• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

बैंक पूर्ण सञ्चालनमा प्रशासनको असहयोग, गेटमा आएका ग्राहकलाई सेवा दिंदै वीरगंजका बैंकहरू

प्रतीक दैनिक by प्रतीक दैनिक
September 8, 2020
in प्रमुख समाचार
0 0
0
बैंक पूर्ण सञ्चालनमा प्रशासनको असहयोग, गेटमा आएका ग्राहकलाई सेवा दिंदै वीरगंजका बैंकहरू
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, वीरगंज, २३ भदौ/
    वीरगंजका बैंकहरू पूर्ण सञ्चालनमा स्थानीय प्रशासनले सहयोग नगरेको आरोप लागेको छ।
    जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंजका ‘क’वर्गका २७ वटा बैंकका शाखालाई सञ्चालन गर्न सहज वातावरण बनाउन सहयोग नगरेको बैंकका कर्मचारीहरूले बताए।
     “प्रशासनले बैंक नखोल्न भनेको छ, तर पनि गेटमा आएका ग्राहकहरूलाई हामीले फिर्ता पठाएका छैनौं,” बैंकर एशोसिएशन अफ वीरगंजका एकजना सदस्यले भने, “अवस्था त्रासपूर्ण छ, तर पनि प्रशासनको निर्देशन अटेर गरेर अति आवश्यक सेवा जारी राखेका छौं।”
    सेवाग्राही बैंकको लागि भगवान् भएको चर्चा गर्दै उनले सेवाग्राहीको पीरमर्का बुझिदिने र उसले राखेको रकम आवश्यकता परेको समयमा झिक्न दिइएन भने उसको मानव अधिकार र बैंक सेवाको मर्मविपरीत हुने भएकोले वीरगंजका अधिकांश बैंकले बिहान १० देखि दिउँसो २ बजेसम्म आंशिक सेवा दिइरहेको बताए।
    २७ वटा बैंकका शाखामध्ये ५० प्रतिशत शाखा दैनिकरूपमा खुलिरहेको छ भने अन्य ५० प्रतिशत बैंकले आलोपालो गरेर सेवा उपलब्ध गराइरहेको बैंकका एकजना प्रबन्धकले बताए। वीरगंजका एक सरकारी बैंकका प्रबन्धकले भने, “वीरगंजका विभिन्न बैंकमा कोरोना छिरिसकेको छ, दुर्ई दर्जनभन्दा बढी बैंकका कर्मचारी सङ्क्रमित भइसक्दा पनि हामीले सेवा बन्द गरेका छैनौं। प्रशासनले बैंकको गेटमा सुरक्षा व्यवस्था मिलाउनुपर्ने तथा कर्मचारीको आवागमन एवं उनीहरूको स्वास्थ्य परीक्षणको लागि नीतिगत प्रतिबद्धता भएको खण्डमा बैंकका कर्मचारीको मनोबल उच्च हुन्थ्यो र बैंकले सहजरूपमा सेवा दिन सक्थ्यो।”
    अहिले कतिपय बैंकका सवारीसाधनलाई रकम वा कर्मचारी लिन जाँदा प्रहरीले ठाउँ–ठाउँमा रोकेर हैरान गर्ने गरेको उनले बताए। प्रशासनले भदौ २५ गतेसम्म लगाएको पाँचौं चरणको निषेधाज्ञाले वीरगंजको आर्थिक अवस्था जर्जर बनेको छ। उद्योग–व्यापार चौपट भएको छ भने आर्थिक गतिविधिको मुख्य कडी अर्थात् बैंकिङ सेवा पनि प्रभावित हुँदा पर्सा, बारा, रौतहटका ग्राहक मर्कामा परेका छन्।
यी बैंकमा भेटियो कोरोना सङ्क्रमण
    वीरगंजमा कोरोना समुदायस्तरमा फैलिए पनि अहिले नियन्त्रणको अवस्थामा आइपुगेको छ। अहिले सङ्क्रमण दर कम छ। तर पनि वीरगंजका बैंकहरूमा कोरोना सङ्क्रमित भेटिने क्रम बढ्दै गएको छ।
    वीरगंजका विभिन्न बैंकमा गरी करीब ३ दर्जन कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ। नबिल बैंक श्रीपुर शाखामा ११ जनामध्ये ९ जनामा र आदर्शनगर शाखामा ३३ जनामध्ये १५ जना गरी बैंकका प्रबन्धक नितिन नन्दवानासहित २४ जना सङ्क्रमित भएका छन्।
    यसअघि, ग्लोबल आइएमई बैंकका ३ जना, एनआइबिएलका २ जना, एभरेस्टका १ जना, एसबिआईका २ जना, प्रभु बैंकका १ जनामा कोरोना सङ्क्रमण भेटिएको बैंकर एशोसिएशन अफ वीरगंजले जनाएको छ।

Previous Post

परल मूल्यमा मल पाएपछि किसानहरू खुशी

Next Post

२०७७ भदौ २४ गते बुधवारको प्रतीक दैनिक

Next Post

२०७७ भदौ २४ गते बुधवारको प्रतीक दैनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.