• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
16 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार

बसन्तपुरवासी भैंसीपालनबाट आत्मनिर्भर

प्रतीक दैनिक by प्रतीक दैनिक
August 13, 2020
in समाचार, स्थानीय
0 0
0
बसन्तपुरवासी भैंसीपालनबाट आत्मनिर्भर
0
SHARES
2
VIEWS
Share on Facebook

प्रस, सेढवा, २८ साउन/
जीराभवानी गाउँपालिका–२ बसन्तपुरटोलको असी प्रतिशत बासिन्दा भैंसीपालनमा लागेका छन् ।

७० घरधुरी रहेको बसन्तपुरमा थारू समुदायको बाहुल्यता छ । उनीहरू अहिले भैंसीपालनबाटै आत्मनिर्भर भएका छन् । थारूबाहेक १० प्रतिशत अन्य जातका मानिसको बसोवास छ । बसन्तपुरका अधिकांश मानिसको आप्mनो जग्गा छैन । उनीहरू आर्थिकरूपमा अक्षम थिए ।

अधिकांश मानिसले अरूको खेतबारीमा ज्याला मजदूरी गरेर गुजारा चलाउने गरेका थिए । तर उनीहरूले भैंसीपालन गरेपछि आर्थिक अवस्थामा सुधार हुँदै आयो ।
पहिले बसन्तपुरका दुईजनाले भैंसीपालन शुरू गरेका थिए । उनीहरूको अवस्था क्रमिकरूपमा सुधारोन्मुख भएपछि अन्यले पनि देखासिकी गर्दै भैंसीपालन गर्न थालेपछि सबैको अवस्थामा अहिले सुधार आएको स्थानीय साहुन बछार बताउँछन् । भैंसीपालन गर्नेहरूले दूध, दही बिक्री गरेर मनग्य आम्दानी गरिरहेको बछारले बताए ।

बसन्तपुरटोल आसपास पर्ती जमीन पर्याप्त मात्रामा छ । भैंसीको लागि चरन क्षेत्र यही पर्ती जमीन भएको छ । यसको साथै एक किलोमिटर उत्तरमा राष्ट्रिय वन क्षेत्र भैंसीका लागि थप चरन क्षेत्र भएको छ । एउटा घरमा कम्तीमा दुईवटा दुहुना भैंसी छन् भने बढीमा दशवटासम्म दुहुना भैंसी छन् ।

भैंसीले बच्चा जन्माएपछि नौ महीनासम्म दूध दिन्छ र दूध बिक्री गरेर परिवार पाल्न सजिलो भएको स्थानीय बालेश्वर थारू बताउँछन् । उनले दूध बेचेर परिवारको पालनपोषण गर्ने गरेको र खेतबारीको उत्पादन धान, गहुँ एकमुस्ट बिक्री गरेर बचत गर्ने गरेकोले अहिले जीवन सहज बनेको बताए । भैंसीले पाडा जन्माए एक/डेढ वर्षमा २५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको थारू बताउँछन् ।

बसन्तपुरबाट अहिले दैनिक एक हजार लिटर दूध उत्पादन हुने गरेको छ । कतिपय मानिसले दूध बिक्री गर्छन् भने कतिपयले दही बनाएर बिक्री गर्छन् । चाडबाड शुरू भएपछि दूध खरीद गर्न अन्य टोलका मानिसहरू टोलमैं आउने गर्छन् भने अन्य समयमा दूध, दही घुमाएर बिक्री गर्ने गरेको स्थानीय भैंसीपालक चन्दादेवी थरुनीले बताइन् । उनले बढी दूध होटल र डेरीमा पनि बिक्री गर्ने गरेको जानकारी गराइन ।

स्थानीय तहबाट भैंसीपालनका लागि अहिलेसम्म सहयोग नपाएको उनको गुनासो छ । पशु सेवा केन्द्रले जुका र ताकतको औषधि सिफारिशको आधारमा वितरण गर्ने गरेको उनको आरोप छ ।

Previous Post

नेता समानीद्वारा घरमैं धर्नामा

Next Post

सिराहामा जिल्ला प्रशासनको सेवा बन्द

Next Post

सिराहामा जिल्ला प्रशासनको सेवा बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.