• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home सम्पादकीय

डर कि निर्भयता

प्रतीक दैनिक by प्रतीक दैनिक
August 24, 2020
in सम्पादकीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

    कोरोनाले अहिलेसम्म भौतिकरूपमा विजय प्राप्त गरेको छ। विश्वमा ८ लाख मानिसको मृत्यु यस महामारीले गर्दा भइसकेको छ। केही मृत्यु महामारीको भयले भएको छ। कमजोर मनोबल हुनेहरू कैयौंले आत्महत्या गरेका छन् भने कैयौं यसको त्रासबाट मरेका छन्। विश्वमा प्रत्येक युगमा कुनै न कुनै सङ्कट आएकै छ। ती सङ्कटहरूमा यसभन्दा धेरै बढी मानिस मरेका छन्। कोरोनाविरुद्ध खोप अहिलेसम्म विश्वसनीयरूपमा तयार भइसकेको छैन। रूसले औषधि अन्वेषण गरेको समाचार आए पनि ध्ज्इ (विश्व स्वास्थ्य सङ्गठन)ले कोरोनाको सटीक औषधि आउन अझै दुई वर्ष लाग्ने बताएको छ। निश्चय नै दुई वर्षभित्र औषधि आउला वा रूसले दाबी गरेको औषधि नै कामयाब होला। रूसी दाबी सही भएपनि यो औषधि विश्वभर पुग्न जति छिटो भएपनि वर्ष दिन त लाग्छ नै। फेरि नेपालजस्तो सुस्त देशमा यो पुग्दापुग्दै पुग्छ। पहिले दाताको खोजी हुन्छ। दाता फेला नपरेपछि सरकार आफैं खरीद गर्न अघि सर्छ, त्यसमा धेरै समय कमिशन–बार्गेनिङमा खर्च हुन्छ। भनाइको तात्पर्य हामीले कम्तीमा दुई वर्ष कुर्नैपर्छ। कुराइ योभन्दा बढी पनि हुन सक्छ।
    यो कुरा पक्का छ, मानिसको अस्तित्व कोरोनाका कारण अवश्य पनि नामेट हुनेछैन। किनकि मानिसमा अपार सहनशक्ति छ, कुनै पनि रोगविरुद्ध लड्ने अजस्र स्रोत छ। प्रकृतिले शरीरमा प्रतिरोधक क्ष्Fमता विकसित गरि नै हाल्छ। हो, सबैले यसको प्रहार सहन नसक्लान्। केटाकेटी र बूढापाकाहरू यसको शिकार बन्लान्। तिनमा पनि यसको प्रभाव यस्ता व्यक्तिमा देखिएको छ, जो दीर्घरोगी छन्। मधुमेह, उच्च रक्तचाप, मिर्गौलालगायत रोगका शिकार व्यक्तिहरूमा कोरोनाले चोटिलो प्रहार गर्छ। अन्यथा आजको दिनमा जति व्यक्ति यस महामारीको सङ्मणमा परेका छन्, तीमध्ये धेरै सकुशल कोरोनालाई पराजित गरी घर फर्केका छन्। यसको अर्थ हो, कोरोनाले सामान्य जनजीवनमा असाध्यै प्रतिकूल प्रभाव पार्न सक्दैन। हो कोरोनाको भयले निर्बल मानसिकता भएका व्यक्ति त्रासमा पर्नु, देखावटी जनकल्याणको नाममा सरकारहरू मूल दायित्वबाट पन्छिएर अनावश्यक नियन्त्रणमा लाग्नुले कोरोना त होइन, यसको नाममा धेरै मानिसको बिचल्ली भने हुन सक्छ। त्यो भनेको लकडाउनपछि निषेधाज्ञा र अझ बढी सङ्क्रमण फैलँदा कफ्र्यू नै लागू गर्नु, प्रहरीले नपुगेर सेनालाई सडकमा परेड गराएर असन्तोष पैदा गर्नु र असन्तोषजन्य महामारीमा सFम्प्रदायिक दङ्गा फैलनु, भोकले टकटकिन थालेपछि सामाजिक अपराध बढ्नु, लुटमार फैलिनु हुन सक्छ।
    राज्यले आफ्नो बुद्धि, ल्याकत र क्ष्Fमताले भ्याएसम्म जनताको हितमा काम गर्नुपर्छ। दुनियाँमा सबैभन्दा ठूलो महामारी हो–भोकमरी। कोरोना नियन्त्रणको नाममा भोकमरी उत्पन्न नहोस्, त्यो दूरद्रष्टाभाव सरकारमा उत्पन्न हुन अब ढिलो भइरहेको छ। कोरोनासँग लड्न कतिन्जेल घरभित्र बस्ने ? बरु सावधानीपूर्वक, होश राखेर, अति सामान्य उपकरणको भरमा कोरोनाविरुद्ध लड्दै जनजीवन सामान्य किन नपार्ने ? आज पाँच महीनामा सरकारले गरेर कोरोना नियन्त्रण भएन, आउने दिनमा पनि हुनेछैन। सरकारले कि घर बसेकालाई भोजन उपलब्ध गराउनुप–यो कि काम गर्न छुट दिनुप–यो। आडम्बर र अनावश्यक नियन्त्रणले भय सिर्जना गर्छ। सतर्कतापूर्ण कामले निर्भयता जन्माउँछ।

Previous Post

कोरोना कहरमा न्यायिक जटिलता र सहजताको कानूनी उपाय

Next Post

नेविसङ्घद्वारा निषेधाज्ञामा खाना वितरण

Next Post
नेविसङ्घद्वारा निषेधाज्ञामा खाना वितरण

नेविसङ्घद्वारा निषेधाज्ञामा खाना वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.