• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
21 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

पर्सागढी नपाको असहयोग आयोगले कर्मचारी फिर्ता बोलायो

प्रतीक दैनिक by प्रतीक दैनिक
May 28, 2025
in गृहपृष्ठ, स्थानीय
0 0
0
पर्सागढी नपाको असहयोग आयोगले कर्मचारी फिर्ता बोलायो
0
SHARES
0
VIEWS
Share on Facebook

नरेश यादव, पर्सागढी, १३ जेठ/

भूमि समस्या समाधान आयोग पर्साको मङ्गलवार बसेको बैठकले पर्सागढी नगरपालिकामा खटेका १३ जना कर्मचारीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आयोगले सो पालिकामा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरणका लागि नौजना अमीन र चारजना सर्वेक्षक गरी १३ जनालाई एक महीनादेखि परिचालन गरेको थियो । तर नपाले सुकुमबासी, भूमिहीन र अव्यवस्थित बसोबासीहरूको प्रमाणीकरण नगरेको कारण १३ जना कर्मचारीलाई फिर्ता बोलाउने निर्णय गरिएको भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले बताए ।

उनले पर्सा जिल्लाका १४ पालिकामध्ये वीरगंज महानगरपालिका, पर्सागढी नपा, ठोरी र सखुवाप्रसौनी गापा गरी चारवटा पालिकाले मात्र सुकुमबासी, भूमिहीन र अव्यवस्थित बसोबासीहरूको तथ्याङ्क दर्ता गराएको र १० वटा पालिकाहरूले दर्ता नगरेको बताए । दर्ता गरिएका चारवटा पालिकामध्ये पर्सागढी नपा–२ र ९ मा अस्थायी बसोबासीको निस्सा वितरण गरिएको उनले बताए । उनले दुई वडामा ३९५ जनालाई निस्सा वितरण गरिएको र उनीहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जाका लागि जग्गा नापजाँचलगायतका कामका लागि अमीन, सर्वेक्षकको टोली परिचालन गरिएकोमा नपाले सहजीकरण नगर्दा समस्या भएको बताए । उनले नपाले पालिकाको बैठक गरेर सुकुमबासी, भूमिहीन र अव्यवस्थित बसोबासीहरू प्रमाणित गर्नुपर्नेमा सो नगरिएको कारण काम अघि बढ्न नसकेकोले त्यहाँ खटिएका कर्मचारीहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको बताए । उनले आयोगको कार्यालयमा आज सदस्य–सचिव राकेश झा, नापी अमीन राजकुमार विश्वकर्मा, रामप्रमोद ठाकुर, राजेन्द्र खड्गीलगायतको उपस्थितिमा छलफल गरेर सो निर्णय भएको बताए ।

पर्सा जिल्लामा २०४७ सालमा गठित तत्कालीन सुकुमबासी समस्या समाधान आयोगदेखि हालसम्म भूमि समस्या समाधान आयोग गरी १९औं संस्करणको आयोग गठन भएको छ तर अहिलेसम्म एकजनाले पनि जग्गाधनी दर्ता प्रमाणपुर्जा भने पाउन सकेका छैनन् । पछिल्लोपटक आयोगले जिल्लाको पर्सागढीमा ३९५ जनालाई निस्सा प्रमाण वितरण गरेर अमीन, सर्वेक्षक खटाएर जग्गा दर्ता पुर्जा वितरणको प्रयास गर्दा धेरैमा आशा पलाएको थियो । तर अहिले पालिकाले यस काममा सहजीकरण नगरेर प्रमाणीकरण नगर्दा त्यो आशा निराशामा परिणत भएको छ । आयोग पर्साका अध्यक्ष अहमदले नपाले तदारूकता देखाएको खण्डमा पुनः कर्मचारी परिचालन गरिने बताए । उनले नपाको असहयोगका कारण कर्मचारीलाई बोलाइएको र उनीहरूलाई अन्यत्र परिचालन गरिएको बताए ।

Previous Post

अर्थतन्त्रको अवस्था चिन्ताजनक

Next Post

प्रधानाध्यापक सङ्घ पुनर्गठन

Next Post
प्रधानाध्यापक सङ्घ पुनर्गठन

प्रधानाध्यापक सङ्घ पुनर्गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.