इलाका प्रहरी कार्यालय अमलेखगंज बाराका प्रहरी वरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमान्डमा खटेको प्रहरी टोलीले एक लाख सात हजारको पटाखा बरामद गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजस्थित कार्यालय अगाडि चेक प्वाइन्टमा वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ६२९३ नं. को यात्रुबस चेकजाँच गर्दा उक्त बसको डिकीभित्र लुकाइराखेको पटखा बरामद भएको सो कार्यालयले जनाएको छ ।
दिपावली नजीकिएसँगै भारतको रक्सौलबाट व्यापार र घरेलु प्रयोजनका लागि पटाखा भिœयाउने क्रम बढेको छ । सीमामा रहेका सुरक्षाकर्मीहरूले पटखा नियन्त्रणका लागि प्रयास गरे पनि खुला सीमाको कारण भित्रिने क्रम रोकिएको छैन ।
एक महीना अघिदेखि राजधानी काठमाडौंसमेत नारायणघाट, पोखरालगायत क्षेत्रमा रक्सौलबाट पटाखा भिज्याउने कार्य जारी छ ।
पटाखा आयातमा प्रतिबन्ध रहेपनि प्रत्येक वर्ष सीमावर्ति नेपाली बजार भएर भारतमा उत्पादित करोडौंको पटाखा नेपाल भित्रिने गर्छ ।


