• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
16 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

ज्यान मुद्दामा चारजना पक्राउ

प्रतीक दैनिक by प्रतीक दैनिक
September 29, 2020
in स्थानीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

प्रस, रौतहट, १२ असोज/
    गढीमाई नगरपालिका वडा नं ३ गम्हरिया पर्सा मुसरी टोल बस्ने सकल बैठाकी ३५ वर्षीया पत्नी मिन्त्रादेवी बैठाको हत्या आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
    पक्राउ पर्नेमा गढीमाई नगरपालिका वडा नं ३ बस्ने ४० वर्षीय जमसैद मियाँ, सोही स्थान बस्ने वर्ष ३५ का दाउद मियाँ, वर्ष ३२ का जहरुद्दीन मियाँ भन्ने हारुन रसिद र वर्ष ४० का महमद इसराफुल मियाँ रहेका छन्।
    आज रौतहट जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रकाका प्रनाउ भरत श्रेष्ठले बताए। प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरूले अपराध स्वीकार गरिसकेको प्रनाउ श्रेष्ठले बताए।
    गत भदौ १४ गते बिहान १० बजे  घाँस काट्न गएकी मिन्त्रा अबेरसम्म घर नफर्किंदा घरपरिवारका सदस्यहरूले खोजतलाश गर्दै जाँदा करीब ६ बजे गढीमाई नपा–३ समिउल्ला कवारीको उखुबारीमा अज्ञात व्यक्तिले घाँटी कसेको अवस्थामा लाश फेला परेको थियो।
    अनुसन्धानको क्रममा जमसैद मियाँका बुबा स्व अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसक्दा अदालतमार्फत् नै सकार गरिलिएको जग्गामध्ये मृतक मिन्त्राका पति सकल बैठाले जग्गा किन्दा जमसैद मियाँले सो जग्गामा भोगचलन गर्न नदिई विवाद गरी कुटपिटसमेत गरेका थिए।
    सोही जग्गा विवादमा जमसैद मियाँले मृतक मिन्त्राका पति सकल बैठालाई प्रतिवादी बनाइ लिखत बदर मुद्दा दिएकोमा सकल बैठाको पक्षमा निर्णय भएपछि जमसैद मियाँले बैठालाई जग्गा भोगचलन गर्न नदिई मृतक मिन्त्रालाई ‘मेरो जग्गा हो, तिमीहरू जग्गा छोडिदेऊ’ भनी पटकपटक धाकधम्की दिने गरेका थिए।
    सोही जग्गाको रिसइवीको कारण जमसैद मियाँले योजना बनाइ ती व्यक्तिहरूको संलग्नतामा हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Previous Post

बाँदरका लागि वनमैं फलफूल रोपण

Next Post

सुनचाँदी महासङ्घः शिव र रामजीद्वारा समानान्तर समिति गठन

Next Post
सुनचाँदी महासङ्घः शिव र रामजीद्वारा समानान्तर समिति गठन

सुनचाँदी महासङ्घः शिव र रामजीद्वारा समानान्तर समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.