काठमाडौं, १६ जेठ/रासस
पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फूटबल टोली थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डको क्लोज डोरमा शुक्रवार भएको खेलमा थाइल्यान्डसँग १–० गोलअन्तरले नेपाल पराजित भएको हो ।
पहिलो हाफमा नेपालले थाइल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो । खेलको दोस्रो हाफमा भने थाइल्यान्डले नेपाललाई एक गोल हानेको हो । एएफसी महिला एशियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्यान्डविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल यही जेठ १९ गते खेल्नेछ ।

