प्रस, सिम्रौनगढ, ३१ साउन/
सनातन धर्म रक्षा मञ्चको ६६औं सत्सङ्ग बिहीवार बाराको पचरौता नगरपालिका–३ श्रीनगर बैरिया रामजानकी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ ।
सत्सङ्गमा आत्मबोध, हत्या–हिंसारहित समाज निर्माण, नशामुक्ति, भेदभावरहित समाज निर्माणबारे प्रवचन दिइएको थियो ।
मञ्चका अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा वैकुण्ठप्रसाद जयसवाल, ब्रह्माकुमारी राजयोगकी निर्मला दिदीलगायतले प्रवचन दिएका थिए ।
कार्यक्रममा हरिओम पण्डितले भजन र बिजुली रामले तबला बजाएका थिए । गोष्ठीमा महिला–पुरुष भक्तजन, साधुसन्तको सहभागिता थियो ।


