• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

निजगढका केही होटल बाहिरबाट बन्द भित्रबाट खुला

प्रतीक दैनिक by प्रतीक दैनिक
August 28, 2020
in स्थानीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, निजगढ, १२ भदौं/
    कोरोना सङ्क्रमित बढेसँगै जिल्ला प्रशासन कार्यालय बाराद्वारा जारी गरिएको निषेधाज्ञामा पसल, हाटबजार, व्यापार, बैंकलगायतका कार्यालय हप्तौंदेखि बन्द रहे पनि निजगढका केही होटल तथा लजमा भने मोबाइल बुकिङ भइरहेको छ।
    साना–ठूला सबै होटल, पसललाई प्रहरीले बन्द गर्न पटक–पटक आग्रह गर्दै आइरहेको छ। मोबाइल बुकिङ गर्दै आफ्ना व्यवसाय गरिरहेका होटल, लजबारे स्थानीय प्रहरी बेखबर बन्ने गरेको स्रोतले जनाएको छ। होटलका राजमार्ग, सडकतर्फका सटर बन्द गरिए पनि भित्र भने खुला रहेका हुन्छन्।
    यस्ता होटलहरू निजगढ नगरपालिकाकै कर्मचारीहरूसमेतको सहभागितामा खुल्ने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। जिल्लाबाहिरबाट आएका यात्रु तथा आगन्तुकहरूसमेत होटल तथा रेस्टुरेन्टमा खाना, नास्ता, मदिरापान गर्ने गर्छन्। केही होटल तथा लजमा भने राति युवतीसहितको बुकिङ हँुदै आइरहेको समाचार स्रोतले जनाएको छ। मोटरसाइकलमा युवतीसहित लजमा जाने र बिहान ५ नबज्दै फर्कने छन् भने केही भने दुई/तीन दिनसम्म होटल तथा लजमा नै बसी मोजमस्ती गर्ने गरेको स्रोतको दाबी छ।
    युवतीसहित राति होटल तथा लजमा आउनेहरूको आकर्षण निजगढमा बढेको स्थानीयहरू बताउँछन्। इलाका प्रहरी कार्यालय निजगढका प्रहरीहरूमध्ये पछिल्लोपटक सातजनामा कोरोनाको सङ्क्रमण भएपछि प्रहरी गस्ती पातलो हुन थालेपछि अवैध धन्दा गर्ने, गराउने समूहहरूको सुरक्षितस्थल निजगढका लजहरू भएका छन्।
    युवती भने ग्राहकले सँगै ल्याउने गरेको देखिएको छ। शायद होटल तथा लज साहुसँग पहिल्यै फोन सम्पर्क गरेको देखिन्छ। उनीहरू आउने बित्तिकै लज साहुले सटर खोलिदिन्छन्। अनि भित्र छिराएर तुरुन्तै बन्द गरिहाल्छन्। यता सबै होटल तथा लजमा प्रहरीले कडाइ गरिरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए। लुकीछिपी होटल, लजमा गएको सूचना पाए तुरुन्तै प्रहरी परिचालन गरी छापा मार्ने र कानूनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने प्रनि थपलियाले बताए।     

Previous Post

काठमाडौं–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक

Next Post

६५३ जना सङ्क्रमित घरमैं

Next Post

६५३ जना सङ्क्रमित घरमैं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.