• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
16 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

नयाँ प्रजिअ आएपछि निषेधाज्ञामा कडाइ

प्रतीक दैनिक by प्रतीक दैनिक
August 16, 2020
in प्रमुख समाचार
0 0
0
नयाँ प्रजिअ आएपछि निषेधाज्ञामा कडाइ
0
SHARES
2
VIEWS
Share on Facebook

प्रस, वीरगंज, ३२ साउन/
    वीरगंज महानगरमा साउन १० गते र पर्सा जिल्लाभरि साउन १९ गतेदेखि निषेधाज्ञा लगाएको स्थानीय प्रशासनले अत्यावश्यक वस्तुको खरीदमा पनि चासो देखाएको छैन।
    महानगरमा निषेधाज्ञा जारी भएको २३ दिन र जिल्लाभरि दुई साता बितिसक्दा पनि स्थानीय प्रशासनले अत्यावश्यक वस्तु खरीदका लागि समय प्रदान नगर्दा समस्या भएको छ। अहिलेसम्म निरन्तररूपमा निषेधाज्ञा जारी भएको कारणले अतिगरीब, गरीब र दैनिक ज्याला मजदूरी गरेर जीवनयापन गर्नेका साथै मध्यमवर्गीय परिवारलाई समस्या भएको छ।
    समुदायस्तरमा सङ्क्रमण फैलिएपछि निषेधाज्ञा जारी गरेर कन्ट्याक्ट र मास टे«सिङमा स्वाब सङ्कलन गरिनुपर्ने हो। तर अहिले त्यस्तो केही भएको छैन। निषेधाज्ञा जारी गरिएको तेस्रो दिन मास टे«सिङ अन्तर्गत माईस्थान र रेलवे माविमा तथा त्यसपछिका दुई/तीन दिन विभिन्न स्थानमा स्वाब नमूना सङ्कलन गरिए पनि अहिलेसम्म कन्ट्याक्ट टे«सिङबाहेक मास टे«सिङमा स्वाब सङ्कलन गरिएको छैन।
    यसअघिका प्रजिअ र नगरप्रमुखबीच तालमेल नमिलेको कारण निषेधाज्ञा जारी भएपछि जिल्ला प्रशासनको पहलमा माईस्थानमा मास टे«सिङ अन्तर्गत स्वाब नमूना सङ्कलन गरिएको थियो भने रेलवे माविमा महानगरपालिकाले एक घर–एक व्यक्ति पिसिआर परीक्षण अभियान शुरू गरेको थियो। अहिले नगरप्रमुख सङ्क्रमित भएर काठमाडौंमा उपचार गराइरहेका र प्रमुख जिल्ला अधिकारी सरुवा भएर नयाँ प्रजिअ आएका कारण यी दुवै अभियान थाती रहेको छ।
    सङ्क्रमित हुनेहरूको सम्पर्कमा रहेकाहरूको पनि गतिलो पाराबाट स्वाब सङ्कलन हुन सकेको छैन। सङ्क्रमितहरूमध्ये करीब ५ सय अहिले पनि होम आइसोलेशनमा छन्। उनीहरूको स्वाब सङ्कलन झनै दुःखद छ। सङ्क्रमण भएको १२ दिन कटेपछि भनिएको ठाउँमा सङ्क्रमित आफैं स्वाब दिन जानुपर्ने बाध्यता छ। गत बुधवार त्रिजुद्ध माविमा सङ्क्रमितहरूलाई डाकेर स्वाब नमूना लिइएको थियो भने आइतवार साउन ३२ गते श्रीपुर माविमा सङ्क्रमितहरूको स्वाब नमूना सङ्कलन गरिएको थियो। आज पनि सङ्क्रमितहरू आफैं र अरूले चलाएको सवारीसाधनमा चढेर आएका थिए। एकजना चिकित्सकले घरमैं आइसोलेट भएका सङ्क्रमितहरू चौध दिनपछि पूर्णरूपमा स्वस्थ हुन सक्ने र स्वस्थ नभएकाहरूको हकमा खुलारूपमा स्वाब सङ्कलन गर्दा सङ्क्रमण फैलिने सम्भावना रहने बताए। उनले यो विधिबाट सङ्क्रमण भएर स्वस्थ भएकाहरूमा पनि असर हुन सक्ने बताए।
    जिल्ला सुरक्षा समितिले नयाँ प्रमुख जिल्ला अधिकारीको आगमनपछि शनिवार बैठक गरेर केही निर्णय गरेको छ। चिकित्सक, स्वास्थ्य कार्यालय, महानगरपालिका, सेना, प्रहरीसमेतको सहभागितामा भएको बैठकमा अब उप्रान्त होम आइसोलेशनलाई निरुत्साहित गर्ने र कोभिड अस्पताल, सामुदायिक प्रि–आइसोलेशन र पे–आइसोलेशन (होटल) व्यवस्थापन गर्ने निर्णय गरेको छ। होम आइसोलेशनमा बस्नेहरूमा स्वास्थ्य समस्या देखिएपछि यस्तो निर्णय गरिएको हो।
नयाँ प्रजिअ आएपछि कडाइ
    पर्सामा नयाँ प्रमुख जिल्ला अधिकारी आएपछि वीरगंज महानगरमा निषेधाज्ञा पालना गराउन कडाइ गरिएको छ।
    साउन २९ गते बिहीवारदेखि वीरगंज महानगरमा सवारीसाधन सञ्चालन र पसल सञ्चालनमा समेत कडाइ गरिएको छ। साइकल, मोटरसाइकललाई मुख्य सडकबाट चल्न पूर्णरूपमा निषेध गरिएको छ। स्वास्थ्यकर्मी, सञ्चारकर्मी, औषधि व्यवसायी, टेलिकम, इन्टरनेट, विद्युत्, खानेपानी, दूधलगायतका सवारीसाधनहरूबाहेक अन्य सबैमा कडाइ गरिएको छ।
    आइतवारदेखि मेनरोडमा सेना परिचालन गरेर झन् कडाइ गरिएको छ। साउन १० गते निषेधाज्ञा जारी गर्दा सेना परिचालन गर्ने निर्णय भएको थियो तर त्यो निर्णय कार्यान्वयन गरिएको थिएन। आइतवारदेखि मुख्य सडकमा सेना परिचालन गरिएको छ र जथाभावी हिंड्नेहरूलाई सेनाले सोधपूछ गर्ने, फर्काउने गरेको थियो।

Previous Post

स्वास्थ्यकर्मी, सञ्चारकर्मीसहित ४७ जना सङ्क्रमित

Next Post

२०७७ भदौ ०१ गते सोमवारको प्रतीक दैनिक

Next Post

२०७७ भदौ ०१ गते सोमवारको प्रतीक दैनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.