• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

ढुङ्गा तस्करी गर्ने समूह सक्रिय नगरपालिका मौन

प्रतीक दैनिक by प्रतीक दैनिक
August 18, 2020
in स्थानीय
0 0
0
ढुङ्गा तस्करी गर्ने समूह सक्रिय नगरपालिका मौन
0
SHARES
1
VIEWS
Share on Facebook

जीतलाल श्रेष्ठ, निजगढ, २ भदौ/
वर्षात्को मौसममा खोलानाला, बगरबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन गर्न रोक लगाएको भए तापनि निजगढमा ढुङ्गा सङ्कलन भइरहेको छ।
निजगढ–४ कछडिया टोलको खेल मैदान आसपास, अवनिश क्रसर उद्योगपछाडिको खाली जमीनलगायत अन्य स्थानमा ५ सयभन्दा बढी ट्याक्टरले खोलाबाट ढुङ्गा थुपारिरहेका छन्।
बस्तीकै केही व्यक्ति र समूहले बस्तीकै बदनामी हुनेगरी यस्तो कार्य गरिरहेको स्थानीय बासिन्दाले बताए। बाढी आउँदा–आउँदै खोलाभित्र ट्याक्टर पसाएर ढुङ्गा चोरी गर्ने गरेका छन्।
यस अवैध कार्यलाई रोक्न प्रहरीले दैनिक हैरानी खेप्नुपरिरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए। ढुङ्गा चोरी, तस्करी गर्ने गराउने बखत प्रहरीको हस्तक्ष्Fेप रोक्न तस्करका मानिस नाका कुरी सुराक गर्ने गर्छन्। प्रहरी अघि बढ्नासाथ खोलाबाट ट्याक्टर भगाउँछन्।
यसरी ढुङ्गा चोरी–तस्करी भइरहँदा निजगढ नगरपालिकाको भूमिका शून्य देखिएको छ। खोलाको अनुगमनसमेत नगरपालिकाबाट हुने गरेको छैन।
“बल्ल–बल्ल ट्याक्टर पक्राउ ग–यो, तुरुन्तै स्थानीय नेता, जनप्रतिनिधिको दबाब आउन थाल्छ,” प्रनि थपलिया भन्छन्। नियन्त्रणमा लिएका ट्याक्टर जरिवाना तिराउन नगरपालिकामा बुझाउने गरे पनि ‘दूधको कुरुवा बिरालो’झैं हुने गरेको छ। “अवैध काम रोक्ने दायित्व स्थानीय तहको पनि हो, किन चासो दिंदैनन् ?” प्रहरीको भनाइ हुन्छ।
यसलाई रोक्न नगरपालिकाको भूमिका नदेख्दा अचम्म लाग्छ, खटेका प्रहरी भन्छन्। नेपाल प्रहरीले यसलाई रोक्ने प्रयास गरेको देखिए पनि सशस्त्र प्रहरी सुरक्षा बेस, निजगढ भने खासै सजग भएको पाइँदैन। खोलाछेउमा रहेको सशस्त्र प्रहरी बेस खोलामा दिनदहाडै ट्याक्टर पसेको देखे पनि नदेखेझैं गर्छ। “प्रायः नेपाल प्रहरी खोलामा घुम्ने र ट्याक्टर नियन्त्रणमा लिने, खेद्ने गर्छ। सशस्त्र प्रहरी भने चुपचाप हेरिरहन्छ,” एकजना स्थानीयले बताए। नदीजन्य पदार्थ उत्खनन रोकिएको बेला ट्याक्टरधनीले अटेर गर्ने गरेका कारण पूरै कछडिया टोलको बदनामी भइरहेको निजगढ नपा–४ का अध्यक्ष जयराम कुमरले भने। कडाइ गर्न प्रहरीलाई बारम्बार भनेको उनले प्रतिक्रिया दिए।
त्यसैगरी, निजगढ–१ भरतगंज सिंगौलको धन्सार खोलाबाट पनि ढुङ्गा चोरी–तस्करी हुने गरेको छ। स्थानीय गिरोहले दिनदहाडै खोलाबगरबाट ढुङ्गा चोरी गरी खोला किनारमा थुपार्ने गर्छन्। केही जनप्रतिनिधिको ट्याक्टरसमेत यस्तो चोरी तस्करीमा प्रयोग हुने गरेको निजगढवासी बताउँछन्।
जथाभावी खोलाको ढुङ्गा सङ्कलन गर्दा खोला खेतबारी, बस्तीमा पस्न सक्ने सम्भावना बढेको छ तर स्थानीय तह मौन बसेको छ। ढुङ्गा चोरी–तस्करीमा भरतगंज सिगौंलको पनि नाम मुछिएको छ। यस्तो कार्य रोक्न स्थानीय प्रहरीलाई आग्रह गरिरहेको वडाध्यक्ष मङ्गले लोप्चन बताउँछन्।
अहिले बन्दको समयमा ढुङ्गा प्रतिट्याक्टर २५ सयदेखि ३ हजारसम्ममा बिक्री हुने गरेको छ। यस्तो नाफा हुने देखेपछि स्थानीयलाई नै ढुङ्गा चोरी गर्न उक्साउने गरिएको छ।

Previous Post

पति सङ्क्रमित हुँदा पनि उपप्रमुखले परीक्षण गराउन मानिनन्

Next Post

बीस किलो चरेस बरामद

Next Post
बीस किलो चरेस बरामद

बीस किलो चरेस बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.