• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
21 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

महीनावारीसँग जोडिएको स्वास्थ्य

प्रतीक दैनिक by प्रतीक दैनिक
November 3, 2025
in गृहपृष्ठ, विचार
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

•डा. अरूणा उप्रेती

किशोरी र महिलाको महीनावारीका बारेमा अनेक वृत्तचित्र, चलचित्र बनेका छन् र ४०–४५ वर्षपछि महिलाको रजनोवृत्ति अर्थात् महीनावारी बिस्तारै सुक्दै जाने समस्याका बारेमा न त प्रायः छलफल हुन्छ, न यसका बारेमा महिला स्वास्थ्यसम्बन्धी अनुसन्धान गरिन्छ ।

महीनावारी सुक्नु रोग होइन तर जसरी महीनावारी हुँदा कसैकसैलाई साधारण समस्या हुन सक्छ, महीनावारी सुक्दा पनि साधारण समस्या देखा पर्नु स्वाभाविक हो भनेर बुझ्न सके महिलालाई सजिलो हुने थियो । “मेरो महीनावारी ४५ वर्षमा सुकेको थियो । पहिले त मलाई केही तातो हुने, खलखली पसिना पनि आउँथ्यो । मलाई मेरो साथीले हार्मोन औषधि दिइन् तर त्यसले मलाई झन् समस्या गरायो । मैले औषधि पनि छोडें र मैले त यस अवस्थालाई सामान्यरूपमा लिएको छु । अहिलेसम्म रजोनिवृत्तिको समस्या भएको छैन,” ७५ वर्षीया एक जनस्वास्थ्य विज्ञले केही दिन अघि मलाई इमेलमा लेखेकी थिइन् ।

“मेरो महीनावारी सुकेको चार वर्ष भयो । पहिलेपहिले त कहिले दुई/तीन महीनामा हुन्थ्यो । त्यति बेला केही बढी रगत जान्थ्यो । फापर, ढिंडो, सिस्नो खाएँ । मलाई ढुक्क पो भएको थियो । मलाई कुनै समस्या नै भएन,” गाउँकी एक महिलासँगको भेटमा भनेकी थिइन् ।

नेपाली महिलाको महीनावारी सामान्यतया ४५–५२ वर्षको उमेरको हाराहारीमा पुगेपछि बन्द हुन्छ । अन्तर्राष्ट्रियस्तरमा अमेरिकी तथा जापानी महिलाका बीचमा अधिकांश रजोनिवृत्तिपछिको अवस्थालाई लिएर धेरै अनुसन्धान भएको पाइन्छ । नेपालमा भने ‘मेनोपोज सिमटम इन नेपाल’की डा कान्ति गिरीले सन् २००१ मा काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मकवानपुर र चितवनका १५० महिलामा गरिएको एउटा अध्ययन पाइन्छ । रजोनिवृत्ति वा महीनावारी सुकेपछि कतिपय महिलालाई केही समस्याहरू पर्न सक्छन् । यद्यपि धेरै महिलालाई केही समस्या पर्दैन । यो कुनै रोग होइन भनेर मानिसहरूले बुझ्न गाह्रो भएकाले र महीनावारी सुकेपछि के औषधि गर्ने भन्ने प्रश्न पनि नेपाली महिलाहरूले गर्छन् ।

परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा पनि महीनावारी गडबड हुन सक्छन् । गाउँघरमा त ५० वर्षसम्म पनि यसरी कतिपय महिलाले डिपो वा नरप्लान्ट (परिवार नियोजनका साधन) प्रयोग गर्दा महीनावारी नै नहुने हुन्छ । अनि महीनावारी सुकेको हो कि यो साधनको प्रभावले भएको हो भन्ने छुट्याउन नै गाह्रो पर्छ । लगातार यस्तो साधन प्रयोग गर्दा हड्डी फुसफुसे भएर भाँचिने समस्या हुन्छ । त्यसैले ३५ वर्षपछि परिवार नियोजनका साधन प्रयोग गर्दा बढी होशियार हुनुपर्छ । तर यो विषयमा कतै छलफल नै हुँदैन ।

रजोनिवृत्तिको बेला कसैलाई समस्या हुन्छ, कसैलाई हुन्न भनेर जाँच्ने यन्त्र त छैन । तर भोजन, आराम, सकारात्मक विचारले समस्या हुनेलाई पनि, समस्या नहुनेलाई पनि स्वास्थ्य राम्रो हुन्छ । तर युवावस्थामा शरीरलाई मोटो बनाएर, व्यायाम नगरेर सबै कुरा उमेर ढलेपछि गरौंला भनेर भनियो भने रजोनिवृत्तिमा समस्या हुन सक्छ । त्यसैले पहिले नै होश पु¥याए राम्रो हुन्छ ।

मेरी आमाको ४५ वर्षमा नै रजोनिवृत्ति भयो मेरो १० वर्ष अघि ५० वर्षमा नै भयो, केही समस्या नै भएन । तर कसै कसैलाई राति निद्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने र कसैकसैलाई जीउ चिलाउने र स्तनको आकार सानो हुँदै जान सक्छ । यसको कारण शरीरमा एस्ट्रोजेन नामक हर्मोन कम हुँदै जानु हो । चुरोट र सुर्ती प्रयोग गर्ने महिलाहरूलाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ । त्यसैले स्वस्थ रहने हो भने गाउँघरका महिलालाई चुरोट र तमाखु छोड भन्नै पर्छ । तर नेपालको गाउँघरमा महिलाहरूलाई धु्रमपान र स्वास्थ्यमा पर्ने असरको बारेमा प्रायः थाहा हुँदैन ।

प्रायः कतिजनालाई त थाहा पनि हुँदैन कि महीनावारी बन्द हुने प्रक्रिया एकैपल्टमा हुँदैन । सुरुआतमा महीनावारी कहिले हुने, कहिले नहुने वा दुई/तीन महीना बिराएर हुने गर्छ । यो महीनावारी बन्द हुने प्रक्रिया हो भन्ने नबुझ्दा कतिले त मलाई रोग लाग्यो कि भनेर डराउँछन् । अनि लौ पाठेघरको क्यान्सर भयो भनेर तर्सिन्छन् ।

रजोनिवृत्तिको विषयमा भएका अनुसन्धानहरूले के देखाएका छन् भने यस्ता समस्याहरूलाई महिलाहरूको भोजन, शारीरिक व्यायाम, जीवनप्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ । साथै युवावस्थाको स्वस्थ खानपिनले पनि धेरै भूमिका खेल्छ । जीवनमा पछि पैसा चाहिन्छ भनेर बैंकमा पैसा राख्ने महिलाहरूले रजोनिवृत्ति पनि स्वस्थ रहोस् भनेर युवावस्थादेखि नै स्वास्थ्यमा लगानी गर्नुपर्छ । अर्थात् स्वस्थ खाना, स्वस्थ जीवनशैली अपनाउनुपर्छ । कतिपय महिलाले पनि यसलाई उमेर अनुसारको स्वाभाविक प्रक्रिया ठान्छन् भने कतिपयले धर्मकर्मतर्फ लाग्ने समयको रूपमा पनि लिएको पाइन्छ । अहिले त रजोनिवृत्ति भइसकेका महिलाहरू कार्यालयमा काम पनि गरिरहेका हुन्छन् ।

रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ध्यान राख्नुपर्ने चाहिं हुन्छ । ३५–४० वर्षको उमेरपछि नै शरीरका हाडमा घनत्व कम हुँदै जान्छ, रजोनिवृत्ति भएपछि या झन् बढ्न जाने हुनाले शारीरिक व्यायाम, भोजन आदिमा विशेष ध्यान दिनुपर्छ । विभिन्न अध्ययनले देखाएका छन् कि तातो हुने, धेरै पसिना आउने आदि रजोनिवृत्ति हुँदा हुने समस्यालाई कम गर्न भटमासको प्रयोग गर्नुपर्छ । प्रोटिन र लौहतŒव पाइने र भटमासको विशेष तŒवले मुटुरोगबाट बचाउन मदत पनि गर्छ । शरीरमा एस्ट्रोजनको कमी हुँदै जाँदा छालामा रहेको चिल्लोपन हराउँदै जान सक्छ । यस्तो बेलामा छाला र गुप्ताङमा चिलाउने समस्या हुन सक्छ । यस्तो बेलामा तोरी, नरिवल, तिल, बदामको तेल प्रयोग गर्न उचित हुन्छ ।

केही महिलाहरूलाई रजोनिवृत्ति अवस्थामा मन दिक्क हुने, मन छिनछिनमा परिवर्तन हुने हुन्छन् । यस्ता परिवर्तन कतिले सजिलै आत्मसात् गर्न सक्छन्, त कतिलाई यस्ता परिवर्तनले चिन्तित बनाउँछ । यस्ता परिवर्तनले कस्तो असर गर्छ भन्ने कुरा महिलाको शारीरिक अवस्था र सम्पूर्ण स्वास्थ्य स्थितिले पनि निश्चित गर्छ । यससँगै ती महिलाको आर्थिक स्थिति, कामकाज, पारिवारिक जीवन, सामाजिक जीवन, परिवर्तनलाई आत्मसात् गर्न सक्ने क्षमता तथा रीतिरिवाजले पनि निश्चित गर्छ । यो मानसिक रोग होइन तर यस्तो समस्याले धेरै दुःख दिए मनोचिकित्सकसँग परामर्श लिन सकिन्छ ।

व्यायाम गर्ने महिलाहरूलाई रजोनिवृत्ति भएपछि शरीर एकैछिनमा तातो हुने, एकैछिनमा चीसो हुने समस्या पनि केही कम गर्छ । “५० वर्ष पुगेपछि मेरो घुँडा दुख्ने समस्या भएको थियो, महीनावारी पनि सुक्यो । तर बिस्तारै व्यायाम गरेपछि दुखाइ कम हुन्छ । अहिले मैले नियमितरूपमा योग गर्न थालेको छु । मलाई रमाइलो लाग्छ,” ६० वर्षीय नीलिमाले भनेको कुरा मलाई साह्रै घत लागेको थियो । व्यायामलाई बोझको रूपमा नलिएर आफूलाई फाइदा पु¥याउँछ भन्ने विश्वास गरेपछि अलिअलि गर्दै व्यायाम गर्ने बानी पर्दै जान्छ, स्वस्थ भइन्छ । रजोनिवृत्ति समस्या बन्दैन ।

रजोनिवृत्ति भएकी महिलालाई मानसिक तनावले पनि समस्या पर्न सक्छ । जस्तो कामको धेरै बोझ भए, धेरै थकाइ, दिनदिनै झगडा भएमा, उमेर बढेपछि बूढो भए भनेर चिन्ता गरेमा मानसिक तनाव बढ्न जान्छ । यसरी महीनावारी सुक्दा तनाव धेरै पैदा भए शरीरलाई नै नकारात्मक असर गर्छ । तनाव कम गर्ने धेरै उपाय छन् । कतिपय उपायहरू हामी हाम्रो जीवनमा उपयोग गर्छौं । कतिपय महिलाहरूले तनाव परेका बेला प्रार्थना गर्ने, योग गर्ने, ध्यान गर्ने, नाच्ने आदि गर्छन् । यस्ता क्रियाकलापले भावना व्यक्त गर्ने र आनन्दित भएर तनाव कम गर्न पनि मदत गर्छन् । महीनावारी सुक्ने बेलामा समस्याहरू कम होस् र शरीर स्वस्थ रहोस् भनेर स्वस्थ पोषणको साथै व्यायाम, हिंडाइबाट मानसिक तनाव, अनिद्रा, मोटोपन इत्यादि त घटाउँछ नै, आत्मविश्वास पनि बढाउँछ ।

Previous Post

डेडिकेटेड र ट्रङ्कलाइन विवाद एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव

Next Post

बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध

Next Post
बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध

बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.