• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

बैंकिङ सेवा बन्द हुँदा ग्रामीण क्षेत्रका सेवाग्राहीलाई मर्का

प्रतीक दैनिक by प्रतीक दैनिक
August 11, 2020
in स्थानीय
0 0
0
बैंकिङ सेवा बन्द हुँदा ग्रामीण क्षेत्रका सेवाग्राहीलाई मर्का
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, पंचगावाँ, २७ साउन/
निषेधाज्ञामा बैंकले सेवा बन्द गरेपछि ग्रामीण क्षेत्रका सेवाग्राही समस्यामा परेका छन् ।
चैत ११ गतेदेखि असार मसान्तसम्मको लकडाउनमा बैंक सञ्चालन भएको थियो । तर निषेधाज्ञाको १७ दिन बितिसक्दा पनि बैंक सञ्चालनमा नआएपछि स्थानीय सेवाग्राहीहरूलाई समस्या भएको हो । लकडाउन र निषेधाज्ञाको कारण बैंकमा नगद राखेर ढुक्क भएका सेवाग्राहीहरू अहिले नगद झिक्न नपाएर समस्या बेहोर्दै छन् ।
वीरगंज केन्द्रित बैंक पछिल्लो चरणमा स्थानीय तह गठनपछि गाउँ–गाउँमा सेवा विस्तार गर्दै शाखा खोलिरहेका छन् । वीरगंजका बैंकसँग कारोबार गर्नेहरू ग्रामीण क्षेत्रका बासिन्दा ग्रामीण भेगमा बैंक सञ्चालन भएपछि खुशी भएका थिए । तर अहिले निषेधाज्ञामा १७ दिनसम्म बैंक बन्द गरिएपछि यहाँका मानिसहरूमा बैंकप्रतिको विश्वास डगमगाएको छ ।
प्रतिस्पर्धामा सन्ध्याकालीन र ३६५ दिन सेवा दिने विश्वास दिलाएका बैंकहरूले अहिले निषेधाज्ञामा कोरोनाको कारण देखाएर सेवा बन्द गरेपछि स्थानीय सेवाग्राही रिसाएका छन् । कर्मचारी, किसान, ज्येष्ठ नागरिक, व्यवसायीहरू बैंकमा सञ्चित रकम झिक्न नपाएर रिसाएका हुन् । साउन १९ गतेदेखि निषेधाज्ञा शुरू भएपछि बैंकले सेवा बन्द गरेको हो । कोरोना सङ्क्रमण समुदायस्तरमा पैmलिएसँगै वीरगंज महानगरपालिकामा साउन १० गतेदेखि निषेधाज्ञा लागेपछि ग्रामीण क्षेत्रमा कार्यरत बैंकर्सहरूले सेवा कमजोर पारेका थिए । साउन १९ गतेदेखि जिल्लाभरि निषेधाज्ञा लागेपछि उनीहरूले पूर्णरूपमा सेवा बन्द गरेका छन् ।
बैंकर्स एशोसिएशसनले भदौ १ गतेदेखि मात्र नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै स्वास्थ्य सुरक्षा जोखिम नहुने गरी थोरै कर्मचारीको प्रयोगमा आलोपालो सेवा दिने निर्णय गरेको छ । सम्भवतः ग्रामीण क्षेत्रमा सञ्चालित बैंकहरूले पनि सोही अनुसार गर्ने मनसाय बनाएका छन् । पटेर्वासुगौली गाउँपालिकाका किराना व्यवसायी कन्हैया यादवले बैंक सेवा बन्द हुँदा समस्या भएको बताए । उनले नगद कारोबारका लागि बैंक सेवामा भर परेर सबै रकम जम्मा गरेको तर अहिले आवश्यकता पर्दा झिक्न नसकेर समस्यामा परेको बताए ।
बैंकहरूले भदौ १ गतेसम्मका लागि सेवा बन्द गरेपनि ई–बैंकिङ सेवा चालू नै राखेको बैंकर्स एशोसिएशन पर्साका अध्यक्ष रोशनभक्त श्रेष्ठ बताउँछन् । तर वीरगंज महानगरपालिकामैं ई–बैंकिङ सेवा विशेषगरी व्यापारी, दैनिक बैंकिङ कारोबारमा संलग्न हुनेहरूले मात्र प्रयोग गर्दै आएकोमा ग्रामीण क्षेत्रमा यसको प्रयोग शून्य प्रायः छ । एटिएम सेवाकै प्रयोग यहाँ निकै कम छ । धेरै ग्रामीण सेवाग्राहीले यसको प्रयोग गरेका छैनन् । सबै स्थानीय तहमा खुलेका बैंकहरूमा यो सेवा पनि छैन । जीराभवानी, पोखरिया, पर्सागढीमा मात्र एटिएम सेवा छ । तर प्रयोग निकै कम छ ।
बैंक बन्द हुँदा दैनिक खर्च चलाउन र औषधिमूलो गर्न पनि अन्यसँग सापटी लिनुपरेको सखुवाप्रसौनी–३ का ललिता देवीको भनाइ छ । ज्येष्ठ नागरिक ललिता देवीले बैंकमा रहेको रकम सुरक्षित हुन्छ भनेर ननिकालेको तर अहिले खर्च टार्नका लागि निकाल्न खोज्दा बैंक सेवा बन्द भएकोले समस्यामा परेको बताइन् ।
सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवले स्थानीयको गुनासो सुनवाइ गर्दै पालिकाभित्र पर्ने बैंकका प्रमुखलाई फोन गरेर खुलाउने आश्वासन दिएका छन् । उनले स्वास्थ्य र सुरक्षाका सबै विधि अपनाएर पनि दैनिक दुई घण्टा भएपनि सेवा दिन आग्रह गरेको बताए । बैंकमा नगद जम्मा गरेका सबैजनाले गुनासो पोखेपछि आपूmले पहल गरेको उनले बताए । यस्तै कठिन बेलामा सेवा दिन नसके बैंकप्रतिको विश्वास कम हुने उनको भनाइ छ ।

Previous Post

सङ्क्रमित स्वास्थ्यकर्मी स्वस्थ भएपनि सेवा सुचारु भएन

Next Post

वीरगंज भन्सार र ड्राइपोर्टमा आलोपालो सामान जाँचपास हुँदै

Next Post

वीरगंज भन्सार र ड्राइपोर्टमा आलोपालो सामान जाँचपास हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.