प्रस, वीरगंज, १५ जेठ/
१८औं गणतन्त्र दिवसको अवसरमा मधेस प्रदेश सरकारले प्रदेश राजधानी जनकपुरधाममा बिहीवार कार्यक्रम आयोजना गरी पत्रकारहरूलाई प्रेस स्वतन्त्रता सेनानीद्वारा सम्मानित गरेको छ ।
प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित हुने पत्रकारहरूमा पर्साबाट शत्रुघ्न नेपाल, गया यादव, धनुषाबाट अशोक रौनियार, रामभरत साह, महोत्तरीबाट विन्देश्वरी मण्डल, गोपाल बराल, ईश्वरी पोखरेल, कुमरकान्त झा, रौतहटबाट शैलेन्द्र गुप्ता र सप्तरीबाट बैधनाथ झा, प्रकाश खतिवडा, देवरामप्रसाद यादव रहेका छन् ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले गणतन्त्र स्थापनाका लागि पत्रकारिता क्षेत्रबाट उल्लेखनीय योगदान दिएका मधेस प्रदेशका १२ जना पत्रकारलाई प्रेस स्वतन्त्रता सेनानीको रूपमा सम्मानित गरेको हो ।
कार्यक्रममा मुख्यमन्त्री सतीशकुमार सिंह र गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले १२ जना पत्रकारलाई सम्मानपत्र, दोेसल्ला र प्रतिव्यक्ति ११ हजार नगदसहित सम्मानित गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री सिंहले गणतन्त्र स्थापनापछि देशमा सबै वर्ग, तप्का जनताले समान अवसर पाएकाले सामान्य जनता पनि देशको सर्वोच्च निकायमा पुगेकाले गणतन्त्रको विरोध गरेर प्राप्त उपलब्धिलाई फेरि शून्यमा पु¥याउन नहुनेतर्फ सचेत हुन आग्रह गरे ।
कार्यक्रममा मन्त्री लेखीले गणतन्त्रको विकल्प कुनै व्यवस्था अहिलेसम्म विश्वमा नदेखिएको बताए । कार्यक्रममा मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीशर्मा तिवारी, श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, वन तथा वातावरण मन्त्री सञ्जयकुमार यादवलगायतले गणतन्त्रको विकल्प नरहेकोले यसै व्यवस्थामा थप सुधार गर्नुपर्ने औंल्याए ।
कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले गणतन्त्रका उपलब्धि र मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले गणतन्त्रको लागि पत्रकारिता क्षेत्रको योगदानबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


