• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार अंतरराष्ट्रीय

जापानमा मागा–शैलीको राजनीतिको आगमन

प्रतीक दैनिक by प्रतीक दैनिक
July 23, 2025
in अंतरराष्ट्रीय
0 0
0
0
SHARES
8
VIEWS
Share on Facebook

टोकियो, ६ साउन/एएफपी
दक्षिणपन्थी राजनीतिज्ञहरूले अन्यत्र ‘अभिजात वर्ग’, ‘विश्वव्यापीकरण’ र आप्रवासनविरुद्ध व्यापक विरोध गर्दैगर्दा जापानमा लोकप्रियतावादी आदर्शहरूले गति लिइरहेको छ ।

प्रधानमन्त्री शिगेरू इशिबाको गठबन्धनले आइतवारको चुनावमा माथिल्लो सदनको बहुमत गुमाएको भए पनि पाँच वर्ष अघि मात्र बनेको ‘जापानिज फस्र्ट’ सान्सितो पार्टीले आफ्नो सिट दुईबाट बढाएर १५ बनाएको छ ।

सान्सितोको एजेन्डा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन (मागा)’, अल्टरनेटिभ फर जर्मनी (एएफडी) र बेलायतमा नाइजेल फराजको रिफर्म पार्टीजस्ता दक्षिणपन्थी आन्दोलनहरूकै प्रतिलिपि हो ।

यसमा आप्रवासन र विदेशी पूँजीमा ‘कडा नियम र सीमा’, ‘विश्वव्यापीकरण’ र ‘कट्टरपन्थी’ लैङ्गिक नीतिहरूको विरोध र कार्बन मुक्तीकरण र खोप तथा कीटनाशकमुक्त कृषिमा पुनर्विचार समावेश छ ।

सस्तो श्रम
सर्वेक्षणहरूले आप्रवासनलाई मुद्रास्फीति र अर्थतन्त्रबारे धेरै चिन्तित मतदाताहरूको सूचीमा धेरै तल राखेका छन् । तर सान्सितोका लागि आफ्नो अर्थतन्त्रलाई अत्यावश्यक पर्ने आप्रवासन अन्य विकसित देशहरूको तुलनामा धेरै कम तर जापानमा नयाँ आगन्तुकहरूको आगमन अपराधदेखि सम्पत्तिको बढ्दो मूल्य तथा खतरनाक ड्राइभिङसम्मका समस्याका लागि जिम्मेवार छ ।

“यदि तिनीहरू पर्यटकका रूपमा आउँछन् भने ठीक छ, तर यदि तपाईंले सस्तो श्रम भन्दै धेरैभन्दा धेरै विदेशीलाई लिनुभयो भने जापानी जनताको तलब बढ्ने छैन”–कामियाले एक अभियानमा भने–“तर हामी बहिष्करणवादी होइनौं । हामीले विदेशीहरूलाई बाहिर निकाल्न कहिल्यै आह्वान गरेका छैनौं ।”

टोकियोको सिनागावा स्टेशन अगाडि सान्सितोको चुनावी र्‍यालीमा सुन्तला टी–शर्ट लगाएका पार्टीका कार्यकर्ताहरूले ‘जापानलाई विनाश गर्न बन्द गर’ पर्चाहरू बाँडिरहेका थिए । एक मतदाताले उनको आवाज अन्ततः सुनिएको बताए ।

“उनीहरूले मैले वर्षौंसम्म सोचेका तर शब्दहरूमा राख्न नसकेका कुरा शब्दबद्ध गरे”–अस्थायी अल्पकालीन करारमा रहेकी ४४ वर्षीया ती आइटी कामदारले भनिन्–“विदेशीहरू विश्वविद्यालय जाँदा जापानी सरकारले अनुदान दिन्छ, तर हामी विश्वविद्यालय जाँदा सबैमाथि ठूलो ऋण थियो ।”

मस्कोको हस्तक्षेप
जापान इन्स्टिच्युट अफ ल एन्ड इन्फर्मेशन सिस्टम थिङ्क–ट्याङ्कका इचिरो यामामोतोले धेरै पढेको ब्लग पोस्टका अनुसार रूसी बट खाताहरू ठूलो मात्रामा सूचना हेरफेरका लागि जिम्मेवार छन् ।

यसलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले जापानी भाषामा सामग्रीको राम्रो अनुवाद गर्न सक्षम बनाएको छ ।

जापानी दक्षिणपन्थीहरूका लागि लामो समयसम्म अभिशाप रहेको रूसप्रति थप समझदारी पनि कामियाका लागि विषयवस्तु हो ।

“रूसको सैन्य आक्रमण (युक्रेनको) निस्सन्देह नराम्रो थियो, तर संयुक्त राज्य अमेरिकामा यस्ता शक्तिहरू छन् जसले रूसलाई त्यसो गर्न बाध्य पारे”–आफू ‘रूस समर्थक’ हुन अस्वीकार गर्दै कामियाले भने ।

रूसी राज्य मिडियाले सान्सितो उम्मेदवारको अन्तर्वार्ता लिए पनि उनी आफ्नो अभियानका क्रममा मस्कोबाट प्राप्त समर्थन अस्वीकार गर्न बाध्य भए । रूसमाथि अन्य देशहरूमा यस्तै दलहरूलाई समर्थन गरेको आरोप लगाइएको छ ।

शून्य अवैधानिक
अन्य देशमा जस्तै सान्सितोको उदय र यसको सफलताले सरकारलाई नयाँ आप्रवासन नीति घोषणा गर्न प्रेरित गरेको छ र अन्य दलहरूलाई चुनाव अभियानका क्रममा वाचा गर्न प्रेरणा दिएको छ ।

इशिबाको एलडिपीले ‘शून्य अवैध विदेशी नागरिक’ प्राप्त गर्ने लक्ष्य घोषणा गरेको छ र आप्रवासन र बसोवासका लागि व्यवस्थापन प्रणाली बलियो बनाउने बताएको छ ।

आठ गैरसरकारी संस्थाले गत हप्ता जारी गरेको संयुक्त वक्तव्यलाई द्रुतरूपमा फैलिरहेको जेनोफोबिया (विदेशी मानिस प्रति घृणा) प्रति चेतावनी दिंदै एक हजार भन्दा बढी समूहले समर्थन गरेका थिए ।

“विदेशीहरूलाई प्राथमिकता दिइन्छ भन्ने तर्क पूर्णतया निराधार लोकप्रियवाद हो”–वक्तव्यमा भनिएको छ ।

सुकुबा विश्वविद्यालयका राजनीति र समाजशास्त्रका प्राध्यापक हिदेहिरो यामामोतोले एलडिपी अन्यत्रका स्थापित पार्टीहरूभन्दा फरक र सर्वसमावेशी पार्टी रहेको भन्दै लोकप्रियवादले पकड बनाउन नसकेको बताए ।

“एलडिपीले शहरहरूमा निम्न मध्यमवर्गीय बासिन्दा, ग्रामीण क्षेत्रका किसान र साना र मध्यम आकारका कम्पनीहरूको हेरचाह गरेको छ”–यामामोतोले भने ।

विगतमा जापानमा अन्य नयाँ पार्टीहरूको उदय र अवसानलाई औंल्याउँदै उनी सान्सितो कायम रहने कुरामा निश्चित छैनन् । “तपाईं जनतामाझ अस्थायी मनोदशा राखेर मात्र समर्थन प्राप्त गर्न जारी राख्न सक्नुहुन्न”–उनी भन्छन् । रासस

Previous Post

थप पाँच हजार टनको विध्वंसक बनाउने उ. कोरियाको योजना

Next Post

भारतको उपराष्ट्रपतिद्वारा राजीनामा

Next Post
भारतको उपराष्ट्रपतिद्वारा राजीनामा

भारतको उपराष्ट्रपतिद्वारा राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.