• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार वाटिका

दृढ इच्छाशक्ति र एकाग्रता सफलताको संवाहक

प्रतीक दैनिक by प्रतीक दैनिक
September 4, 2020
in वाटिका
0 0
0
दृढ इच्छाशक्ति र एकाग्रता सफलताको संवाहक
0
SHARES
1
VIEWS
Share on Facebook

 – राजेश मिश्र
    “जइसन बोअब, ओइसन कटब” अर्थात् कर्म अनुसार फल प्राप्त हुन्छ। अपवादबाहेक २१औं शताब्दीको आधुनिक संसारका विद्यार्थीहरूमा ठूलो आकाङ्क्षा उत्पन्न हुनु स्वाभाविक हो तर परिश्रमविना सम्भव छैन। सबैलाई थाहा भएकै कुरा हो कुनै पनि क्षेत्रमा पारङ्गत हासिल गर्नको लागि ‘पढेर होइन परेर’ सम्भव छ। कुनै पनि व्यक्तिको सफलताको परिणामभन्दा पनि उसको सफलतापूर्वको कथा जान्ने प्रयास गरियो भने सकारात्मक ऊर्जा प्राप्त गर्न सकिन्छ। मानिसकोे सफलताअघिकोे दृष्टान्त केलाउँदा उसकोे रुचि, दृढ इच्छाशक्ति, लगनशीलता, धैर्यता र कडा मिहिनेत नै प्रमुख कारकहरू हुन्।
    पौराणिक उदाहरणको रूपमा महाभारतको एक प्रसङ्ग लिन सकिन्छ। जुन प्रायः जनमानसलाई ज्ञात होला। अर्जुनले पानीमा माछाको विम्ब हेरेर आँखामा निशाना लगाउँदै बाण प्रहार गरेका थिए र सफल भए। धनुर्विद्यामा निपुण अर्जुनलाई धनुर्धारी पनि भनिन्छ। लक्ष्यप्रति अर्जुनको एकाग्रताको कथा पृथ्वी रहुन्जेलसम्म चर्चित रहनेछ। प्रतिस्पर्धामा फेल वा पास हुनु छुट्टै विषय हो तर मुख्य विषय भनेको पात्रले सो कार्यको तयारीको सन्दर्भमा कति परिश्रम गरेको छ ? लक्ष्यप्रति उसको आस्था कस्तो छ ? लक्ष्यप्रति एकाग्रता कति छ ? लगायतका प्रश्नहरू मुख्य हुन् र यी लक्षणहरू संसारका प्रसिद्ध व्यक्तित्वहरूमा पर्याप्त पाइन्छन्।
               ०००
    यहि सेरोफेरोमा आधारित आफ्नो लक्ष्यप्रति जिम्मेवार एक परिश्रमी बच्चाको सफलताको कथा प्रस्तुत छ।


    प्रजाप्रेमी एक राजा थिए। राजा निस्सन्तान थिए। उनी आफ्नो शेषपछि राज्य सञ्चालन कसले गर्ला ? भन्ने विषयप्रति सधैं चिन्तित रहन्थे। उनी चाहन्थे कि राज्यभित्रको कुनै योग्य बच्चालाई गोद लिनुपर्छ र राज्यले एक असल उत्तराधिकारी प्राप्त गरोस् र राज्यको बागडोर क्रमशः अघि बढोस्। राजाले असल, इमानदार र कर्तव्यनिष्ठ बच्चालाई गोद लिने र राज्यको उत्तराधिकारी बनाउने निधो गरे। तर कुन बच्चा ? राजाको मनमा प्रश्न उब्जियो। राजाले छनोटको प्रक्रिया मनमनै निर्धारण गरे। राज्य सञ्चालनको सन्दर्भमा कुशल उत्तराधिकारीको खोजी र छनोट गर्नको लागि राजाले राज्यका सम्पूर्ण बच्चालाई दरबारमा उपस्थित हुनको लागि सूचना जारी गर्न मन्त्रीलाई आदेश दिए।
    दरबारमा राज्यका सम्पूर्ण बच्चा उपस्थित भए। राजाले सबै बच्चाको परीक्षणको लागि फरक–फरक किसिमका बिरुवाको बीउ दिए र भने, “अब हामी ६ महीनापछि भेंट्नेछौं र हेर्नेछौं कि कसको बिरुवा कस्तो छ ? बिरुवाको स्याहारमा कसले बढी लगनशील भई कार्य सम्पन्न गरेको छ ?” राजाको वचन सुनेपछि उपस्थित सबै बच्चा बीउ लिएर आआफ्नो घर फर्के।
    एकजना बच्चाको गमलामा एक महीना बितिसक्दा पनि बीउ अङ्कुरित भएको थिएन। तर प्रत्येक दिन गमलामा पानी हाल्ने, हेरचाह गर्नेलगायतका जिम्मेवारीमा त्यो बच्चा पूर्णरूपेण लगनशील थियो। हेर्दाहेर्दै तीन महीना बित्यो। कर्तव्यपरायण र निष्ठाका साथ परिश्रम गर्दा पनि बीउ नउम्रिंदा बच्चा निराश हुनु स्वाभाविक थियो। बच्चा निराश भएको देखेर साहस थप्दै हजुरबुबाले भन्नुभयो, “निराश नहोऊ बाबु, कुनै–कुनै बीउ अङ्कुरित हुन बढी समय लाग्छ, तिमीले परिणामभन्दा पनि मूल कर्तव्यमाथि एकाग्रता कायम राख।”
    बच्चा आफैं पनि असल र ज्ञानी थियो, त्यसमाथि हजुरबुबाको सुझावले बच्चा थप ऊर्जावान् भयो। मूल कर्तव्य निर्वाहमा रत्तीभर पनि विचलित भएन। बिरुवाको हेरचाहमा ६ महीना बित्यो तर एउटा कुरा उसको दिमागमा खेलिरहेको थियो, मेरो गमलाबाहेक सबै बच्चाको गमलामा बीउ अङ्कुरित भई फस्टाएको होला। हेर्दाहेर्दै ६ महीनाको अवधि समाप्त भएर आज दरबार जाने निर्धारित समय आइपुग्यो तर गमलामा बीउ अङ्कुरित भएको थिएन।
    सबै बच्चा दरबारमा उपस्थित भए। केही बच्चा अति नै उत्साहित थिए, किनभने उनीहरूको मनमा राज्यको उत्तराधिकारी हुने प्रबल आकाङ्क्षा थियो। राजाको आदेश अनुसार सबैजना आआफ्नो गमला देखाउन थाले। एकजना बच्चा डराएकोे थियो किनभने उसको गमलामा बीउ उम्रेकै थिएन। राजाको ध्यान उक्त गमलामा गयो। राजाले प्रश्न गरे, “तिम्रो गमला त खाली छ।” बच्चा डराउँदै भन्यो, “महाराज, तर मैले ६ महीनासम्म यसको देखभाल गरेको छु, पूर्ण जिम्मेवारी निर्वाह गरेको छु, म आफैं दुःखी छु कि यति परिश्रम गर्दा पनि बीउ किन उम्रिएन ?”
    राजा यस कारण खुशी भए किनभने बच्चाको गमला खाली थियो, तथापि साहसका साथ उपस्थित भई इमानदारीपूर्वक आफ्नो भावना राजासामु व्यक्त ग–यो। राजाले बच्चामा साहस र आँट देखे। सबै बच्चाको गमला हेरिसकेपछि राजाले खाली गमला भएको बच्चालाई सबैसामु बोलाए। राजाले उक्त खाली गमला सबै बच्चालाई देखाए। खाली गमला देखेर अन्य बच्चाहरू हाँस्न थाले। उपहासमय शैलीमा हाँसिरहेका बच्चाहरूलाई राजाले भने, “शान्त होऊ तिमीहरू। यतिविघ्न खुशी नहोऊ।” राजाले सबै बच्चातर्फ हेर्दै भने, “असली बीउ त यो बच्चासँग छ, जसले धैर्यताका साथ कडा परिश्रम ग–यो र बीउ अङ्कुरित नभए पनि आफ्नो जिम्मेवारीबाट विचलित भएन र कर्तव्य गर्दै रह्यो।” राजा खाली गमला लिएर आएको बच्चासँग प्रभावित भए र राज्यको उत्तराधिकारी बनाइदिए।
    राजाले बच्चाहरूको योग्यता पहिचानका निम्ति बिरुवाको बीउ वितरण गर्नुअघि नै उनीहरूको जिम्मेवारीप्रतिको लगनशीलता जाँच्नको लागि मापदण्ड तयार पारिसकेका थिए। राजाले बच्चाहरूलाई बीउ दिएर पठाइसकेपछि प्रत्येक बच्चाको घरमा प्रत्येक दिन राजाले आफ्नो दूत पठाउने गरेका थिए। दूतहरूमार्फत् राजाले बच्चाहरूको प्रतिदिनको गतिविधि अद्यावधिक गर्ने गर्दथे। राज्य सञ्चालनको सन्दर्भमा राजाले अयोग्य उत्तराधिकारीको छनोट नहोस् भन्ने विषयप्रति गम्भीर थिए। उत्तराधिकारी छनोट भएको बच्चाबाहेक अन्य बच्चाहरू बिरुवाप्रतिको मूल लक्ष्यभन्दा पनि उत्तराधिकारीको आकाङ्क्षामा केन्द्रित रहेको कुरा राजालाई पहिलेदेखि थाहा थियो। उत्तराधिकारी छनोटमा असफल भएका बच्चाहरू बीउ अङ्कुरित भइसकेपछि कर्तव्यविहीन हुँदै गए र राज्यको उत्तराधिकारी हुने प्रतिस्पर्धामा सफलता प्राप्त गर्न सकेनन्।
               ०००
    झन्डै ६ महीनादेखि कोरोनारूपी बादलले संसारलाई ढाकेको छ। संसार नै ठप्प छ भन्नुपर्छ। यस महामारीको कारण विद्यार्थीहरूको पढाइ मात्र होइन समग्र क्षेत्र प्रभावित छ। चैत ११ गतेदेखि नेपालमा लकडाउन शुरू हुनुअघि कक्षा एकदेखि विश्वविद्यालय तहसम्मको कक्षागत पढाइ लगभग सकिसकेको थियो। प्रभावित के हुन पुग्यो भने परीक्षा, परीक्षाफल र अघिल्लो कक्षाको नामाङ्कन र अगाडिको पढाइ।
    कोरोना महामारीको कारण जहाँ संसार बेहाल छ, त्यहाँ सुरक्षित रहेर यस अवसरलाई सदुपयोग गर्नुपर्दछ। यो बिदाको समय पहिलेदेखि घोषित होइन। यो त समग्र मानवजगत्माथि आकस्मिकरूपमा आइपरेको सङ्कट हो, जसबाट आफू जोगिंदै परिवार तथा समाजलाई जोगाउँदै आफ्नो सरोकारको विषयमा प्राप्त संसाधनद्वारा निष्ठापूर्वक तयारी गर्ने अवसरको रूपमा लिनुपर्दछ।
    कोरोनाको यस कहरलाई जसले अवसरको रूपमा लिएर समयको सदुपयोग गर्नुपर्छ भन्नेतर्फ गम्भीर छन्, ती विद्यार्थीहरू भविष्यमा हुने प्रतिस्पर्धामा अब्बल हुने कुरामा कुनै द्विविधा छैन। तर जसले यस अवसरलाई विभिन्न बहाना बनाइ दुरुपयोग गरिरहेका छन्, उनीहरूलाई भोलिको दिनमा निराशाबाहेक केही पनि हात लाग्नेछैन। आजको समयमा आधुनिक संसाधनको प्रबल उपलब्धता छ। दृढ इच्छाशक्ति र कार्यप्रतिको एकाग्रता सफलताको संवाहक हो। संसाधनलाई सकारात्मक प्रयोग गर्नुपर्छ। सामाजिक सञ्जालमा समय खेर फाल्नुभन्दा पनि समस्या समाधानका निम्ति प्रयोग गर्ने हो भने यही अवसरमा आफू कमजोर रहेको विषयमा मजबूत हुन सकिन्छ। आधुनिक संसाधन आफूलाई परेको समस्या समाधान गर्ने सन्दर्भमा अचूक उपायको रूपमा प्रयोग गर्नु लाभदायी हुनेछ।

Previous Post

मनुष्य–ऋण: पितृ, देव र ऋषि

Next Post

फेसबूक/फेकबूक

Next Post
फेसबूक/फेकबूक

फेसबूक/फेकबूक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.