• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
23 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home स्वतन्त्र विचार

धर्म निरपेक्षताको औचित्य के ?

प्रतीक दैनिक by प्रतीक दैनिक
January 3, 2025
in स्वतन्त्र विचार
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

श्रीमन्नारायण• श्रीमन्नारायण

विविधतामा एकता खोज्नु धर्म हो । हाम्रो पूर्वीय सभ्यतामा बहुदेववादलाई स्वीकार गरिएको छ । हामी बहुदेववादमा विश्वास गर्दछौं जबकि पश्चिमी सभ्यता एकेश्वरवादमा विश्वास राख्छ । पश्चिमी सभ्यता भनेको एकेश्वरवादी धर्ममा आधारित अब्राहमिक धर्म हो । इसाई, इस्लाम, यहुदी धर्म यी सबै अब्राहमिक धर्महरू हुन् । अब्राहमिक धर्म भनेको एक मात्र सर्वशक्तिमान र सर्वव्यापी ईश्वर हुन्छ, दुई हुँदैन भन्ने अवधारणा हो जबकि हाम्रो सनातन धर्म समन्वयात्मक हो । बहुदेव मान्नुको अर्थ बहुलवादी विचार र सहअस्तित्वका दृष्टिकोणलाई सम्मान गर्नु, स्वीकार गर्नु हाम्रो पूर्वीय सभ्यता अथवा सनातन धर्मको विशेषता हो । नेपाल त हिन्दू राष्ट्र भएर पनि सर्वधर्म मान्नेहरूलाई समानरूपले धार्मिक स्वतन्त्रता प्राप्त नै थियो । कम्युनिस्ट र इसाई मेशिनरी तथा खाडीको पैसाले नेपाललाई धर्म निरपेक्ष घोषित गरायो ।

समाज, संस्कृति, धर्म वा राजनीतिक प्रणालीमा विविधताको अस्तित्वलाई स्वीकार गर्दै, ती सबैलाई समानरूपमा सहिष्णुताका साथै मान्यता र सम्मान पाउनुपर्छ र त्यो राज्यको दायित्व हुन्छ भनेर बहुलवादी विचारको आवाज युरोपबाट उठ्न थाल्यो । यस्तो उदारवादी आवाज उठाउने परिवर्तनकारी प्रजातान्त्रिक हिमायतीहरूसँग युरोपेली धर्माधिकारी पादरीहरू आक्रामक बन्न थाले । त्यहाँ ठूलो उथलपुथल भयो । अन्ततः पश्चिमी अब्राहमिक धर्मगुरुहरूले क्रान्तिकारीहरूका अगाडि घुँडा टेक्न बाध्य भए । त्यसपछि एकेश्वरवादी अब्राहमिक पादरीहरूलाई अधिकारबाट वञ्चित गराउँदै मुलुकमा धर्म निरपेक्षता घोषणा गरेर पहिलोपटक पश्चिमी देशमा धर्म निरपेक्षता लागू गरियो । आश्चर्यको कुरा के हो भने एकेश्वरवाद रोगको उपचारका लागि धर्म निरपेक्ष लागू गरिएको थियो तर पूर्वीय बहुलतावादी (बहुदेव) धर्म दर्शन मान्ने समाजमा पनि यसलाई लागू गरियो । सनातन धर्म आफैंमा सहिष्णु, उदार र प्राणीमात्रको कल्याणको मङ्गल कामना गर्दछ ।

यहाँ अधर्मको नाश भनिएको छ, अधर्मीको होइन । हामीभित्रका विकृतिहरूको अन्त्य होस् भनिएको छ । हाम्रो समाजमा धर्म छ, यहाँ त यसको आवश्यकता नै थिएन । यहाँको धर्म संस्कृति नै धर्म निरपेक्ष हो । बहुदेव मान्नु भनेको दर्शनको बहुआयामिकतालाई स्वीकार गर्नु हो ।

बहुदेववादले मानव जीवनको विभिन्न दृष्टिकोणहरूलाई स्वीकार गर्दछ । यो एकै सत्यको धेरै रूप हो भन्ने मान्यतामा आधारित हुन्छ । त्यसैले पूर्वीय प्राचीन ऋग्वेदमा भनिएको छ–‘एकम् सत् विप्राः बहुधा वदन्ति’ अर्थात् सत्य एउटै हो तर विद्वान्हरूले यसलाई विभिन्नरूपमा व्याख्या गर्दछन् । यसरी फरक मतलाई पनि सम्मान गरेर साथसाथमा हिंड्ने हाम्रा जीवनपद्धति यसरी फरक मतलाई पनि सम्मान गरेर साथ–साथ हिंडने हाम्रो जीवनपद्धति रहेको छ । हामीकहाँ हिन्दू, बौद्ध, सिख, जैन, किराँत, सबै एक साथ मिलेर एकै पङ्क्तिमा उभिएर कुनै पनि धर्मस्थलमा पूजा आराधना गर्न सक्दछन् । यहाँ नास्तिक मतका चार्वाकवादको पनि स्वागत गरिएको छ भने आर्य समाज, कबीर पन्थ, साईं र अन्य विभिन्न पन्थलाई मान्नेहरू पनि छन् तथा सबै बीच सामञ्जस्य छ, सहकार्य भइरहेको छ । इस्लाम धर्ममा शिया, सुन्नी, अहमदिया र कादियानी सँगै मिलेर प्रार्थना गर्न सक्दैनन् । सुन्नीभित्र पनि विभिन्न समूह छन्, जो एक अर्काको अस्तित्वलाई स्वीकार गर्दैनन् । हिन्दू धर्ममा रामायण र गीताका पाना जलाउनेहरूलाई पनि जनताले माफ गरिदिन्छ जबकि एकेश्वरवादका समर्थकहरूले उनको ईश्वरको निन्दा गर्नेलाई ईशनिन्दा गरेको आरोपमा ज्यानसमेत लिने धम्की दिन्छन् ।

एकेश्वरवादी अर्थात् एकमात्र आपूmले मानिआएको ईश्वर र उनले दिएको मार्गदर्शनबाहेक अर्को छैन भन्ने हो । यसले बहुलवादी विचारलाई अस्वीकार गर्छ । आप्mनोबाहेक फरक मतको, फरक विचारको अस्तित्व अस्वीकार गर्ने भएकोले प्राचीनकालदेखि फरक–फरक विचार आस्था बोक्ने एकभन्दा बढी दुई समुदाय कहिल्यै साथ–साथ सौहार्दपूर्ण ढङ्गले बस्न सकेनन् । जहाँ बसियो त्यहाँ रक्तपात मचियो । जसले जित्यो त्यसको राज भयो, अरू पलायन भए । क्रुस वारको नामले इतिहास रक्तरञ्जित छ, शताब्दीऔंसम्म लडाइँ भइरहयो र अहिले पनि मध्य पश्चिमको लडाइँ त्यही क्रुस वारको आधुनिक छद्मरूप मात्रै हो । यही एकेश्वरवादी दर्शनले जब समाजमा विखण्डन र द्वन्द्वको समस्या बढाउन थाल्यो, त्यसविरुद्ध प्रख्यात दार्शनिक, चिकित्सक र राजनीतिक विचारक जोन लक उभिए । उनलाई आधुनिक उदारवादको संस्थापक मानिन्छ ।

भगवद्गीतामा श्रीकृष्णले भनेका छन् कि हे अर्जुन, जो अन्य देवताहरूको श्रद्धापूर्वक पूजा गर्छन् तिनीहरूले पनि वास्तवमा मेरो पूजा (परमात्मा) नै गरिरहेका हुन्छन् तर त्यो पूजा विधिपूर्वक (शास्त्रीय विधि अनुसार) गरिएको हुँदैन । यसरी जसले जुनसुकै विचारको देवीदेवताको पूजा गरे पनि मेरै हुन्छ भलै विधिपूर्वक नहोला । फरक विचारलाई पनि कदर गर्ने पूर्वीय दर्शन हुन्छ । सनातन धर्ममा ३३ कोटी (प्रकार) को देवताको रूप हेर्ने गरिन्छ । यसमा त्रिदेव (ब्रह्मा, विष्णु र महेश) दश दिक्पाल, इन्दु, अग्नि, वरुण, वायु आदि दिशाका संरक्षकसम्मको पूजा गर्ने धर्म यसै उदारवाद बहुअस्तित्ववाद र बहुलवादको प्रतीक हो ।

बौद्धहरूले बुद्धको पूजासँगै फरक–फरक अवस्थामा फरक–फरक उद्देश्यमा मञ्जुश्री (बोधिसत्व ज्ञान र बुद्धिमत्ताको प्रतीक, वैश्रवण (धन–सम्पत्तिका रक्षक) देवी कुरूकुल्लालाई (व्यक्तिलाई सकारात्मक ऊर्जा दिन र कष्टहरूसँग लड्न) दयाग्रीव (विघ्ननाशका देवता हिन्दूहरूले विष्णुको घोडाको अवतारको रूपमा पूजा गर्छन्) यमन्तक (यमराजा), मृत्यु विजेताको देवताको रूपमा पूजा गर्छौ । महाकालको पूजा बौद्ध धर्ममा विघ्न हटाउने, धर्मको संरक्षण गर्ने र आत्मबल बढाउने उद्देश्यले गरिन्छ भने अवलोकितेश्वर (करुणाका प्रतीक) रूपमा पूजा गर्छौ । सिङ्गापुरमा ताओ धर्मको मन्दिरमा बुद्धदेखि दुर्गा देवी हुँदै सबै देवीदेवताको पूजा गरिन्छ । यो हो हाम्रो पूर्वीय समन्वयात्मक धर्म । अहिले सुनियोजितरूपमा ब्राह्मणवाद र हिन्दूकरणको खतरा देखाई देशमा इसाईकरण गर्ने काम भइरहेको छ । हिन्दू धर्म र ब्राह्मणलाई गाली गरेर अन्य धर्म धर्मावलम्बीहरू आप्mनो धर्मको प्रचारप्रसार र विस्तार गरिरहेका छन् । कम्युनिस्टहरू हिन्दू धर्ममाथि मात्रै प्रहार गर्दछन् । माओवादीको एक दशक लामो सशस्त्र सङ्घर्षमा संस्कृत पढाउने शिक्ष्Fकको हत्या गरियो । शिखा काटियो, बलजप्mती गाईको मासु खुवाउने प्रयास भयो र पण्डितलाई अपमानित गरियो, यातना दिइयो तर अन्यलाई होइन, किन ?

धर्म नमान्ने चिनियाँ कम्युनिस्ट सरकारले लामाको जन्म, पूर्वजन्मको अवतारी चुन्ने गर्दछ । उसले चुनेकोलाई मान्नेहरू मात्रै नेपालमा राष्ट्रवादी ठहरिन सक्दछन् भन्ने नेपालका वामपन्थी र अन्धराष्ट्रवादीहरूको धारणा रहिआएको छ । यसको विरोध गर्नेलाई विदेशी एजेन्टको आरोप लगाइन्छ । हिमाली बौद्ध परम्परा अनुसार, परम्परागत अध्यात्मिक विधि प्रक्रिया अनुसार खोजौं भने विदेशी एजेन्ट, नखोजौं भने फेरि संस्कृतिको नाश । तिब्बती लामाहरूमध्ये पनि कग्युप्पा समुदायभित्र थुप्रै सम्प्रदायहरू छन् । जसमध्ये मुख्यतः कर्मा कग्यु सम्प्रदाय प्रमुख हो । यो कग्यु सम्प्रदाय शैव परम्पराका गुरु गोरखनाथ परम्परासँग नजीकको सम्बन्ध राख्ने समुदाय हो । नाथ परम्पराले चौरासी नाथ गुरुहरूको अनुसरण गर्दछ भने कग्युपा सम्प्रदायले पनि चौरासी सिद्ध गुरुहरूको परम्परा अनुसरण गर्दछ । नाथ परम्परा र कग्युपा सम्प्रदाय दुवै तान्त्रिक हठयोग र साधनामा आधारित अभ्यासहरूमा केन्द्रित हुन्छन् । सनातन धर्मसँग नजीकको सम्बन्ध राख्ने यस सम्प्रदायले तिब्बतमा उचित सम्मान पाउन सकेको छैन । नेपाल पुनः सनातन धर्मसापेक्ष राष्ट्र घोषित हुनुपर्छ । ८५ देखि ९० प्रतिशत हिन्दू भएको नेपालमा धर्म निरपेक्षताको औचित्य छैन ।

Previous Post

महत्वपूर्ण उपलब्धि

Next Post

किन हुन्छ वैदेशिक व्यापार ?

Next Post
विद्युत शुल्क विवादः उचित कि अनुचित

किन हुन्छ वैदेशिक व्यापार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.