• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
23 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

मधेस कसरी घुम्ने, कसरी बुझ्ने ?

प्रतीक दैनिक by प्रतीक दैनिक
May 25, 2025
in गृहपृष्ठ, समयान्तर
0 0
0
0
SHARES
1
VIEWS
Share on Facebook

•ओमप्रकाश खनाल

मधेस प्रदेशलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने भन्दै अहिले पर्यटन व्यवसायीले ‘घुमौं मधेस बुझौं मधेस’ अभियान चलाइराखेका छन् । प्रचारप्रसारकै बलमा आसपासका क्षेत्रमा केही पर्यटकीयस्थलहरूको अधिक दोहन भइराखेको छ । तर मधेसमा प्रचुर सम्भावना बोकेका यस्ता स्थानहरू विलुप्त छन् । आर्थिक गतिविधि र पूर्वाधारमा तुलनात्मक सम्पन्न भएर पनि यहाँको सम्भाव्यता उपयोग हुन सकेको छैन ।

वर्ष २०८० मा सबैभन्दा बढी पर्यटक भारतबाट आएको तथ्याङ्क सरकारसित छ । त्यो वर्ष भारतबाट तीन लाख २० हजार पर्यटक भित्रिएको अंकडा छ । तर यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका पर्यटकको मात्रै हो । खुला सिमानाबाट भित्रिने पर्यटकको त लेखाजोखा नै छैन । मधेसका आठवटै जिल्लाका खुला सिमाना भारतसित जोडिएका छन् । भारतीय पर्यटकलाई मात्रै केन्द्रित गर्दा पनि यहाँको पर्यटनले गति लिन समय लाग्दैन । तर मधेसमा पर्यटन नारामा मात्रै सीमित छ ।

पर्यटन प्रवद्र्धनका लागि पर्यटकमैत्री व्यवहारको कमी छ । नाकाबाट भित्रिंदा सहजीकरण त छैन नै, उल्टै अनेक बहानामा दुुःख दिने काम भइराखेको देखिन्छ । सवारीसाधनको चेकजाँचको अव्यावहारिक प्रक्रिया, ठाउँठाउँमा अव्यवस्थित चेकजाँच, मुद्रा सटहीका समस्या, भारतीय मुद्रा प्रतिबन्धका कारण थुनामा बस्नुपर्ने बाध्यताजस्ता कारणले एकपटक आएको पर्यटक अर्कोपटक नआउने सम्भावना नै बढी हुन्छ । पर्यटन व्यवसायीले मधेसमा पर्यटकका लागि कुनै आकर्षक प्याकेज बनाएको जानकारी छैन । यस्तोमा एउटा पर्यटक सीमावर्ती शहरमा किन रोकिन्छ ? पर्यटकलाई लोभ्याउने शैली र आकर्षणको अभावमा मधेसका नाका र जिल्लालाई भारतीय पर्यटकले ट्रान्जिट मात्र बनाएको यथार्थ हो ।

केही पर्यटकीयस्थलहरूलाई हेरौं, वीरगंज नाकाबाट भित्रिने बित्तिकै शङ्कराचार्यद्वार, केन्द्रभागमा रहेका सूर्यको मन्दिरसहितको घडीअर्वा पोखरी, अलखिया मठमन्दिर, महावीरस्थान, भिस्वाको बौद्ध चैत्य परिसर, गहवामाई मन्दिर, बिर्तामाई मन्दिर, भुटनदेवी मन्दिर, विन्ध्यवासिनीमाताको मन्दिर, वीरगंजको घण्टाघर, लक्ष्मनवाको विश्व हिन्दूपार्क, पर्सा महुवनको पारसनाथ मठ पनि धार्मिक पर्यटनको पर्याप्त सम्भावना समेटेका स्थानहरू हुन् । करीब २० किलोमिटर टाढा बाराको बरियारपुरमा विश्वप्रसिद्ध धार्मिक गढीमाई मन्दिर छ । प्रत्येक पाँच वर्षमा यहाँ लाग्ने मेला एशियामै सबैभन्दा बढी पशुबलि चढाइने मेलाको रूपमा चर्चित छ । भक्तजनले शक्तिपीठमा भाकल अनुसार मनोकाङ्क्षा पूरा भएको विश्वासमा बलि चढाउँछन् । धार्मिक आस्थालाई पर्यटकीय उद्देश्यमा कसरी उपयोग गर्न पनि सकिन्छ ? यसमा योजनाको कमी छ । रणनीतिक योजनाको अभावमा यो प्रत्येक पाँच वर्षमा मानिसहरूको धार्मिक जमघबाहेक अरू केही साबित हुन सकेको छैन । बारा जिल्लाकै सेरोफेरोमा कैयौं यस्ता धार्मिक तथा ।पुरातात्त्विक महत्त्वका स्थानहरू छन् । तर जानकारीको अभावमा पर्यटक पुग्दैनन् । गढीमाईकै पूरक मेला मानिने बाराको जीतपुर, रौतहटको सुन्दरपुर, दुधियाधार, बलुवा, मदनपुर, माधोपुर, हर्दिया पल्टुवा तथा सर्लाहीको मिर्जापुर र खौर्वामा लाग्ने मेलाको खासै चर्चा हुँदैन

बाराको सिम्रौनगढ एउटा ऐतिहासिक, । पुरातात्त्विक र धार्मिक धरोहर हो । सिम्रौनगढ संरक्षणको पखाईमा आफ्नो अस्तित्व नामेट गर्दैछ । शिखरशैलीमा बनेको कङ्काली भगवतीको मन्दिर, रामजानकी मन्दिर, सिम्रौनगढका तत्कालीन राजा शिव सिंहको दरबार मानिने सनुखियामाई, कोतवाला, हरिहरपुर मन्दिर, सिम्रौनगढका पोखरी र इनारका अवशेषहरू धार्मिक महत्त्वका स्थलहरू हुन् । जसका धार्मिक र ।पुरातात्त्विक विशेषताहरूले पर्यटकलाई सजिलै आकर्षित गर्न सक्छन् । ५२ बिघा क्षेत्रफलमा फैलिएको मानवनिर्मित झरोखर पोखरी र इशरा पोखरी आकर्षक स्थान भएर पनि पर्यटकको आँखामा परेका छैनन् । महेन्द्र राजमार्गको पसाहा पुलदेखि पाँच किलोमिटर पूर्व चारकोसे झाडीको हलखोरिया दह बाराकै निजगढबाट समेत १० किलोमिटरको दूरीमा छ । यो हात्ती, बाघ, हरिण, गैंडा, भालु, पानीहाँस, धनेश, कालिज र मयूरलगायतका पशुपक्षीको बासस्थान भएकाले पर्यटक आकर्षित गर्न नसकिने होइन । पर्यटकीय महत्त्वको चुरियामाई मन्दिर बारा जिल्लाकै एउटा धार्मिक आस्था समेटेको स्थल हो । यस्ता स्थानहरूलाई समावेश गरी पर्यटकीय योजना बनाउन सकिन्छ । तर भरपर्दो काम हुन सकेको छैन ।

अढाई सयभन्दा बढी माछापोखरी भएको बाराको बोधवन र परवानीपुरको कृषिबाली अनुसन्धान केन्द्र कृषि पर्यटनका लागि सम्भावित क्षेत्र हुन सक्छन् । बारा, पर्सा, मकवानपुर र चितवनका ४९९ वर्गकिलोमिटर क्षेत्रफलको पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय दृष्टिकोण निकै महत्त्वपूर्ण छ । जङ्गली हात्तीको मुख्य बासस्थान भनिए पनि पाटेबाघ, चितुवा, भालु, गौरीगाई, नीलगाई, चित्तल, हुँडारलगायतका जनावर र तीन सय प्रजातिका चराचुरुङ्गी पाइन्छन् । त्यहाँ पर्यटकीय उद्देश्य भने अलमलमा छ ।

मधेस र गण्डकीको सम्भावनालाई जोड्न भन्दै बाराको सिमराबाट पोखराको उडान शुरू गर्दा निकै तामझाम गरिएको थियो । प्रदेशका सरकारस्तरीय भ्रमण आदानप्रदान पनि भए । तर यसले निरन्तरता पाउन सकेन । धार्मिक आस्था र संस्कृति नै प्रदेशको पर्यटनको मूल आधार हो । वास्तवमा पर्यटन भनेको प्रचारप्रसारकै खेती हो । प्रचारप्रसारकै बलमा नजीकैका केही स्थलहरूको अधिक दोहन भइरहँदा मधेसका सम्भावना खेर गइराखेका छन् ।

वीरगंज भित्रिएका पर्यटकलाई मधेस प्रदेशमा कम्तीमा चार दिन रोक्न सकियो भने त्यो प्रदेशको पर्यटनमा ठूलो उपलब्धि हुनेछ । अहिले त वीरगंज बाटो मात्र बनेको छ । यहाँको पर्सा राष्ट्रिय निकुञ्ज पार गरेर आन्तरिक तथा भारतीय पर्यटकहरू चितवनको सौराहामा हात्ती चढ्न पुग्छन् । बाटोमैं पर्ने अमलेखगंजमा पनि हात्ती चढ्न पाइन्छ भन्ने कुराको जानकारी पर्यटकले पाएका छैनन् । जनकपुर र आसपासका अन्य धार्मिकस्थल पर्यटनका मूल आधार हुन् । जानकी मन्दिर आस्थाको केन्द्र त हो, तर पर्यटकीय गतिविधि बढाउन थुप्रै सुधारको खाँचो छ । त्यहाँका पोखरी, तलाउ, धार्मिक मेला महोत्सव, मिथिला संस्कृतिको प्रचार र व्यवस्थापन हुन सकेको छैन । भारतसित धर्म र संस्कृति मिल्दोजुल्दो भएकाले यी क्षेत्रलाई पर्यटकीय प्याकेजको रूपमा विकास गर्दा भारतीय पर्यटक तान्न सकिन्छ ।

जनकपुर र भारतको अयोध्यासँग विशेष सम्बन्ध छ । यो धार्मिक आस्था र सांस्कृतिक सम्बन्धलाई हामीले पर्यटनको दृष्टिकोणबाट हेरेकै छैनौं । १८औं सार्क शिखर सम्मेलनताका यी दुई शहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने चर्चा चलेको थियो । त्यस अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला जनकपुर र पूर्वी नेपालको बाराह क्षेत्रको विकासमा सहयोगको प्रतिबद्धता आएको थियो । यी योजनाहरू प्रदेशको पर्यटन प्रवद्र्धनका महत्त्वपूर्ण आधार बन्न सक्ने थिए । यसमा भरलाग्दो काम हुन सकेको छैन । सिराहाको सलहेश, सप्तरीको छिन्नमस्ता, ठेलिया दह, सर्लाहीको नाढिमन ताल, सतही बिहुला, नारायणपुर, नूनथर, महोत्तरीको पडौलस्थान, रौजा मजारलगायतका स्थानको उपयोग पर्यटकीय दृष्टिले हुन सकेकै छैन ।

प्रदेश र सरोकारका स्थानीय सरकारले प्रचारप्रसार, प्रवद्र्धन र निजी क्षेत्रलाई पर्यटकीय पूर्वाधारमा लगानीको लागि प्रोत्साहनका योजना ल्याउनुपर्छ । पर्यटकीय सम्भाव्यताको दोहनमा रणनीतिक योजनाको अभाव छ । निकट दूरीका स्थानहरूको प्याकेज बनाएर प्रचारप्रसारमा जोड दिने हो भने पर्यटकको बसाइ एक हप्तासम्म लम्ब्याउन सकिन्छ । यसबाट स्थानीय होटल, व्यापार–व्यवसाय, रोजगार र आयआर्जनमा चक्रीय लाभ लिन सकिन्छ ।

Previous Post

सरकारले १० महीनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

Next Post

यसरी बढाउँ इच्छाशक्ति

Next Post

यसरी बढाउँ इच्छाशक्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.