• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 14, 2025
18 °c
Birgunj
21 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home गृहपृष्ठ

दोषी देखिएका अस्पतालविरुद्ध कारबाइको तयारी

प्रतीक दैनिक by प्रतीक दैनिक
August 11, 2020
in गृहपृष्ठ, प्रमुख समाचार, समाचार
0 0
0
दोषी देखिएका अस्पतालविरुद्ध कारबाइको तयारी
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, जनकपुरधाम, २६ साउन/
प्रदेश २ सरकारको प्रतिनिधिमण्डलले कोरोना रोकथामका लागि सङ्घीय राजधानी काठमाडौं पुगेर सङ्घीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीको नेतृत्वमा गएको टोलीले आइतवार सङ्घीय सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वरराय यादवसँग भेट गर्दै प्रदेशमा पैmलिरहेको कोरोना महामारीको अवस्थाबारे ध्यानाकर्षण गराएको हो । प्रदेश नं. २ मा कोरोना भाइरस महामारीका कारण आपत्कालीन अवस्था आइसकेको जानकारी गराउँदै मुख्यमन्त्री गद्दीले रोकथामका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेका छन् ।
प्रदेश २ कोरोना भाइरसबाट अति प्रभावित रहेकोले प्रहरी प्रशासनलाई चुस्त दुरुस्तरूपमा परिचालन गरी सीमा क्षेत्रमा थप कडाइ गराउन आग्रह गर्दै प्रदेशका गम्भीर प्रकृतिका बिरामीलाई तत्काल काठमाडौं पु¥याउन एयर एम्बुलेन्स वा हेलिकप्टर तयारी अवस्थामा राख्न मुख्यमन्त्री गद्दीले सङ्घीय उपप्रधान तथा रक्षामन्त्री पोखरेलसँग आग्रह गरे । उनले प्रदेशमा विज्ञसहितको चिकित्सक टोली तत्काल पठाउन माग गर्दै प्रदेशका सबै निजी अस्पतालमा कुल शøयाको कम्तीमा २० प्रतिशत आइसोलेशन शøया सञ्चालन गराउन सुझाएका छन् ।
मुख्यमन्त्री गद्दीको कुरा सुनेपछि उपप्रधानमन्त्री पोखरेलले वीरगंजस्थित नेशनल मेडिकल कलेजमा कोभिड उपचारका लागि ५ सय शøयाको आइसोलेशन वार्ड तुरुन्त व्यवस्थापन गर्ने, तत्काल ५० हजार भिटिएम रिएजेन्ट किट प्रदेश २ लाई उपलब्ध गराउने र छिटो पिसिआर परीक्षणका लागि दुईवटा आरएनए मेशिन उपलब्ध गराउने तयारी भइरहेको बताएको प्रतिनिधिमण्डलका सहभागीहरूले जानकारी गराएका छन् ।
सो अवसरमा स्थानीय आवश्यकता र जनभावनालाई कदर गर्दै वीरगंजस्थित नारायणी केन्द्रीय अस्पताललाई जेनरल अस्पतालकै रूपमा सञ्चालन गर्ने, बिरामी भर्ना एवं उपचारमा लापरवाही गर्ने निजी अस्पतालहरूलाई छानबीन गरी कारबाही गर्ने विषयमा मुख्यमन्त्रीको टोली र उपप्रधानमन्त्रीबीच सहमति जुटेको मुख्यमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
सङ्घीय मन्त्रीहरूसँगको भेटघाटपछि मुख्यमन्त्री गद्दीले सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै अस्पतालको ढोका चहार्दा चहार्दै बिरामीको मृत्यु हुने अवस्था रहनु मुलुकको ऐन कानून र मानवीय समवेदनाहीनताको पराकाष्ठा भन्दै दोषी देखिएका त्यस्ता स्वास्थ्य संस्थाहरूको लाइसेन्स नै खारेज गर्नुपर्ने माग राखेका छन् । उनले गैरजिम्मेवार स्वास्थ्य संस्था एवं चिकित्सकहरू प्रदेश मातहतमा आएमा उनीहरूको लाइसेन्स खारेज गरेर प्रचलित ऐन कानून अनुसार कारबाई गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री गद्दी नेतृत्वको टोलीमा प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालगायतको सहभागिता थियो ।

Previous Post

पोखरिया अस्पतालका चिकित्सकसहित वीरगंजमा थपिए २२ जना सङ्क्रमित

Next Post

२०७७ साउन २७ गते मंगलवारको प्रतीक दैनिक

Next Post

२०७७ साउन २७ गते मंगलवारको प्रतीक दैनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.