• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

भारतको ७८औं स्वतन्त्रता दिवस मनाइयो

प्रतीक दैनिक by प्रतीक दैनिक
August 16, 2024
in प्रमुख समाचार
0 0
0
भारतको ७८औं स्वतन्त्रता दिवस मनाइयो
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, वीरगंज, ३१ साउन/
भारतको ७८औं स्वतन्त्रता दिवस वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास कार्यालयमा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बिहीवार बिहान महावाणिज्यदूत देवी सहाय मीणाले भारतको राष्ट्रिय झन्डा झन्डोतोलन गरेका थिए ।

सो अवसरमा उनले भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रको नाममा जारी गरेको सन्देश पढेर सुनाएका थिए । कार्यक्रममा वीरगंजका १३ वटा विद्यालय र कलेजका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए । दिवसकै अवसर पारेर महावाणिज्य दूतावासले आशा किरण केन्द्रमा आयोजना गरेको चित्रकला प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई पुरस्कृत गरेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललगायतको सहभागिता थियो ।

यसैगरी, काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७८औं स्वतन्त्रता दिवस मनाइएको छ ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी समारोहको शुभारम्भ गरेका थिए । कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्पmत प्रस्तुत गरिएको थियोे ।

राष्ट्रपतिको उक्त सन्देशमा विगत ७७ वर्षमा विभिन्न क्षेत्रमा भएको प्रगतिमाथि प्रकाश पारिएको र भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिने स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

कार्यक्रममा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका पत्नी र निकटतम नातेदारलाई रु पाँच करोड ५० लाख र कम्बल वितरण गरी सम्मान गरेका थिए । साथै भारतीय सशस्त्र बलका मृतक सैनिकका पत्नी एवं १०७ जना मृतक सैनिकका निकटतम नातेदारका लागि रु १२ करोड ५५ लाख भुक्तानी दिइएको थियो ।

भारतको ७८औं स्वतन्त्रता दिवस मनाइयो

सो भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजिआई) कार्यक्रम अन्तर्गत सन् २०२४ का लागि ‘डेथ–इन–सर्भिस’, ‘एक्सटेन्डेड इन्स्योरेन्स’ र एजिआई परिपक्वता भुक्तानीलगायतका लाभहरू समावेश छन् ।

दूतावासले नेपालका पाँच प्रदेशका २१ शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ । यस पहलले प्राप्त अनुरोधको प्रत्युत्तरमा दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ ।

दूतावासका अधिकारी तथा उनीहरूका परिवारका अतिरिक्त नेपालमा रहेका भारतीय समुदायका सदस्य तथा शुभेच्छुकहरूको भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागिता थियो । सो अवसरमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए ।

‘एक पेड माँ के नाम’ अभियान अन्तर्गत वृक्षारोपण

भारतीय दूतावास, लैनचौरमा आफ्ना आमाहरूको सम्मानमा सबैलाई वृक्षारोपण गर्न आग्रह गर्दै ‘एक पेड माँ के नाम’ अभियान अन्तर्गत वृक्षारोपण गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व वातावरण दिवस, २०२४ का अवसरमा ‘एक पेड माँ के नाम’ अभियान शुभारम्भ गरेका थिए । सो अभियानलाई भारतीय जनताको समर्थन र सहभागितासहित सफल कार्यक्रमका रूपमा भारतभरि लिइने गरेको छ ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आज लैनचौरस्थित दूतावास परिसरमा नीलो रड्ढो फूल फुल्ने गुलमोहरको बिरुवा रोपेर वातावरण संरक्षण एवं संवद्र्धन अभियानमा ऐक्यबद्धता जनाए । दुर्ई दिने नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिस्री पनि यही साउन २७ गते दूतावास परिसरमा नीलो फुल्ने गुलमोहरको बिरुवा रोपेर सो अभियानमा सरिक भएका थिए ।

वातावरण संरक्षण तथा वातावरणीय दिगोपन प्रवद्र्धन गर्न भारतीय ‘डायस्पोरा’का सदस्य एवं भारत–नेपाल मैत्री सङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूले दूतावास परिसरमा बिरुवाहरू रोपी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका थिए ।

‘एक पेड माँ के नाम’ पहलसँगै नेपालस्थित भारतीय दूतावास, लैनचौरले आज विभिन्न जातका ७८ वटा बिरुवा दूतावास परिसरमा रोप्दै भारतको ७८औं स्वतन्त्रता दिवस मनाएको छ ।

Previous Post

२०८१ साउन ३२ गते शुक्रवारको प्रतीक दैनिक

Next Post

३८औं वर्ष प्रवेश

Next Post
हृदयहीनता

३८औं वर्ष प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.