• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home स्वान्त सुखाय

बौद्धिकता र प्राज्ञिक पत्रकारिता

प्रतीक दैनिक by प्रतीक दैनिक
September 18, 2020
in स्वान्त सुखाय
0 0
0
बौद्धिकता र प्राज्ञिक पत्रकारिता
0
SHARES
0
VIEWS
Share on Facebook


– सञ्जय मित्र
    आजभोलि कपि–पेस्ट पत्रकारिता फस्टाएको छ। अझ सामाजिक सञ्जालले नै पत्रकारिताको काम गरिरहेको छ। पत्रकारहरूको अब कामै छैन। अलिकति पनि मिहिनेत गर्नुपर्दैन अब पत्रकारलाई। कतै केही भयो कि तुरुन्त सामाजिक सञ्जालमा आइहाल्छ। त्यसैलाई अलिकति यताउति मिलायो र समाचार बनायो। उस्तै परे एकाधलाई फोन ग–यो र समाचार बनायो।
    पत्रकारिताको वास्तविकता हुँदै होइन यो। हो, धेरैले परिश्रम गर्न चाहँदैनन् र एउटा अनलाइनमा आएको समाचारलाई कपि गरेर आफ्नोमा पनि हाल्दछन्, लेखलाई समेत यसै गरी प्रकाशन गरेको पाइन्छ तर यसको अर्थ यो हुँदै होइन कि पत्रकारको कुनै कामै छैन। सबैले विज्ञप्तिकै भरमा पत्रकारितालाई धानेका छन्।
    पत्रकारिताको मेन स्ट्रिममा जुन किसिमको तँछाडमछाड रहेको छ, प्राज्ञिक पत्रकारितामा यस किसिमको लिगलिग दौड रहेको छैन। प्राज्ञिक पत्रकारिता भन्नुको अर्थ साहित्यिक पत्रकारिता हो र मेन स्ट्रिमको पत्रकारिताभित्र पनि दार्शनिक, साहित्यिक चिन्तन र खोजको पत्रकारिता हो। वास्तवमा मेन स्ट्रिमको पत्रकारितालाई पनि विचार गर्ने हो भने बजारमा ठूलो नाक देखाएर हिंड्नेको पत्रकारितामा गुदी कति रहेछ र बोक्रा कति रहेछ भन्ने कुरो स्पष्ट देखिन्छ। मेन स्ट्रिमको भनिने कतिपय पत्रकारिताको उदाहरणले त बौद्धिकता, दार्शनिकता तथा साहित्यिकताको महत्व अझै बुझेका छैनन्। हामी जे देख्छौं, त्यहीं लेख्छौं भन्दै पत्रकारितालाई समाजको ऐना भनी सतहको कुरा मात्रै गर्दछन्। ऐनाले बाहिरी सतह देखाउने हो, भित्री मर्म कहिल्यै प्रदर्शन गर्न सक्दैन। ऐनाले आफूलाई मात्र सोझो देखाउने हो, अरूको अनुहार देखाउन बाङ्गो हुनैपर्छ। बाङ्गो ऐनाले सही विम्ब कसरी देखाउन सक्छ ? यस कारण ऐनाले यथार्थसम्म देखाउन सक्दैन भन्ने कुरो बुझ्ने सामथ्र्य नभएको पत्रकारिताले नयाँ धारणा कसरी दिन सक्छ ? के ऐनाले नयाँ धारणा, विचार, भविष्यको मार्ग तथा अन्तर्मनको व्यथा प्रदर्शन गर्न सक्छ ? पत्रकारितामा प्राज्ञिक शून्यता बढी हुँदै गएको अवस्थालाई नै कुनै विद्वान्ले वर्तमान पत्रकारिता कपि–पेस्ट पत्रकारिता हो भनी बताएपछि त्यसैको कपि–पेस्ट विचार आउन थालेको हो। यहाँ विचारको कपि–पेस्ट पनि हो।


    देशमा ज्ञानविज्ञानको केन्द्र काठमाडौं हो भन्ने एउटा यथार्थ हो र थियो पनि। काठमाडौंबाहेक यस देशकै भूमिमा पत्रकारिता चुहाउने वीरगंज हो। वीरगंज मोफसलीय पत्रकारिताको जननी हो। इतिहासले यही खोल्दछ। अन्यत्रबाट के भयो, त्यो उसैले बुझोस् तर वीरगंजले त प्राज्ञिक पत्रकारिताको सुरुआत गरेको थियो। अहिले वीरगंजको प्राज्ञिक पत्रकारिता कस्तो छ ? कहाँ छ वीरगंजको पत्रकारिता ?
    यो प्रश्न होइन। उत्तरको खोजीको चाहना हो।
    वीरगंज गरिमा हो, गर्व हो। यहाँको प्राज्ञिक पत्रकारिता देशको धरोहर हो। र वर्तमान परिदृश्यमा विश्व प्राज्ञिक पत्रकारिताको लागि एउटा उदाहरणीय प्रयास हो तर आज करीब शून्यको अवस्थामा किन ? इतिहासमाथि किन लेउ लागेको छ ? लेउ पन्छाएर बौद्धिकताको बीउ उमार्ने पत्रकारिताका लागि वीरगंजको माटोलाई किन कङ्क्रिटले छोप्तै लगेको छ। कङ्क्रिटमा हार्दिकता हुँदैन, आत्मा हुँदैन। माटोमा प्रेम पनि हुन्छ। माटोमा सिर्जनात्मकता हुन्छ। आज वीरगंजले धान्नै नसक्ने हवाई साहित्यिक पत्रिका पनि निकाल्न नसक्ने हैसियतमा त छैन। देशको आर्थिक राजधानी हो। प्रदेशको वैकल्पिक राजनीतिक राजधानी हो अघोषित। देशको अर्थतन्त्रको मुटु छाम्ने वीरगंजले चेतनाको नयाँ दीपक बाल्ने, अँध्यारोलाई उज्यालो दिने र इतिहासको नवीन ढोका खोल्ने पत्रकारितामा पछाडि किन आफूलाई पछाडि पारेको होला ?
    वीरगंजले गर्न सक्छ भन्ने अपेक्षा हो। वीरगंजमा प्राज्ञिकता शून्य  पत्रकारिताको लामो इतिहास छ, इतिहासको पनि इतिहास छ, वर्तमान पनि कमजोर छैन भन्ने प्रमाणको खोजी हो।
    साहित्यिक पत्रकारितालाई सिर्जनात्मक पत्रकारिता र नयाँ पत्रकारिता भनिन्छ। साहित्यले भाषाको नेतृत्व गर्छ भन्ने मान्यतामा पनि आधारित हुनुपर्छ यी भनाइहरू।
    साहित्यिक पत्रिका निकाल्ने व्यक्तिले मास जर्नालिज्मजस्तो तात्क्षणिक चर्चा नपाउने र राजनीतिक तथा सामाजिक हाकिमहरूको नजरमा नपर्ने हुनाले मास मिडियातर्फ बढी आकर्षण देखिएको हो। अर्को कारण साहित्यिक पत्रकारिता आफैंमा रोजगार नहुनु पनि हो। यो रोजगार नहुनु वा यसलाई रोजगारबाट वञ्चित गराइनु हो, समीक्षाको सन्दर्भ हो। घटनामूलक र दैनिक सरोकारमूलकता यसको ठाडो विषय नहुँदा पनि समाजले यसलाई पछाडि पारेको हो। तर साहित्यिक पत्रकारितामा पछाडि परेको समाज भने उच्च बौद्धिक वा प्राज्ञिक क्षेत्रमा पछाडि पर्दै जाने, त्यहाँ खोजमूलकता कम हुँदै जाने र त्यागको भावना पनि कम हुँदै जाने हुन्छ। समर्पणको अभाव पनि बिस्तारै नदेखिएला भन्न सकिन्न।
    साहित्यिक पत्रकारिता नयाँ पत्रकारिता हो। साहित्यले नयाँ सोच ल्याउने र त्यसको चर्चा गर्ने काम साहित्यिक पत्रकारिताले गर्दछ। यसै साहित्यिक पत्रकारितालाई ‘पपुलर लिटरेरी’ पनि भनिन्छ। हो, जसले कृति प्रकाशन गर्न सक्दैन वा जसको कृति प्रकाशन हुँदैन, उनलाई समाजमा परिचय स्थापित गराउने र साहित्यको क्षेत्रमा चिनाउने काम यस प्रकारको पत्रकारिताले गरेको हुन्छ। उच्च बौद्धिक क्षेत्रमा सिर्जनामार्फत् चिनाउने पत्रकारिता नै यही बौद्धिक साहित्यिक पत्रकारिता भएकोले यसको विकास हुनु आवश्यक छ। आजका धेरै प्रख्यात साहित्यकारहरूको कृति प्रकाशित हुनुभन्दा पहिले सबैभन्दा पहिलो रचना कुनै पत्रिकामा नै प्रकाशित भएको थियो।
    साहित्यिक पत्रिकाको स्वरूप हवाई नै किन नहोओस् तर यसलाई सितिमिति कसैले फालिहाल्दैन। रचनाको स्वादका लागि पनि धेरैले पछिसम्म जोगाएर राख्दछन्। यसैले पनि यसलाई पपुलर लिटरेरी भनिएको हुनुपर्छ। अझ नवसर्जकका लागि त यो पपुलारिटी कमाउने र उत्साह बढाउने साधन हुन्छ। पहिलो औपचारिक कृति प्रकाशन हुँदा जति खुशी हुन्छ, त्यसभन्दा पनि धेरै खुशी कसैको पहिलो रचना कुनै प्रचलित साहित्यिक पत्रिकामा प्रकाशन हुँदा हुन्छ। फेरि प्राज्ञिक क्षेत्रमा साहित्यिक पत्रिका आफैंमा आफ्नो रचनाको स्तरको परीक्षण पनि हो। सिर्जनाको मोड थाहा पाउने नयाँ मार्ग पनि हो।
    वीरगंजले जति गरेको छ, त्यो अब बिस्तारै विस्मृतिको कङ्क्रिटले छोपिंदै लगेको छ। कसले गरे, के वा के के गरे ? भन्ने खोज्ने वा बताउनेहरूको पनि अभाव हुन थालेको छ। वीरगंजको प्राज्ञिकता अब बाहिरबाट देखाउनुपर्ने अवस्था आउँदैछ। वीरगंजभन्दा निकै पछि प्राज्ञिक पत्रकारितामा पाइला टेकेका नजीकका शहरहरू हेटौंडा, भरतपुर, जनकपुरको वर्तमानसित वीरगंजको तुलना गर्न सकिन्छ ?
    इतिहासमा वीरगंजले निकालेका साहित्यिक पत्रिकाहरूको इतिहासको उत्खनन एउटा पाटो हो तर वर्तमानमा वीरगंजको साहित्यिक अनुहार कुन पत्रिकामा देखिन्छ भनेर कसैले प्रश्न गर्दा सजिलैसित भन्ने सम्भावित उत्तर हुन सक्छ– तराईका जिल्लामध्ये पूर्व–पश्चिम राजमार्गलाई नछुने जिल्ला कुन हो ? हो, सम्भवतः तराईका जिल्लामध्ये साहित्यिक पत्रिका प्रकाशन नहुने जिल्लाको खोजी सामान्यज्ञानको राजमार्गको प्रश्नजस्तै नबनोस्।
    पर्सा र मुख्य गरी वीरगंजमा रहेका प्राज्ञिक व्यक्तित्वहरूले यस प्रकारको माहोल कम्तीमा बनाइदिनुपरेको छ कि जसले वर्षमा कम्तीमा चार अङ्क पत्रिका निकाल्न सकोस्। साहित्यिक पत्रकारिताको क्षेत्रमा वीरगंजको पहिचान बन्न सकोस्। जीवनका धेरै क्षेत्रमा वीरगंज धेरै अगाडि छ तर वीरगंजको साहित्यिक पत्रकारिताको अङ्ग बिस्तारै कमजोर हुन थालेको छ।
    आधुनिक पत्रकारिताका सबै क्षेत्रमा वीरगंज अगाडि रहेको छ। सबै पत्रकारितामा वीरगंजको ठूलो सम्मान छ। यो सम्मान वीरगंजले आफ्नो परिश्रमले आर्जन गरेको हो। यसका लागि धेरै सङ्घर्ष गरेको छ वीरगंजले। प्राज्ञिक पत्रकारिता भनेर चिनिने साहित्यिक पत्रकारिताको उज्यालो विगतलाई वीरगंजले निकट भविष्यमा फेरि पनि पछ्याउने अपेक्षा गर्न सकिन्छ।

Previous Post

कोरोना संस्कृति

Next Post

विश्व ट्रम्पकै पथमा

Next Post

विश्व ट्रम्पकै पथमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.