• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home कुरोको चुरो

पर्यटक प–यो ट्वाँ

प्रतीक दैनिक by प्रतीक दैनिक
August 5, 2021
in कुरोको चुरो, वाटिका, स्थानीय
0 0
0
पर्यटक प–यो ट्वाँ
0
SHARES
0
VIEWS
Share on Facebook

– मुकुन्द आचार्य
    हाम्रो सुन्दर शान्त विशाल नेपाललाई हेर्न भनी बर्सेनि थुप्रै पर्यटक यहाँ आउँछन्, दाल, भातलाई नेपालको राष्ट्रिय खाना भनी खान्छन् अनि केही दिनमैं वाक्क भएर फर्कन्छन्।
    यौटा हाम्रो पक्षमा राम्रो कुरो चैं के छ भने कुनै पनि घुमन्तेले ‘तेरो देश त नराम्रो’ कुनै देशवासीलाई पनि भन्दैन। अनि नेपाललाई पनि त्यसरी मुखै फोरेर किन कसैले हाम्रोसामु नराम्रो भनोस् !!
    विदेशी घुमुवाले हाम्रो देशलाई ‘राम्रो’ भन्यो भनेर हामी बेमतलबमा मख्ख पर्छौं। उता, त्यो घुमुवाले भन्ठान्छ, नेपालीहरू साँच्चिकै सोझा मूर्ख रै‘छन्, जे भने नि पत्याउने !
    यस्तै केही वर्षअघिको घटना हो, पश्चिमा देशका कुनै घुमन्तेले हाम्रो नेपाली गाइड (पथप्रदर्शक)लाई कुरै कुराको सन्दर्भमा सोधेछ, यो देशमा सबैभन्दा ठूलो को छ ? कसलाई ठूलाबडा मान्छन् ?
    गाइडले तुरुन्तै भनेछ, नेपालमा जोसँग अकूत, दूई नम्बरी धन छ, त्यस्तालाई निर्विवादरूपमा ठूला भन्न सकिन्छ। समाज र सरकार दुवैले त्यस्ता लक्ष्मीपात्रलाई ठूला, प्रतिष्ठित, गण्यमान्य र इज्जतदार मान्दछन्। सर्वत्र उनकै प्रतिष्ठा छ !
    अर्को दिन त्यस गाइडलाई पुनः पर्यटकले सोधेछ, यहाँ पढेलेखेको बुद्धिजीवीहरू पनि त होलान् नि ? उनीहरूको के अवस्था छ ?
    नेपाली गाइडले फेरि फुर्ती लाएछ, किन नहुनु, मिस्टर फलाना १ तर कुरो के छ भने नि जोसँग धन छ, त्यो आफू चैं ल्याप्चे हान्ने भएपनि ठूलठूला विद्वान्लाई उसले पैसाले किनेर आफ्नो चम्चा बनाउन सक्छ। त्यो पनि स्टीलको चम्चा।
सरकारले योग्य व्यक्तिको कदर गर्न जानेको छैन। अनि त गुणी विद्वान् व्यक्तिहरू यस्तै बज्रस्वाँठ र द्रव्यपिशाचको चाकरी गरेर हातमुख जोर्न बाध्य हुने नै भए। काम परे गधालाई पनि बाउ भन्नै प–यो।
    यस्तो कटु यथार्थ थाहा पाएपछि त जुनसुकै पर्यटक ट्वाँ… भएर एकछिन चेतना शून्य हुने नै भयो। चिन्नेलाई श्रीखण्ड नत्र खुर्पाको बींड त हो।
    अर्को कुइरेले आफ्नो जिज्ञासा कसरी व्यक्त ग–यो– मैले त यो सानो सुन्दर देश कृषिप्रधान हो भन्ने सुनेको थिएँ। के त्यो कुरा सत्य हो ? साँचो साँचो भन्नुहोला। नढाँटीकन।
    हाम्रो नेपाली गाइड झन् के कम ! उसले उपद्रो उत्साहका साथ जवाफ दियो। ‘हेर्नुस् यो पुरानो थोत्रो भनाइ हो। हामीले त्यस्ता पुराना कुराहरू त उहिल्यै छाडिसक्यौैं। विकासको क्रममा हामीले अब देश विकासको ठूलो लहर चलाएका छौं, देश विकासको ठूलो रकम हामी खाद्यान्न आयात गर्र्न मैं खर्चन्छौं। देश कृषिप्रधान हो भन्ने कुरो त यौटा थेगो मात्रै हो। फेरि फिरन्ता ट्वाँ… परिरह्यो।
    अब त संसार फास्टफूड खान मन पराउने युगमा प्रवेश गरिसक्यो। हामी चैं खाने नखाने जस्ता झिनामसिना समस्यामा अल्झिएर बसिरहेका छौं, नेपाली गाइडले गुड्डी हाँक्यो।
    विदेशी पर्यटकहरू नेपालको प्राकृतिक सौन्दर्य त मन पराउँछन्, तर के के मन पराउँदैनन्, त्यसको सूची चैं लामै हुन सक्छ। सुन्दर, शान्त, विशाल नेपाल !

Tags: कुरोको चुरो
Previous Post

२०७७ भदौ १२ गते शुक्रवारको प्रतीक दैनिक

Next Post

हुस्सु बन्न पुगेको भावुक पल

Next Post
हुस्सु बन्न पुगेको भावुक पल

हुस्सु बन्न पुगेको भावुक पल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.