• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

निडर दुईजना एम्बुलेन्स चालकको सङ्क्रमित ओसारपोसार र शव व्यवस्थापनमा दिन बित्छ

प्रतीक दैनिक by प्रतीक दैनिक
August 20, 2020
in प्रमुख समाचार
0 0
0
निडर दुईजना एम्बुलेन्स चालकको सङ्क्रमित ओसारपोसार र शव व्यवस्थापनमा दिन बित्छ
0
SHARES
3
VIEWS
Share on Facebook

राधेश्याम पटेल, वीरगंज, ४ भदौ/
वीरगंज महानगरलगायत पर्साका १४ वटा स्थानीय तहमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिसकेको छ। प्रतिदिन औसत सयजना सङ्क्रमित थपिंदै छन् भने एक/दुई जना सङ्क्रमितको मृत्यु पनि भइरहेको छ।
कोरोना महामारीका कारण चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधारण निकै डराएका छन्। स्वास्थ्यकर्मीहरू डराएका कारण उपचार अभावमा कतिपय बिरामीको ज्यान गइरहेको छ।
बिरामीको अचानक मृत्यु हुनुमा वीरगंजमा सहजरूपमा कोभिड तथा कोभिडइतर अस्पतालमा सङ्क्रमित अथवा अरू रोगका बिरामीले सहजै उपचार नपाउनु पनि हो। साथै सिकिस्त बिरामीले सही समयमा एम्बुलेन्स सेवा नपाउनु पनि हो।
वीरगंज आदर्शनगर ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका सचिव मुर्ली जलानले भने, “समयमा अस्पतालमा उपचार नहुनु र एम्बुलेन्स अभावमा धेरैजनाको मृत्यु भएको छ। तर यस जटिल समयमा कुनै साहसी एम्बुलेन्स चालकले कोरोना फाइटर अर्थात् हीरोको रूपमा काम पनि गरेका छन्।”
जगरनाथपुर गापाको जगरनाथपुर घर भई हाल छपकैयामा बस्ने वर्ष ४७ का सोनालाल ड्राइभर भन्ने समसुल मियाँ र नेपाल रेडक्रस सोसाइटी वीरगंजका एम्बुलेन्सचालक धोबिनी निवासी ३५ वर्षीय ममताज मियाँ अहिले कोरोनाकालमा हीरोको भूमिका निर्वाह गर्दैछन्। दुवैजना चालक विगत पाँच महीनादेखि स्थानीय प्रशासन र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आदेशमा खट्दै आएका छन्।
समसुलले सङ्क्रमितहरूको शव उठाएर एम्बुलेन्समा राख्ने र अन्तिम संस्कार गर्ने थलोमा पु–याउने गर्छन् भने ममताजले कोरोना सङ्क्रमित पुष्टि भएकाहरूको घरघरमा पुगेर कोभिड अस्पतालमा पु–याउने गर्छन्।
बीस वर्षदेखि शववाहन चलाउँदै आएका समसुलले भने, “मैले चार महीनादेखि २२ वटा शव व्यवस्थापन गरिसकेको छु। मलाई लाश उठाउन, गाडीमा हाल्न र उतार्न अलिकति पनि घीन लाग्दैन।”
पर्साका तत्कालीन प्रजिअ विष्णु कार्की, प्रहरी उपरीक्षक गङ्गा पन्त र वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीको पहलमा साउन १ गतेदेखि वीरगंज महानगरको एम्बुलेन्स चालकको रूपमा जागीर पनि खाएको समसुलले बताए। उनले शव व्यवस्थापनमा नेपाली सेनाको सुरक्षा मापदण्ड अनुसार पिपिई लगाएर आफू खटेकोले अहिलेसम्म सुरक्षित रहेको बताए।
उनले भने, “शवबाट गाउँँबस्तीमा कोरोना भाइरस फैलिन्छ भन्ने हल्ला छ तर चिकित्सकहरूका अनुसार लाशले सास नफेर्ने, नबोल्ने हुँदा कोरोना भाइरस सर्ने सम्भावना अत्यन्तै न्यून हुन्छ।”
समसुलले भने, “कतिपय शवमा कीरा परेको हुन्छ तर पनि मैले त्यस्ता शवलाई उठाएर अन्त्येष्टि स्थलसम्म पु–याएको छु। यही मेरो काम हो,” उनले भने, “एउटा शवको अन्त्येष्टि गरेबापत थप १० हजार रुपैयाँ भत्ता पाउने सुनेको छु, हेरौं कति होला कमाइ ?”
उनले सङ्क्रमितको शव जलाउने र गाड्ने काममा खटे पनि परिवारसँगै छपकैयामा बस्दा हालसम्म घरपरिवारका सदस्यलाई केही नभएको बताए।
अर्का एम्बुलेन्स चालक ममताजले गाउँटोलबाट सङ्क्रमितहरूलाई ओसार्दैमा दिन बित्ने गरेको अनुभव सुनाए। उनले भने, “जिल्ला प्रहरी कार्यालयबाट कोभिडका इन्स्पेक्टर साहेबले बिहान फोन गरी दिनभरिको ड्युटी सम्झाउनुहुन्छ, त्यसैअनुरूप म काममा निस्किन्छु।” उनले खाना बाहिरै खानुपर्ने र राति दुई–चार घण्टा मात्र आराम पाउने गरेको बताए।
पहिले एसीविनाको गाडीमा पिपिई लगाएर बस्दा डिहाइडे«शन भएर एक दिन बेहोश भएको घटना सुनाउँदै भने, “जेठको गर्मीमा पिपिई लगाएर ६ घण्टामा ८० जना सङ्क्रमितलाई घरबाट अस्पताल पु–याएँ, साँझ मलाई कमजोरी महसूस भयो र म बेहोश भएँ। केही छिनपछि होश आयो र जीवनजल खाएर आराम गरें।”
सानो पाइलाले पानीटङ्कीमा व्यवस्थापन गरेको निश्शुल्क भोजनगृहमा बिहान र बेलुकाको खाना खाने गरेको उनले बताए। दुईपटक पिसिआर परीक्षण गराउँदा पनि नेगेटिभ रिपोर्ट नआएकोले आफूले हिम्मत नहारेको एम्बुलेन्स चालक ममताजले बताए।
वीरगंजमा कोरोना महामारी पहिले डेढ सय एम्बुलेन्स चालक थिए, अहिले सबैजना लुकेर बसेका छन्, यही समय हो, हामी एम्बुलेन्स चालकले काम गरेरदेखाउने र वीरगंजवासीलाई बचाउने,” उनले भने, “प्रशासनले एम्बुलेन्स चालकको लागि पिपिईलगायत इन्धनको जोहो गरेको छ, अन्य एम्बुलेन्स चालकहरूले मन द–हो बनाएर सामान्य बिरामीलाई सेवा दिनुपर्छ।”
बालबच्चा, परिवारबाट टाढा रहेर सुरक्षित साथ काम गरेको अनुभव सुनाउँदै ममताजले भने– सुरक्षा प्रबन्धका साथ काम गर्दा कसैलाई केही हुँदैन। एकजुट भएर एम्बुलेन्स सेवा सुचारु गर्नुपर्ने उनको धारणा छ।
पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले वीरगंजमा यी दुईजना एम्बुलेन्स चालकको कामको प्रशंसा गर्दै भनिन्, “अहिले सबै एम्बुलेन्स चालक डराएका छन्, यस्तो घडीमा लाश बोक्ने र सङक्रमित ओसार्ने काम ठप्प भएको भए निकै कठिन अवस्था सृजना हुन्थ्यो तर यी दुईजना एम्बुलेन्स चालकले हिम्मतका साथ काम गर्नुभएको छ। म अन्य एम्बुलेन्स चालकलाई आफ्नो पेशामा फर्किन आग्रह गर्छु।”

Previous Post

५३ जना कोरोना सङ्क्रमित थपिए

Next Post

२०७७ भदौ ०५ गते शुक्रवारको प्रतीक दैनिक

Next Post

२०७७ भदौ ०५ गते शुक्रवारको प्रतीक दैनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.