प्रस, वीरगंज, १० जेठ/
पर्सा मिलन केन्द्र, काठमाडौंको अध्यक्षमा गोविन्द नेपाल सर्वसम्मत निर्वाचित भएका छन् ।
पर्सा मिलन केन्द्रको कार्यालयमा शनिवार सम्पन्न २०औं साधारणसभाबाट नेपाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको केन्द्रका सदस्य प्रवीण मानन्धरले बताए । नेपालसँगै गत कार्यसमितिका पदाधिकारीहरू पनि सर्वसम्मत निर्वाचित भएका छन् ।
प्रथम उपाध्यक्ष अमु सिंह सिजापति, उपाध्यक्ष अताउल अन्सारी, महासचिव ललनप्रसाद साह, कोषाध्यक्ष प्रदीप कुशवाहा, सचिव किरण गुप्ता, प्रचार सचिव राजबली कुशवाहा, सहसचिव सविता राजकर्णिकारलगायत सदस्यहरू सर्वसम्मत निर्वाचित भएको मानन्धरले बताए ।
आज भएको साधारणसभामा अध्यक्ष नेपालबाहेक सबै पदाधिकारी सदस्य भने गत कार्यसमितिकै भएको मानन्धरले जानकारी गराए । पर्सा मिलन केन्द्रको २०औं साधारणसभा निवर्तमान अध्यक्ष उमेश गुप्ता रौनियारको अध्यक्षतामा भएको थियो ।


