर राम्रो आम्दानी गर्न सकिन्छ,” उनले भने ।

राज्यले दाना र बिजुलीमा छुट दिएमा नेपाली माछापालन किसान अगाडि बढ्न सक्ने उनले बताए । “माछापालनमा राम्रो आम्दानी छ तर राज्यको हेर्ने नजर गलत छ,” अर्यालले भने, “देश धनी बनाउने हो भने युवालाई रोकेर कृषिमा लगानी गर्न जरुरी छ ।”

उनले भारतबाट अवैधरूपमा माछाको आयात नरोकिंदा नेपाली किसान मारमा पर्दै आएको गुनासो गरे । “भारतका माछालाई व्यवस्थापन गर्न सके नेपालमा उत्पादन भएका माछाले सहजै बजार पाउँछन्,” उनले भने, “राज्यले ठोस योजना बनाएर अवैध कारोबार रोक्नुपर्छ ।” माछा व्यवसायी सङ्घ चितवनका उपाध्यक्षसमेत रहेका अर्यालले सङ्घकै नेतृत्वमा अवैध माछा नियन्त्रण गरेर नष्ट गर्ने अभियान चलाए पनि सार्थकता पाउन नसकेको बताए ।

Previous Post

कफीले हाम्रो शरीरमा कस्तो असर पार्छ ?

Next Post

नेपालमा पहिलोपटक कलेजो र मिर्गौला प्रत्यारोपण

Next Post

नेपालमा पहिलोपटक कलेजो र मिर्गौला प्रत्यारोपण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.