कानूनी आवाज, आवाज परिवर्तनका लागि र आवाज न्यायका लागि अभियान अन्तर्गत वीरगंज महानगरपालिकाको साउथजोन माविका विद्यार्थीहरूलाई जानकारी गराउन वीरगंजमा पानीको सङ्कटबारे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरूसँग कार्यक्रमको माध्यमबाट वीरगंज क्षेत्रमा बढ्दो पानी अभाव, भू–जलको दुरुपयोग र वातावरणीय असन्तुलनका कारणहरूबारे जानकारी गराउनुका साथै, दैनिक जीवनमा पानीको दिगो प्रयोग र संरक्षणका उपायहरूबारे पनि चर्चा गरिएको थियो ।
कार्यक्रमका स्रोतव्यक्तिहरू जय गुप्ता, रोशन यादव, विकाश यादव र राजनन्दनी साहले कानूनी चेतना, जिम्मेवारी र नागरिक सरोकारका विषयमा विद्यार्थीहरूलाई अभिव्यक्ति दिएका थिए ।


