• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
23 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार अंतरराष्ट्रीय

पुटिन आगोसँग खेलिरहनुभएको छ –ट्रम्प

प्रतीक दैनिक by प्रतीक दैनिक
June 6, 2025
in अंतरराष्ट्रीय, गृहपृष्ठ
0 0
0
0
SHARES
2
VIEWS
Share on Facebook

वाशिङ्टन, १४ जेठ/एएफपी

वाशिङ्टनले युक्रेन युद्धलाई लिएर मस्कोविरुद्ध नयाँ प्रतिबन्धबारे विचार गरिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार रूसी भ्लादिमिर पुटिनलाई ’आगोसँग खेलिरहनुभएको’ चेतावनी दिएका छन् ।

ट्रम्पको यो पछिल्लो आक्रमणले युद्धविराम वार्ताहरू ठप्प भएकोमा उनको निराशा देखाएको छ र यो टिप्पणी युक्रेनमा ठूलो ड्रोन आक्रमणपछि उनले पुटिनलाई ‘पूर्णरूपमा पागल’ भनेको दुई दिनपछि आएको हो ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्ने मस्कोले आफ्ना नागरिकमाथि बढ्दो युक्रेनी आक्रमणको जवाफ दिंदै कीभले शान्ति प्रयास अवरोध गर्ने प्रयास गरेको आरोप लगाएको छ ।

हालैका हप्ताहरूमा युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास तीव्र भएका छन् र पुटिनमाथि शान्ति वार्ता अवरुद्ध गरेको आरोप लगाइएको छ ।

“भ्लादिमिर पुटिनलाई के थाहा छैन भने यदि म नभएको भए, रूसमा धेरै नराम्रा कुराहरू भइसकेका हुन्थे र मेरो मतलब साँच्चै नराम्रो हो । उहाँ आगोसँग खेलिरहनुभएको छ”–ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा भनेका छन् ।

ट्रम्पले ती ‘साँच्चै नराम्रा’ कुराहरू के थिए भनेर स्पष्ट पारेनन् । तर वाल स्ट्रीट जर्नल र सिएनएन दुवैले ट्रम्पले अब यै हप्ता नयाँ प्रतिबन्धहरू बारे विचार गरिरहेको बताएका छन् । ट्रम्पले आइतवार पत्रकारहरूलाई पूर्ण रूपमा यस्तो कदम निर्धारण गरिरहेको बताए ।

उत्तेजक ह्वाइट हाउसले ट्रम्पले सबै विकल्प खुला राखेको बताएको छ । “यो युद्ध जो बाइडेनको गल्ती हो र राष्ट्रपति ट्रम्प वार्ताको शान्ति सम्झौता हेर्न चाहेकोमा स्पष्ट हुनुहुन्छ । राष्ट्रपति ट्रम्पले बुद्धिमानीपूर्वक सबै विकल्पहरू टेबलमा राख्नुभएको छ”–प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले भनिन् ।

ट्रम्पका डेमोक्रेटिक पूर्ववर्ती बाइडेनले रूसको आक्रमणपछि व्यापक प्रतिबन्धहरू लगाएका थिए । ट्रम्पले अहिलेसम्म रूसी बैंकहरूमाथि आफूले भने अनुसार विनाशकारी प्रतिबन्ध लगाउन सक्ने कुरालाई बेवास्ता गरेका छन् ।

तर ट्रम्पका हालका फटकारहरूले पुटिनप्रति उनको पहिलेको मनोवृत्तिमा तीव्र परिवर्तन देखाएको छ । ट्रम्प प्रायः पुटिनबारे प्रशंसाका शब्द बोल्छन् ।

आफूले २४ घण्टाभित्र समाधान गर्न सक्छु भनेको युद्ध अन्त्य गर्न असफल भएकोमा उनको निराशा सप्ताहान्तमा रूसको ड्रोन आक्रमणले कम्तीमा १३ जनाको ज्यान लिएपछि गहिरिएको हो ।

“रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मेरो सधैं राम्रो सम्बन्ध रहेको छ तर उहाँलाई केही भएको छ । उहाँ पूर्णरूपले पागल हुनुभएको छ”–ट्रम्पले पोस्ट गरेका छन् । पुटिन तुरुन्तै वार्ता शुरू गर्न सहमत भएको भन्दै ट्रम्पले आठ दिन अघि फोन गरे पनि रूसले आक्रमण जारी राखेको छ । मस्कोले मङ्गलवार ट्रम्पको टिप्पणीमा प्रतिक्रिया दिएन, तर यसले पहिले गतिरोधका लागि युक्रेनलाई दोष दिन खोज्यो ।

“कीभले केही युरोपेली देशको समर्थनमा रूसले शुरू गरेको वार्ता विफल पार्न शृङ्खलाबद्ध उत्तेजक कदम चालेको छ”–रूसी रक्षा मन्त्रालयले भन्यो ।

युक्रेनी ड्रोन हमलामा महिला र बालबालिकासहित नागरिकहरू घाइते भएका छन् । रूसी हवाई सुरक्षाले मे २० देखि २७ को बीचमा २,३३१ युक्रेनी ड्रोन नष्ट गरेको छ । रासस

Previous Post

गलेश्वर आश्रमको शतवार्षिकी समारोह सम्पन्न

Next Post

पछिल्लो कठिन परीक्षणमा स्टारशिप मेगारकेट हिन्द महासागरमा विस्फोट

Next Post
पछिल्लो कठिन परीक्षणमा स्टारशिप मेगारकेट हिन्द महासागरमा विस्फोट

पछिल्लो कठिन परीक्षणमा स्टारशिप मेगारकेट हिन्द महासागरमा विस्फोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.