• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
7 °c
Ashburn
12 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

ठोरीवासीद्वारा पहिरोपीडितलाई आर्थिक सहयोग हस्तान्तरण

प्रतीक दैनिक by प्रतीक दैनिक
September 5, 2020
in स्थानीय
0 0
0
ठोरीवासीद्वारा पहिरोपीडितलाई आर्थिक सहयोग हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on Facebook

माधव तिमल्सिना, ठोरी, १९ भदौ/
    सिन्धुपाल्चोकको जुगल गाउँँपालिका लिदीका पहिरोपीडितहरूलाई ठोरीबाट गएको एक टोलीले राहत रकम हस्तान्तरण गरेको छ।
    शुक्रवार अबेर राहत रकम लिएर पुगेको टोलीले शनिवार बिहान पहिरोपीडितहरू बसिरहेको अस्थायी आवास क्षेत्र जुगल गापा–१ बाँसखर्क पुगेर पीडितहरूलाई राहत रकम हस्तान्तरण गरेको हो।
    ठोरी गापा–४ मा गत भदौ २ गते लिदीका पहिरोपीडितहरूलाई सहयोग गर्ने उद्देश्यले गठन भएको राहत सङ्कलन समितिका प्रतिनिधिहरू सहभागी टोलीले रु ६ लाख ४३ हजार पीडितहरूलाई हस्तान्तरण गरेको टोलीमा सहभागी नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, पर्साका अध्यक्ष ङेमा लामा पाख्रिनले जानकारी दिए। उनका अनुसार पूर्ण घर क्षति भएका र आफन्तसमेत पहिरोमा गुमाएका १० घरधुरीलाई जनही रु ३० हजारका दरले, घरमात्र क्षति भएर विस्थापित भएका १८ घरधुरीलाई जनही रु १८ हजार ५ सयका दरले र एकजना घाइतेलाई रु १० हजार राहत रकम प्रदान गरिएको छ।
    जुगल गापा–२ को लिदीमा बितेको साउन ३० गते गएको पहिरोमा परेर ज्यान गुमाएका, घाइते र विस्थापित भएका परिवारका लागि राहत रकम सङ्कलन गर्न गठन भएको समितिले गत बुधवार रु ६ लाख ३४ हजार ५८८  सङ्कलन गरेको एक सार्वजनिक कार्यक्रममार्फत् जानकारी गराइएको थियो। तर सो कार्यक्रमपछि पनि सहयोगीहरूबाट स्वेच्छिक सहयोग रकम प्राप्त भएकाले राहत रकममा वृद्धि भएको राहत सङ्कलन समितिले जनाएको छ।
    सङ्कलित राहत रकम प्रत्यक्ष पीडितलाई नै भेटेर हस्तान्तरण गर्ने ठोरी–४ का वडाध्यक्ष बईबहादुर पाख्रिन, राहत सङ्कलन समिति र वडा ४ का अगुवाहरूसहितको बैठकले गत बुधवार निर्णय गरे अनुसार राहत रकम लिएर एक टोली शुक्रवार सिन्धुपाल्चोक पुगेको हो।
    टोलीमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष पाख्रिनसहित राहत सङ्कलन समिति संयोजक शिक्षक दलबहादुर स्याङ्बो, श्री मावि विजयबस्तीका प्रधानाध्यापक नारायण लामा, नेपाल तामाङ घेदुङ ठोरी गापा अध्यक्ष धनबहादुर थिङ, युवा बृजलाल पाख्रिन र जीतबहादुर पाख्रिनको सहभागिता छ।
    जुगल गापा–२ मा साउनको अन्त्यतिर गएको पहिरोमा परेर ३९ जनाले ज्यान गुमाएका थिए भने दुई दर्जनभन्दा धेरै घरमा क्षति पु–याएको थियो।

Previous Post

छिपहरमाईमा २७ जनाद्वारा रक्तदान

Next Post

चार महीनाभित्र हुलाकी सडकले काम पूरा गर्छ –नेता बानियाँ

Next Post
चार महीनाभित्र हुलाकी सडकले काम पूरा गर्छ –नेता बानियाँ

चार महीनाभित्र हुलाकी सडकले काम पूरा गर्छ –नेता बानियाँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.