ढाका, १३ जेठ/एएफपी
बङ्गलादेशको सर्वोच्च अदालतले मङ्गलवार देशको प्रमुख इस्लामी पार्टी जमात–ए–इस्लामीका वरिष्ठ नेता एटिएम अजहरूल इस्लामलाई मानवीय अपराधको मुद्दामा दिइएको मृत्युदण्ड रद्द गर्दै रिहा गर्ने निर्णय सुनाएको छ । उनी सन् २०१२ देखि हिरासतमा थिए ।
इस्लामसहित पाँच वरिष्ठ नेताहरूलाई विगतमा दोषी ठहर गरिएको थियो, तीमध्ये चार जमात–ए–इस्लामीका र एक प्रमुख बङ्गलादेश राष्ट्रिय पार्टी (बिएनपी) का थिए ।
उनका वकिल शिशिर मोनिरले निर्णयप्रति सन्तुष्टि व्यक्त गर्दै भने–“उहाँलाई न्याय प्राप्त भएको र बाँकी अन्य अभियुक्तहरूको मुद्दामा पनि पुनरवलोकन आवश्यक छ ।”
इस्लामलाई सन् २०१४ मा १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा लगाइएका आरोपहरूमा दोषी ठहर गर्दै मृत्युदण्ड दिइएको थियो । जमात–ए–इस्लामीले सो युद्धमा पाकिस्तानलाई समर्थन गरेको थियो, जसले बङ्गलादेशी इतिहासमा गहिरो प्रभाव पारेको छ ।
वर्तमान अन्तरिम सरकारले आगामी चुनाव जून सन् २०२६ भित्र सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ भने राजनीतिक दलहरूसमेत चुनावको तयारीमा जुटेका छन् । रासस

