प्रस, बिरुवागुठी, २५ जेठ/
वीरगंज महानगरपालिकाको सहयोग तथा सञ्चार हब प्रालिद्वारा सञ्चालित पाँच दिने पडकास्टसम्बन्धी प्रशिक्षण कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रममा प्रशिक्षक सविता आचार्यले २५ जना सञ्चारकर्मीलाई प्रशिक्षण दिएकी थिइन् । प्रशिक्षणमा सञ्चारकर्मीहरूलाई पडकास्टको आधारभूत सिद्धान्त, अडियो सम्पादन प्रविधि, सामग्री तथा संवाद कला तथा डिजिटल मिडियाको प्रभावकारिता बढाउन र अडियो आवाजको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनेबारे प्रशिक्षण दिइएको थियो ।
समापन कार्यक्रममा वीरगंज महानगरपालिका कार्यालयका प्रशासन अधिकृत सुनीलकुमार कर्णले सहभागीहरूलाई प्रमाणपत्र दिंदै पडकास्टसम्बन्धी प्रशिक्षण पर्सा जिल्लामा पहिलोपटक भएको र प्रशिक्षित सञ्चारकर्मीहरूले डिजिटल मिडियामा नयाँपन ल्याउने विश्वास व्यक्त गरे ।

