प्रस, परवानीपुर, ९ जेठ/
वीरगंज–२१ पटेलनगरमा जारी पटेलनगर प्रिमियर लिगको फाइनलमा पटेलनगर बोल्ट्स र पटेलनगर सुपरकिङ्ग भिड्ने भएका छन् ।
शुक्रवार बिहान भएको पहिलो सेमिफाइनल खेलमा पटेलनगर बोल्ट्सले पटेलनगर वारियर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । यसैगरी, अपराह्न भएको दोस्रो सेमिफाइनल खेलमा पटेलनगर वारियर्सलाई पराजित गर्दै पटेलनगर सुपरकिङ्ग फाइनलमा पुगेको हो । यस अघि अङ्कतालिकमा पटेलनगर बोल्ट्स र पटेलनगर वारियर्स तीनवटा लिग चरणको खेलमा उत्कृष्ट एक र दुई स्थानमा थिए । तसर्थ पटेलनगर वारियर्सले दुईवटा सेमिफाइनल खेल खेल्ने अवसर पायो । तर पनि फाइनलमा पुग्न सकेन । हिजो साँझ द एभेन्जर्स अफ पटेनलगनरलाई हराउँदै पटेलनगर सुपरकिङ्गले दोस्रो सेमिफाइनलमा आएको थियो । बिहीवार साँझको खेलमा पटेनलगर सुपरकिङ्गका पिन्टु पटेल उत्कृष्ट खेलाडी घोषित भए भने शुक्रवार बिहानको पहिलो सेमिफाइनल खेलमा पटेलनगर बोल्ट्सका कप्तान अर्जुन पटेल उत्कृष्ट खेलाडी घोषित भए ।
त्यसैगरी, आज अपराह्न सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सुपरकिङ्गका पिन्टु पटेल नै उत्कृष्ट खेलाडी घोषित भए । भोलि शनिवार दिउँसो ३ बजेदेखि प्रतियोगिताको फाइनल खेल हुने तालिका रहेको आयोजक पिपिएल आयोजक समितिले जनाएको छ ।


