प्रस, वीरगंज, १५ साउन/
ज्येष्ठ नागरिक सङ्घ, पर्साले मङ्गलवार वीरगंज–१५ लक्ष्मणवास्थित ज्येष्ठ नागरिक पार्कमा विश्व मित्रता दिवस तथा साउने पन्ध्र पर्व खीर खाएर मनाएको छ।
विश्व मित्रता दिवसका बारेमा ज्येष्ठ नागरिक मधेस प्रदेश संयोजक जगदीशप्रसाद शर्माले प्रकाश पारेका थिए भने सोही उपलक्ष्यमा ज्येष्ठ नागरिक सदस्य इन्द्रदेवप्रसाद साह र किशोरीप्रसाद कलवारले मन्तव्य राखेका थिए।
कार्यक्रममा ज्येष्ठ नागरिकहरूले खीर खाएर नाचगान गरी रमाइलो गरेको सचिव विनयराज गौतमले जानकारी दिए।
त्यसैगरी, आज बेलुका ज्येष्ठ नागरिक सङ्घ पर्साको वडा नं १ १५ शाखाले पनि खीर खाने दिवस मनाएको छ।
शाखा अध्यक्ष विश्वनाथ चौरसियाको अध्यक्ष्Fता, प्रदेश संयोजक जगदीशप्रसाद शर्माको प्रमुख आतिथ्य तथा ज्येष्ठ नागरिक सङ्घ पर्साका पदाधिकारीहरू सचिव विनयराज गौतम, सहसचिव रामप्रसाद पडित, रामानन्द कुर्मीको उपस्थितिमा स्थानीय ज्येष्ठ नागरिक महिला तथा पुरुषलाई चिकित्सकद्वय डा अशोककुमार गुप्ता र डा नवीनकुमार यादवले स्वास्थ्य परामर्श पनि उपलब्ध गराएका थिए। कार्यक्रमको अन्तमा सबै सहभागीले खीर खाएर साउने पन्ध्र पर्व मनाएका थिए।