• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home सम्पादकीय

नयाँ शैली

प्रतीक दैनिक by प्रतीक दैनिक
September 6, 2020
in सम्पादकीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

    कोरोनाले विध्वंस ल्याएकै हो। विध्वंस पनि सबैभन्दा बढी मानवीय ज्यानको। यो प्रत्यक्ष्F विध्वंस हो। अप्रत्यक्ष विध्वंसको रूपमा यसले सरकारहरूलाई स्वेच्छाचारी बनाएको छ। कोरोनाको भयले मानिस घरमा कोच्चिनुपर्ने बाध्यता त छँदैछ, यस अवसरको उपयोग सरकारहरूले प्रशासनलाई छाडा बनाएर तमाम तरहका मानव अधिकार हननको शृङ्खला नै चलाएको छ। कोरोनाको नाउँमा प्रशासन दुस्सहरूपमा अतिचारी बनेकोे छ। सरकारको भनाइ र प्रशासनको गराइमा कुनै समन्वय छैन। पञ्चायतकालका राजप्रतिनिधि अञ्चलाधीशहरूले सरकारको नीतिलाई धोती लगाएजस्तै अहिले प्रशासनको नियत संविधानविरोधी र नागरिकमारा बन्दै गएको छ। राज्य र प्रशासनले कोरोनालाई निहँु बनाएर दमनको चक्र कस्दै लगेका छन्।
    अर्कोतिर कोरोनाकै कारण धेरै नयाँ जीवनशैलीको विकास पनि भइरहेको छ। मानव सभ्यता उँभो र उँधो लाग्ने यस्तै अवसरमा हो। विवेकजन्य निर्णय गर्न सक्दा सभ्यताले पुराना विकृतिहरू पखालेर नयाँ समाजको निर्माण गर्दछ भने त्यसविपरीत काम गर्दा नयाँ विकृतिहरूको मात्र जन्म हुन्छ। कोरोनाले एकातिर मानव ज्यानमा सङ्कट ल्याएको छ भने यसका कारण भोलिको मानवजीवन निष्कन्टक र पर्यावरणमैत्री बन्ने अवसर पनि देखिइरहेको छ। आज कोरोना महामारीले विश्वलाई अँठ्याएको साढे पाँच महीना बित्न लाग्दा जल, नभ र थलले परिशुद्ध हुने अवसर पाएका छन्। यद्यपि यो दिगो रहन सक्दैन, किनकि कोरोना महामारी ओरालो लाग्नेबित्तिकै झन् घनीभूतरूपमा नभमा वायुयान, जलमा उद्योगजन्य फोहरको निष्कासन र थलमा यातायातका साधनहरू चलायमान भएर अवस्था पुनर्मुषिको भवः हुनेछ। हो, थेगिराख्न सके र आजको सतर्कतालाई संस्कारको रूपमा विकसित गर्न सके एउटा नयाँ सभ्यता र समानान्तर संस्कृतिको पनि विकास हुनेछ। आज भर्चुअल संस्कृतिको विकास भइरहेको छ। यसलाई निरन्तरता दिन सके निश्चय पनि धरतीको धेरै समस्या समाधान हुन सक्छ। विभिन्न स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय गोष्ठीहरूका लागि मानिसले भागदौड गर्नुपर्ने छैन, शिक्षामा यो पद्धतिलाई उपयुक्त बनाउन सके आर्थिक अभावले कसैको योग्यता खेर जाने छैन।
    तर कुरा के भने कुनै पनि अप्ठ्यारो स्थितिलाई हामी कुन दृष्टिले हेर्छौं र त्यसको उपचारका लागि कुन नीति प्रयुक्त गर्छौं भन्ने हो। युरोपतिर कुनै सरकार अपदस्थ हुने बेला उसले नागरिक हकमा वृद्धि हुने कुनै न कुनै निर्णय गरेर जान्छ। सत्तालाई बढी जनमुखी हुने नियम पारित गरेर जान्छ। त्यसैले आज युरोपेली मुलुक विकासको गतिमा सबैभन्दा अगाडि छन्। नेपालमा भने यस्तो अवस्था आउँदा सरकारहरू नागरिक हितविपरीत निर्णय गर्न सिपालु हुन्छन्। जसले गर्दा नागरिक निरीह र निर्बल बन्दै गएको छ। नागरिक निर्बल हुनुको अर्थ सरकार पनि निर्बल र निरीह बन्नु हो भन्ने कुरा नेपालका शासकहरूको गिदीमैं छिर्दैन। त्यसैले कोरोनाले ल्याइदिएको अवसरलाई नयाँ शैली, नयाँ पद्धति विकासमा ल्याउनुको साटो राज्य र प्रशासन पञ्चायतकालभन्दा पनि राणाकालीन नागरिक हितविपरीत कार्य गर्न अग्रसर हुन थालेको छ। नभए विद्यालय बन्द, पसल बन्द, मानिस बन्दजस्ता अनैतिक काममा उत्साहित हुने थिएनन्। नागरिकसँग कडारूपमा प्रस्तुत हुनु योग्य प्रशासकको कसी ठान्नेहरूको आज पनि नेपालमा कुनै कमी देखिएन।

Previous Post

अनलाइन शिक्षण र त्यसभित्रको अर्थ

Next Post

आंशिक प्राध्यापकहरूले निर्देशिका जलाए

Next Post
आंशिक प्राध्यापकहरूले निर्देशिका जलाए

आंशिक प्राध्यापकहरूले निर्देशिका जलाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.